जनचेतनाका युवाहरु मानव कल्याणमा
धुलिखेल÷ श्री जन चेतना युवा समुह धुलिखेल –८ बडाल गाउँका युवाहरुको प्रतिनिधि मण्डलले मानव कल्याण समाज काभ्रे शंखुमा रहेका जेष्ठ नागरिकहरुलाई खाद्य समाग्री र लत्ताकपडा वितरण हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष उद्धबप्रसाद बडालले खाद्य समाग्री , मानव समाज कल्याणका प्रतिनिधि सुरेश हुमागाईलाई हस्तान्तरण गर्नुभयो ।
जनचेतना युवा समुहले विगत २८ वर्ष देखि जागरण अभियान , समाजिक क्रियाकलाप , जेहेन्दार, विपन्न नागरिकका छोराछोरीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको संस्थाका उपाध्यक्ष रमेश बडालले बताउनुभयो ।
संस्थाका सचिव नवराज वडाल सदस्यहरु बिष्णुबहादुर भुजेल, पार्वती केसी आजीवन सदस्य सुरेश बडालको सहभागीता रहेकोे थियो । संस्थाको सदस्य संगिता चौलागाईंले लत्ताकपडा संकलनमा सहायता पु¥याउनु भएको थियो । मानव कल्याण समाजको अध्यक्ष सुमित्रा चौलागाईंका अनुसार संस्थामा ५० जना जेष्ठ नागरिकहरुलाई सहयोगी हातबाट नै भरणपोषण गर्दै आएको बताउनुभयो ।
जनचेतनाका युवाहरु मानव कल्याणमा
2025-09-27T15:39:03+05:45
तपाईको प्रतिक्रिया