बिपी राजमार्गका असली हिरो

सडक विभागले युद्धस्तरमा काम गरेपछि एक सातादेखि अबरुद्ध रहेको बिपी रागमार्गमा भएको अवरोध हटाएर यातायात संचालनमा आउने अवस्थाको सृजना भएको छ । यसका असली हिरो हुन् डोजर अपरेटरहरु । जसले ज्यानको बाजी लगाएर एक सातामै पुर्ण रुपमा रोकिएको बिपी राजमार्गको अस्थायी ट्रयाक खोल्न सफल हुनुभयो । अब सम्याउने र गाडी हिड्न ठिकठाक बनाउने काम उहाँहरुकै हो ।
ट्रयाक खुलेको स्थानमा अवस्था अनुसार साँघुरो स्थानमा सडक चौडा गर्ने, सडकको उचाइ बढाउने र सडकको सतह सुधार गर्ने काम निरन्तर रूपमा अघि बढाउन आवश्यक छ । त्यसमा पनि उहाँहरुकै योगदान छ । ईभी र साना सवारी पनि चलाउनु पर्ने भएकाले सडकमा रोलर लगाउने लगायतका काम शनिबार सकेर पुर्ण रुपमा चलाउने दवाव छ । यस्तो अवस्थामा कस्तो मानसिक तनाव उहाँहरुले झेल्नुभयो होला धेरैले याद गरेका हुँदैनन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुली र काभ्रेपलाञ्चोकले सुरक्षा निकाय परिचालनमा खेलेको भुमिका,विपद् व्यवस्थापनमा खेलेको भुमिकाले र समयमै सूचना प्रदान भएकाले विपद्को क्षेत्रमा भएको पूर्व तयारीले मानवीय क्षति हुन पाएन । धुलाम्मे भएर सडकमा सेवा दिएका नेपाल प्रहरी र ट्राफिक प्रहरी धन्यवादका असली हकदार हुन् । सशस्त्र प्रहरी बलले खेलेको भुमिका असाँध्यै ठूलो छ ।
जोखिम अझै नजरअन्दाज गरिएका छन् । खोल्नै पर्ने दबाबका बीच राजमार्ग चलेको छ । तर राजमार्गको कम्तिमा चार स्थानमा रोशी खोलाले तलबाट कपेको र माथि हेर्दा ठिकजस्तो देखिएका सडकमा उच्च जोखिम छ ।
ठूला सवारी चलाउन निक्कै जोखिमपुर्ण छ । त्यसमा माटो फिलिङ भर्ने काम हुँदैछ । बिपी राजमार्गमा कार्यरत सडक विभागको टोली अझ धेरै सम्मानको लायक छ । असली हिरोको रुपमा स्थापित छ । बरिष्ठ ईञ्जिनियर पनि दिनरात नभनि काम गरेर राती खोलामै टिप्परमा सुतेर पनि काम गरिरहनु भएको छ । यो उहाँहरुको कामप्रतिको सर्मपण हो अनि त्याग हो । विपद्को यो समयमा नमोबुद्ध, रोशी, महाभारत, खानीखोला र तेमालका जनप्रतिनिधिले खेलेको भुमिका प्रशंसनीय छ । यो पटक फेक र पुरानो भिडियोले मिस ईन्फरमेसनको सृजना पनि गरियो । असल नियतले जनतालाई समयमै सूचना दिने कमलजिवीलाई धन्यवाद । संघीय सरकारबाट निरन्तर दवाव दिएर, काम गर्न अग्रसर बनाउने र वातावरण तयार गर्ने सडक विभाग, सम्बन्धित मन्त्रालय र मन्त्री ज्यूलाई पनि धन्यवाद ।

तपाईको प्रतिक्रिया