
‘गोलभेडाको मूल्यमा उचारतडाव भै रहन्छ’ साउनको अन्त्यतिर यस्तैभयो । दुईहजार रुपियाँ क्रेटमा बेचेको गोलभेडा पाँच सय रुपियाँ क्रेटमा पनि बेच्न नसक्ने भएपछि प्लाष्टिक घर भित्र गोलभेडा खेती गरेका अग्रणी किसानहरुको समूहले दक्षिण एसियामा तरकारीको बजारबारे अध्ययन गरे । अध्ययनले पत्ता लाग्यो बङ्गलादेशमा लगेर गोलभेडा बिक्री गर्न सकिन्छ ।
त्यसपछि त्यहाँका व्यापारीसँगको समन्वयमा नेपाली गोलभेडाको बङ्गलादेशसम्मको यात्रा तय भयो । पहिलो पटक भएको यात्रा जोखिमपुर्ण थियो । स्थानीय बजारमा सिमित रहेका किसानले आफ्नो उत्पादन अन्तराष्ट्रिय बजारसम्म पु¥याउँदै थिए ।
प्लाष्टिक घर भित्रबाट टिपेको ‘हिर्दै खाउँ’ झै लाग्ने गोलभेडा राता हुँदै थिए । तीन दिनपछि बङ्गलादेश पुगेको नेपालको गोलभेडा गुणस्तरमा निक्कै कमी आएछ । ढुवानी बाहेक नै नेपाली किसानले प्रति क्रेट एक हजार रुपियाँ पाए पनि सन्तुष्ट भने देखिएनन् ।
नेपाली गोलभेडाको बङ्गलादेशसम्मको यात्राको समन्वय गर्ने प्रमुखपात्र थिए, महेश्वर बञ्जारा । सरकारसँगको सहकार्य हुने हो भने भारत,श्रीलंका र बङ्गलादेश नेपाली तरकारीले बजार पाउने आधार तय भएको उहाँको अनुभव छ ।
‘बजारको समस्या देखिएन राम्रोसँग ढुवानी गर्न मिल्ने सवारी साधनको अभाव देखियो’उहाँले भन्नुभयो । सरकारले ढुवानीको साधन र निर्यातका व्यवस्थापन हुने हो भने नेपाली तरकारीले अन्तराष्ट्रिय बजारसम्म लान सकिने उहाँले बताउनुभयो ।
‘साथीभाईसँगको सल्लाहमा एकै पटक एक सय ५० क्रेट गोलभेडा लिएर जाँदा बङ्गलादेश पुग्दा गुणस्तर कम हुने रहेछ’ उहाँले उल्लेख गर्नुभयो । सरकारले ढुवानीका लागि कुलिङ सिष्टम भएको भ्यान उपलब्ध गराउने हो भने अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादनले राम्रो मुल्य पाउने उहाँले उल्लेख गर्नुभयो ।
‘काठमाडौंबाट बङ्गलादेश गोलभेडा पठाउन तीन दिन लाग्नेरहेछ’ उहाँले भन्नुभयो, ‘सामान्य ढुवानी गर्ने गाडीमा लिएर जाँदा गुणस्तर कायम भएन नियमित रुपमा पठाउन सकेनौ’ उहाँले अनुभव सुनाउनुभयो ।
अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादन बिक्री गर्न सकिने लामो समयदेखि प्लाष्टिकको घरभित्र तरकारी खेतीमा आबद्ध श्याम तिमल्सिनाले भन्नुभयो, ‘बङ्गलादेशसम्म ताजा गोलभेडा लिएर गएको प्रयास पुर्ण रुपमा सफल भएन’ उहाँले भन्नुभयो ।
‘लामो ढुवानीकै कारण सोचेको जस्तो गुणस्तर काम हुन नसक्दा निरन्तर निर्यात गर्न सकिएन’ तिमिल्सनाले भन्नुभयो ।
नेपालमा उत्पादन हुने समयमा बङ्गलादेशमा उत्पादन कम हुने भएकाले सो समयको मौका छोपेर धेरै मूल्य पाउने उहाँले बताउनुभयो । अझ नेपालको पहाडी भु–भागमा चिसो मौसममा फलेको गोलभेडा त्यहाँका उपभोक्ताले औधी मन पराएको उहाँले बताउनुभयो ।
नेपाली बजारमाभन्दा बङ्गलादेशमा गोलभेडाको मूल्य धेरै पाईने उहाँले अनुभव साझा गर्नुभयो । ‘नेपालमा एक क्रेट गोलभेडा पाँच सय रुपियाँहुँदा ढुवानी बाहेक नै बङ्गलादेशमा एक हजारसम्म बिक्री हुनेरहेछ’ उहाँले थप्नुभयो, ‘ सरकारले ढुवानीका लागि अत्याधुनिक साधनको व्यवस्थापन गर्ने हो भने तरकारी आयातमात्रै नभएर निर्यातको राम्रो संम्भावना खोल्नेछ ।’
बर्षा, चिसो हावा र तापक्रम नियन्त्रण हुने हुँदा प्रतिकूल मौसममा पनि तरकारी खेती गर्न सकिने भएकाले किसानको आकर्षण प्लाष्टिक घर भित्रको खेतीमा पर्न थालेको छ । त्यसलाई निर्यातसम्म अघि बढाउन सरकारी निकायले समन्वय र नेतृत्वको भुमिका खेल्न उहाँले अनुरोध गर्नुभयो ।
तरकारीको भाउबारे जानकारी हुने र ढुवानीका लागि अत्याधुनिक सवारी साधनको व्यवस्थापन गरिदिने हो भने प्लाष्टिक घर भित्र उत्पादन भएको तरकारी बङ्गलादेशसम्म पु¥याउन सकिने तरकारी किसान ईन्दु श्रेष्ठले भन्नुभयो । गाऊँघरमा पाइने बाँसको भाटा र स्थानीय बजारमा पाइने प्लाष्टिकको प्रयोग गरी प्लाष्टिक घर÷टनेल बनाउन सकिन्छ । त्यसतर्फ धेरै ठाउँका किसान आकर्षित भएपनि बजार अभाव भएको गुनासो सुनाउने गरेका छन् ।
काभ्रेली गोलभेडाको बङ्गलादेशसम्मको यात्रा
2025-10-11T05:14:05+05:45

तपाईको प्रतिक्रिया