
काभ्रेपलाञ्चोक प्रदेश निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद कञ्चनचन्द्र बादे बागमती प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रीपरिषद् प्रदेशको विस्तारमा शक्तिशाली मन्त्रालय मानिएको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी वादेलाई प्रदान गरेका हुन् ।
२० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
बनेपाको उपमेयरदेखि शक्तिशाली मन्त्रीसम्म
बनेपामा प्रजातन्त्र स्थापनामा विशेष भुमिका खेल्ने वादे परिवारमा जन्मिएका वादे प्रजातन्त्र सेनानी रहनु भएका गोपालदास वादे र आमा चिनिमायाको कोखबाट २०२४ साल बैशाख ८ जन्मिएका हुन् । २०३६ को जनतसंग्रहमै आफू राजनीतिमा आउने संकेत गरिसकेका थिए ।
वीपी कोइराला, गणेशमान सिंहका समकक्षी राजदास बादेको प्रेरणाले १५ बर्षको उमेरमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य भइसकेका थिए । २०४४ सालमा २० बर्षको उमेरमा नेपाल विद्यार्थी संघ काभ्रेपलाञ्चोकको कोषाध्यक्ष बनेका बादेले २०४७ सालमा नेविसंघको जिल्ला सभापति बनेर नेविसंघ काभ्रेलाई नेतृत्व प्रदान गरेका थिए ।
२०५१ र २०५८ मा गरी २ पटक नेपाली कांग्रेस बनेपाको नगर सभापति भए । २०५८ सालमा नेपाल तरुण दलको जिल्ला अध्यक्ष, २०६० सालमा तरुण दलको केन्द्रीय सदस्य भए ।
नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका संस्थापक अध्यक्ष रहेका बादे २०६४ सालमा नेपाली कांग्रेस काभ्रेको कोषाध्यक्ष भए । २०५७ मा भएको पार्टीको १० औँ र २०६१ मा भएको ११ औँ महाधिवेशनमा उनी महासमिति सदस्य समेत भएका थिए । पार्टीको १२ औँ र १३ औँ महाधिवेशनमा काभ्रे क्षेत्र नं ३ को सभापति भएका बादे १४ औँ महाधिवेनशनबाट वाग्मती प्रदेश महामन्त्रीमा निर्वाचित भएका छन् । २०३६ सालपछिका सबै जनआन्दोलनमा सहभागी भएका उनले २०६२÷०६३ सालको जनआन्दोलन घाइते उपचार कोषको संयोजक भएर पनि काम गरेका थिए ।
२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा कांग्रेसको तर्फबाट बनेपा नगरपालिकाको उपमेयर निर्वाचित उनी २०७० सालको संविधानसभा निर्वाचनमा विजयी बने । २०७४ को निर्वाचनमा भने उनी पराजित भए ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा भने पराजित भएका उनी २०७९ मा लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट प्रतिनिधी सभा २ अन्तर्गतको प्रदेश सभा ख मा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
प्रदेशको शक्तिशाली मन्त्री बने कञ्चन
2025-08-16T07:51:45+05:45

तपाईको प्रतिक्रिया