खानीखोला बाट हेली एम्बुलेन्स मार्फत उद्धार

जिल्लाको विकट खानीखोला गाउँपालिकाको फुलडाडाँबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिकाको समन्वयमा फुलडाडाँको रोचक श्रेष्ठको श्रीमती १९ वर्षिय अयुस्मा भोलनको हेलि मार्फत उद्धार गरिएको बताए । गाउ पालिकाले हेली एम्बुलेन्स सेवा उपलब्ध गराईदिनु हुन अनुरोध गरे पछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

खानीखोला गाउँपालिका वडा नं. ५ स्थित ताल्ढुङ्गा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) को पत्रानुसार खानीखोला गाउँपालिका वडा नं. ४ स्थायी बस्ने श्री रोचन श्रेष्ठको श्रीमती वर्ष १९ की श्री आयुष्मा भोलन सुत्केरी बेथा लागि स्थानीय ताल्ढुङ्गा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) मा मिति २०८२।०५।२१ गते बिहानको १०:०० बजेको समयमा भर्ना भई स्वास्थ्यकर्मीको निरन्तर चेकजाँचको क्रममा सुत्केरी व्यथा १८ घण्टा भन्दा लामो भएको साथै पाठेघरको मुख पुरा खुलेको ४ घण्टा बढी हुँदा पनि सुत्केरी सफल हुन नसकेको कारणले आमा र बच्चाको स्वास्थ्य अवस्था जोखिम अवस्थामा रहेकोले अप्रेशन नगरी सुत्केरी गराउन नसक्ने हुँदा निज सुत्कुरी महिलालाई यथाशीघ्र हेली एम्बुलेन्सबाट उद्धार गरी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली, काठमाडौंमा उपचार गराउनु पर्ने हुँदा उपचारका लागि हेली एम्बुलेन्स सेवा उपलब्ध गराईदिनु हुन सिफारिस गरिएको गाऊ पालिका अध्यक्ष इन्द्र ब थिङले जानकारी दिए । यो वर्ष सुरु भएको राष्ट्रपति उद्धार हेली एम्बुलेंस खानीखोलामा आइतबार पहिलो हेली एम्बुलेंस पुगेका थिए । हेली एम्बुलेंस मार्फ़त उद्धार गरिएको महिलाको स्वास्थ्य अवस्था ठिक रहेको गाऊ पालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया