बनेपा÷ नीजि तथा आवाशिय विद्यालय अग्रनाईजेशन (प्याब्सन) बनेपाले जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको इलाका प्रहरी कार्यलय बनेपा र जिल्ला ट्राफिक कार्यालय काभ्रेको भवन पुनर्निर्माणका लागि राहत रकम संकलन गरेको छ ।
राहत संकलित सहयोग रकम शुक्रबार काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यलाई एक लाख ७५ हजार रुपियाँ हस्तान्तरण गरेको छ । जिल्लामा उद्योग वाणिज्य संघले नेतृत्व गरेर ध्वस्त भएको इलाका प्रहरी कार्यलय बनेपा र जिल्ला ट्राफिक कार्यालय काभ्रेको भवन पुनर्निर्माणको अथक प्रयास भैरहेको छ ।
प्याब्सन काभ्रेमा आबद्ध विद्यालयहरुले दुबै प्रहरी कार्यालय निर्माणका लागि आर्थिक सहयोग गरेका थिए । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र बिष्ट लगायतका पदाधिकारीको उपस्थितीमा रकम हस्तान्तरण गरेको हो । जनताको जीवन र सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने निकायलाई सहयोग गर्न पाएकोमा प्रेरणा मिल्ने भुजेलले जानकारी दिनुभयो । बनेपा अध्यक्ष बिष्टले प्याब्सनले सदैव सामाजिक उत्तरदायित्वलाई बहन गर्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघ काभ्रेले इलाका प्रहरी कार्यलय बनेपा र जिल्ला ट्राफिक कार्यालय भवन पुन निर्माणको काम सुुरु गरेको र त्यसको संयोजन आफूहरुले गरेको अध्यक्ष प्रताप वैद्यले उल्लेख गर्नुभयो । अहिले दुबै कार्यालयको मर्मतको काम भैरहेको छ । रकम हस्तान्तरण कार्यक्रममा दुबै कार्यालयका प्रमुखको उपस्थिती थियो ।
सामाजिक उत्तरदायित्व बहन गर्दै प्याब्सन, डढेको प्रहरी कार्यालय उठाउँदै उद्योग वाणिज्य संघ
2025-09-26T13:05:19+05:45
तपाईको प्रतिक्रिया