मलको अभाव समयमै टुंगोमा : प्रम

काठमाडौं, साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफदेही निकाय सधैँ जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

जबाफदेही निकायले जिम्मेवारी बहन नगर्दा काम गर्नेले पनि गाली खानी स्थिति आउने उहाँको भनाई छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओली यसो हुँदा गाली मात्रै गर्नेले वाहवाही कमाउने स्थिति आउने उल्लेख गर्नुभएको छ ।

हरेक सरकारी निकाय आफ्नो परिभाषित काममा आफैँ जबाफदेही हुनु पर्नेमा उहाँले जोड दिनुभएको छ । ‘नागरिकको समस्यामा सरकार चुप लागेर बस्न मिल्दैन’, उहाँले लेख्नु भएको छ ।

अहिले किसानले मल पाएनौँ भनिराखेकाले त्यसको परिभाषित जिम्मेवारी लिएका निकायले तत्काल समस्या सम्बोधन गर्नुपर्ने उहाँको धारणा छ । ‘यो गुनासो तत्काल समाधान गर्न हिजो सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएको छु, सम्बन्धित निकायलाई जनस्तरबाट पनि खबरदारी भइरहोस्, समस्या हेरेर बस्ने होइन, समाधान गर्ने हो’, उहाँले लेख्नु भएको छ ।

तपाईको प्रतिक्रिया