
बनेपा÷विद्यालय चाहे सामुदायिक होस् वा संस्थागत । उसले सदैव विद्यार्थीको भलो चाहन्छ भन्ने उदाहरण बनेको छ बनेपा वडा नं ११ मा रहेको आर्दश विद्या मन्दिर (एबिएम) । विद्यार्थी संख्या, हरेक बर्ष हासिल गरेको उपलब्धि र सामुदायिक हितमा गरेको कार्य हेर्ने हो भने एबिएमको जति चर्चा गरेपनि कम हुन्छ । विद्यालय सरस्वतीको मन्दिर हो भन्ने एउटा शसक्त उदाहरण प्रस्तुत गरेको छ सो विद्यालयले । सदैब रचनात्मक क्रियाकलाप गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने उक्त विद्यालयले योपटक भने असाध्यै फरक ढंगले आफूलाई उभ्याउन सफल भएको छ ।
विद्यार्थीहरू चाहे निजी विद्यालयमा पढुन् चाहे सामुदायिक विद्यालयमा । उनीहरुले निर्धक्कसँग स्कुल जान र आफूलाई आवश्यक भएका शैक्षिक सामग्रीहरु पाउनुपर्छ । बनेपा नगरपालिका वडा नम्बर ११ मा रहेको ए बिएम स्कुलले शैक्षिक सामाग्री अभाव झेलेका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । त्यो पनि सबैलाई । एउटा सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक सिकाइमा सहयोग पुगोस् भनी उद्देश्यले संस्थागत विद्यालयले शैक्षिक सामग्री हस्तान्तरण गरेको यस्ता घटनाहरु बिरलै सुन्न र देख्न पाइन्छन् ।
बनेपा नगरपालिका वडा नम्बर ११ मा रहेको आदर्श विद्यामन्दिर एबिएम स्कुलले धुलिखेल नगरपालिका वडा नम्बर १० मा रहेको कालिका माध्यमिक विद्यालयका विद्यार्थीहरूको शैक्षिक उन्नतिमा ठोस उपलब्धि हासिल होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको हो । उसले पढाईमा सहजीकरण होस् भनी आदर्श विद्या मन्दिर स्कुलबाट शैक्षिक सामग्रीहरू कपी जेलपेन प्रदान गर्दै निरन्तर रुपमा विद्यार्थीहरूलाई सिकाई प्रक्रियामा सहकार्य गर्दै आधारभूत तहदेखि माध्यमिक तहसम्मका शिक्षक सक्षमता विकास कार्यक्रम बालबालिकाहरूको सिकाई प्रक्रियामा एबिएम स्कुलले गरेका राम्रा प्रयासहरु आदानप्रदान गर्ने र विद्यार्थीहरुलाई अन्तर विद्यालय भ्रमण गराउने सम्मका कार्यहरु गर्ने उद्देश्यले विद्यालयको तर्फबाट शैक्षिक सामग्रीहरू उपलब्ध गराएको हो । धैरेले प्रतिस्पर्धाको रुपमा हेरेपनि सो विद्यालयले भने सहयोगीको रुपमा आफूलाई अघि सारेको हो ।
विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले आफूले सकेको सहयोग गरेको र सामुदायिक विद्यालयको स्तर माथि उकासिएमा त्यसको फाइदा निजी स्कुलले पनि पाउने विश्वास व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयका विद्यार्थीहरू अब्बल हुनु भनेको समाज नै अब्बल हुनु हो । उनीहरुले आफुलाई शैक्षिक सामग्रीको अभावमा कमजोर महसुस नगरुन् भन्ने उद्देश्यले सो सामाग्री वितरण गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया