मजदुरको सहकारी झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपा–८ को १८ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका जेष्ठ सदस्य बिषलाल मानन्धरले पानसमा बत्ति बालेर सहकारीको बन्द सत्र सुरु गरेका थिए । सहकारीको प्राङ्गणमा भएको साधारणसभामा जेष्ठ सदस्यहरुलाई कम्बल, भाडाकुडाको दिएर सम्मान गरिएको छ । त्यस्तै फरक फरक विधामा उत्कृष्ट हुने बचतकर्ता, ऋणीलाई सहकाारीले सम्मान गरेको छ ।
सहकारीका अध्यक्ष बुद्धरत्न मानन्धरले सहकारी स्थापना मजदुरहरुले गरेको बताउनुभयो । त्यो समयमा कोही पनि सदस्य खान नपाएर भोकै नसुतोस् भन्ने उदेश्यले स्थापना गरेको बताउनुभयो । उहाँले आफ्नो सहकारीका सदस्यले निरन्तर उत्कृष्ट कारोबार गरिरहेको बताउनुभयो । सो सहकारीले दश बर्षको विशेष बचत योजनामा सम्लग्न हुनेलाई पेन्सनको समेत व्यवस्था गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तथा विज्ञ सदस्य उदयराम कायस्थले झिगु सहयोगी भुईमान्छेको सहकारी भएको बताउनुभयो । उहाँले सहकारीको भिडमा गरिब र सिमान्तकृत जनताको असली साथी सहकारी बनेको भन्दै प्रशंसा गर्नुभयो ।
सहकारीका उपाध्यक्ष टिकाराम मानन्धरले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव दिपा मानन्धरले प्रगति प्रतिवेदन, कोषाध्यक्ष नवराज मानन्धरले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक पुरुषोत्तम मानन्धरको आफ्नो प्रतिवेदन पेस गर्नुभयो ।
मजदुरको सारथी बन्दै झिगु सहयोगी
2025-09-27T16:27:12+05:45
तपाईको प्रतिक्रिया