नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरु बिहानैदेखि भेला हुन थालेका छन् ।
सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्य भएपछि युवाहरुले मंगलबार पनि प्रदर्शन गर्ने संकेत देखाएका छन् ।
तर जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुरले भने बिहान साढे बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेका छन् ।
उता जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुने र निरन्तर रहने भनेर उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया