भोलि बनेपामा इक्यान शैक्षिक मेला हुदै

बनेपा – शैक्षिक परामर्श संघ नेपाल इक्यान काभ्रेको आयोजनामा भोलि शुक्रबार बनेपामा शैक्षिक मेला हुने भएकाछन् ।
बिहिबार बनेपामा पत्रकार सम्मेलन गरेर शैक्षिक मेलाको बिषयमा जानकारी दिएको थियो । मेलामा २० भन्दा धेरै शैक्षिक स्टलहरु रहेको ११ सय भन्दा धेरैले अवलोकनको लागि अनलाईन आवेदन दिई सकेको इक्यान काभ्रेका अध्यक्ष भुवन राइमाझीले पत्रकार सम्मलेनमा बताए । गलत सल्लाह, नक्कली परामर्शदाता, र भ्रमित गर्ने सूचना कारण विद्यार्थीहरू आर्थिक र मानसिक रूपमा हानि बेहोर्न बाध्य भइरहेको अवस्थामा यस्ता अनिश्चितता र जोखिमबाट विद्यार्थीहरूलाई बचाउन इक्यान शैक्षिक मेला महत्वपूर्ण अवसर भएको रायमाझीले बताए । मेलामा अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया, फिनल्यान्ड, अस्ट्रिया, नेदरल्यान्ड, साइप्रस लगायतका प्रमुख अध्ययन गन्तव्य मुलुकका विश्वविद्यालय तथा कलेजका अधिकृत प्रतिनिधिहरू पनि प्रत्यक्ष उपस्थित हुने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया