जेनजीको निशानामा पर्याे जनप्रतिनिधिको घर


जेनजीको आन्दोलन नगरपालिकादेखि व्यक्तीका घरसम्म आगजनी भएका छन् । काभ्रेमा जेनजी आन्दोलनमा सार्वजानिक सम्पत्तिदेखि नीजि सम्पत्तिको तोडफोड र आगजनी गरिएको छ । आन्दोलन उग्र भएपछि जेनजी भिडले बनेपा नगरपालिका, इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक कार्यालय काभ्रे, प्रहरी चौकी पाँचखाल, प्रहरी चौकी हिगुवापाटीमा आगजानी गरेका थिए । आजगाजीबाट भएको क्षतिको लगत संकलनको कार्य सुरु भएको बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । बनेपा वडा न १० को कार्यालयमा समेत क्षति पारेको छ ।
आन्दोनकारीले बनेपामा मात्र करौडौको सार्वजानिक सम्पत्तिमा क्षति पु¥याएको उनले बताए । सार्वजनिक सम्पत्तिको क्षतिसंगै काभ्रेमा नीजि सम्पत्तिमा पनि क्षति पु¥याईएको छ ।
काभ्रेका संघीय सांसद गोकुल बाँस्कोटाको भक्तपुरमा रहेको घरमा आगजनी गरिएको छ । सांसद हुनु धेरै पहिला उनले सो घर दुखले बनाएका थिए ।
धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जुको घर फोरिएको छ । संचार क्षेत्रमा समेत लामो समय कृयाशिल व्याञ्जूले मेयर हुनुभन्दा पहिला नै सो घर बनाएका थिए । पनौती नगरपालिकाको उप मेयर गिता बञ्जाराले गाई पालेर दुध बेचेर र खेती गरेर सो घर बनाउनुभएको थियो । आफ्नो ८० बर्षको आमासँगै बस्नुहुने उहाँको सो घरसँगै नगद, लत्ताकपडा, अत्यावश्यक सामाग्री एक करोडभन्दा धेरैको क्षति भएको छ ।
पनौती नगरपालिकाको पुर्व मेयर भिम न्यौपानेको घर पुर्णरुपमा आगजानी गरिएको थियो । भैसी पालेर दुध बेचेर गुजारा चलाउने उहाँको घर बालिएपछि जनस्तबाट हामी बनाउँछौ भिम बाको घर अभियान नै संचालन भएको छ । जलाएकै रुपमा उहाँको घर बनाउन लागिएको स्थानीय युवाले उल्लेख गरेका छन् ।
जिल्लामै पुर्व सांसद नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमगाईको घरको सिसा फोरिएको छ । उहाँको घरमा पार्किङमा राखिएको गाडी र मोटरसाईकल जलाईएको छ ।
पनौती नगरको मेयर रामशरण भण्डारीको घरभित्रका सामान बाहिर ल्याएर पुर्ण रुपमा जलाईएको छ । भान्सामा हालिएको टायलमा पनि रिस पोखेर फुटाइएको छ । पनौती नगरपालिका वडा नं २ को वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको घर पुर्ण रुपमा क्षति पु¥याईएको छ । कुशादेबी निवासी क्याप्टेन रामेश्वर थापाको कलात्मक पुरानो घर, आधुनिक घर, हेलिकोप्टरमा समेत आगजनी भएको छ ।

तपाईको प्रतिक्रिया