
नेवार समुदायमा पुन्ही ः अर्थात पुर्णिमाको ठूलो महत्व राख्दछ । आज येयां पुन्ही ः कर्कलोको गालेको अमिलो अचार र नास्पाती खाने दिन । यो पुर्णिमाले सोह्र श्राद्धलाई पनि स्वागत गर्ने भएकाले दसैअघिको पुर्णिमा हो । एक महिनापछि दसै सकिएर कोजाग्रत पुर्णिमा मनाईन्छ । यही पुर्णिमाको अवसर पारेर पर्यटन विकास केन्द्रले घचा ल्हो प्रतियोगिताको आयोजना गरेको छ ।
नेवारमा घचाको अर्थ ढुंगा र लोको अर्थ घुमाउनु । गोलो ढुंगामाथि चारदेखि छ जनासम्मको समुह बनाएर लामो समयसम्म घुम्नेलाई पुरस्कार प्रदान गरिन्छ । हरेक बर्षको येयां पुन्हीको अवसरमा पनौतीमा केन्द्रले यो प्रतियोगिताको आयोजना गर्ने गरेको छ । यो पनौतीमा भएको तेस्रो संस्करण हो ।

मोबाईल फोनको प्रयोगपछि लोप हुने अवस्थामा पुगेको यो खेल पुनस्थापना भएपछि स्थानीय औधि खुसी भएका छन् । प्रतियोगितामा दश वटा समुहले भाग लिएकोमा भद्रकालीले दुई मिनेट नौ सेकेण्ड घुमेर प्रथम हुँदै तीन हजार, दुग्धेश्वरले दुई मिनेट पाँच सेकेण्ड घुमाएर दोश्रो हुँदै एक हजार ५०० र उज्वल भविष्यले एक मिनेट ३० सेकेण्ड घुमाएर तेश्रो भयो ।

विजयीलाई पनौती नपाका मेयर रामशरण भण्डारी पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले नगद सहित पुरस्कृत गर्नुभयो । यसले शरिर स्वस्थ्य राख्ने काम गर्छ ।
सोही अवसरमा स्पन्दन र स्तुती चापागाईले हुला हुपको प्रर्दशनी गरेर प्रशंसापत्र पाउनुभयो ।

तपाईको प्रतिक्रिया