बनेपा नगरपालिका वडा नं ११ का स्टार खेलाडी राम थापाको स्मृतिमा भेट्रान कप फुटसल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । एबिएम फुटसल ग्राण्डमा भएको प्रतियोगितामा मानेश्वरी क्लब पनौतीले गुड मर्निङ फुटसल क्लब बनेपालाई ३–२ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमायो ।
प्रतियोगितामा दश टिमको सहभागिता रहेकोमा विजेताहुँदै मानेश्वरीले ३० हजार नगद हात पार्दा गुड मर्निङले १५ हजारमा चित्त बुझायो ।
प्रतियोगितामा गुड मर्निङका बिक्रम श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए भने सागर लोप्चन हाई स्कोरर बने । मानेश्वरीका सन्देश ताम्राकार उत्कृष्ट किपर बने । प्रतियोगिताको अनुशासित सिएमसी फुटसल टिम भयो ।
प्रतियोगिताको उद्घाटन एन्फाका केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठले गरेका थिए । समापन क्लबका अध्यक्ष सुरेश गौतम, बनेपा वडा नं ११ को सदस्य लिला थापाले गरिन ।
राम स्मृति भेट्रान कप फुटसलको उपाधि मानेश्वरीलाई
2025-09-20T21:52:17+05:45
तपाईको प्रतिक्रिया