बनेपा÷एकलौटी रुपमा मापदण्ड पुरा नगरी सूरुमा पेलेर उद्योग खोल्ने अनि झारा टार्न सार्वजनिक सुनुवाई गर्न खोजेपछि पाँचखालका स्थानीयले उल्टाईदिएका छन् । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ८ होक्सेमा बन्न लागेको अस्फाल्ट व्याचिङ प्लान्टको विरुद्धमा स्थानीय उत्रिएका हुन् ।
बन्दना भगवती निर्माण सेवा प्रा.लि. द्वारा स्थापना तथा सञ्चालनको लागि सबै प्रकृया पुरा भएपछि स्थानीयले विरोध जनाएपछि प्रारम्भिक वातावरणीय परिक्षण आइ.इइ प्रतिवेदन तयारीको सिलसिलामा सरोकारवालाहरूसँग सुझाव सङ्कलनको निमित्त गरिएको सार्वजनिक सुनुवाइको प्रकृया नै झारा टार्न भएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
दलीय प्रतिनिधिहरू,जनप्रतिनिधिहरू साथै सरोकारवालाहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा वातावरणलाई प्रदुषण गराउने खालको उद्योग आवश्यक नभएको भन्दै स्थानीयले विरोध जनाएका थिए । सयौ स्थानीयले त्यसको विरोध जनाएका छन् ।
प्रत्यक्ष नागरिकको स्वास्थ्यमा असर पार्ने भएकाले सामाजिक अगुवा, राजनीतिक दलका नेता त्यहाँ पुगेका थिए । एमाले नेतृ भक्तकुमारी लामाले सार्वजनिक सुनुवाईभन्दा पहिला किन सामान झारेको भन्दै प्रश्न गरिन् । अधिकांश सहभागीहरूको भनाई “उद्योग विरोधी हैनौ तर उद्योग सञ्चालनको नाममा वातावरणमा असर पुर्याउन नपाउने उल्लेख गरेका छन् । उद्योग चाहिन्छ तर उद्योग स्थापना गर्दै गर्दा मानव स्वास्थ्यमा असर पुर्याउने ढङ्गको उद्योग आवश्यक नभएको जनगुनासो आएको छ । वातावरणको पक्षलाई ध्यान दिन अभियान्ता श्रीकृष्ण धिमालले अनुरोध गर्नुभयो । जनताको स्वास्थ्य र वातावरणलाइ असर पार्ने उद्योग चाहिदैन उहाँले भन्नुभयो ।
कानुनसम्मत ढङ्गको प्रकृया पुरा नगरी ‚ सरोकारवाला स्थानियसंग समन्वय नगरी उद्योग सञ्चालनको लागि आवश्यक सामाग्री जुटाई सकेको भन्दै विरोध गरेका थिए । सहभागीहरूको गुनासोका विषयमा उद्योग सञ्चालन गर्ने तयारी गर्ने पक्षले जग्गा भाडामा लिएकोले सामानहरू स्टोर गरेको भन्ने भनाई थियो ।
पाँचखालमा झारा टार्न सार्वजनिक सुनुवाई गर्न खोजेपछि ……………
2025-08-03T20:44:02+05:45

तपाईको प्रतिक्रिया