नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दलले एकताको सहमति गरेका छन् । नयाँ पार्टीको प्रमुख दुई पदमा संयोजक र सहसंयोजक राख्ने भएका छन्। आगामी ६ महिनाभित्र एकता महाधिवेशन र त्यसअघि कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गर्ने सहमतिपत्रमा उल्लेख छ । सहमति पत्रमा पार्टीको नाम भने उल्लेख गरिएको छैन । चुनाव चिह्न भने पाँचकुने ‘तारा’ हुने उल्लेख छ ।
सहमति पत्रमा माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपालसहित आठ दलका नेताले अध्यक्षर गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया