८२ बर्षको आमाका लागि बनाएको कम्बोड पनि फोरिदिए

८२ बर्षको आमालाई दिसापिसाब गर्न सजिलो होस् भनेर घरको शौचालयमा राखिएको कम्बोड सहित फुटाएपछि पनौती नगरपालिका वडा नं २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीलाई ठूलो समस्या परेको छ । काभ्रेमा रहेका १३ स्थानीय तहमा रहेका १२५ वटा बडामध्ये व्यक्तीगत सम्पत्तिको क्षति हुनेमा अधिकारीमात्रै हुन् । जेनजीको आन्दोलनको क्रममा उहाँको घर तोाडफोड गरिएको छ ।
करिब सय जनाको समुहमा आएको युवाहरुले उहाँको घर तोडफोड गरेका थिए । सुरुमै वासिङ मेसिन, झ्याल फुटाएपछि दराज,शौचालयमा रहेका सामान फुटाएको उहाँले उल्लेख गर्नुभयो । उहाँले घर काम नै नलाग्ने गरेर फुटाएका छन् । ‘ ८२ बर्षको आमालाई सजिलो होस् भनेर शौचालयमा हालेको कम्बोडसमेत छााडेनन्’ उहाँले भन्नुभयो । उहाँ दोस्रो कार्यकालका लागि वडाअध्यक्षमा विजयी हुनुभएको हो ।

तपाईको प्रतिक्रिया