
के तपाईँ उच्च शिक्षा प्लस टु पछि नेपाल सरकारले उपलब्ध गराउने पूर्ण छात्रावृत्तिमा अध्ययन गर्न चाहनुहुन्छ यदि त्यसो हो भने तपाईहरुले अहिले नै सोच विचार गर्नुपर्ने हुन्छ । एमबिबिएस, बिइ र आइटी विषयका स्नातक कार्यक्रमहरूमा अध्ययन गर्न चाहने विद्यार्थीलाई नेपाल सरकारले दिने छात्रवृत्तिको लागि दावी गर्न पाउने ( निजी विद्यालयमा पढ्नेले) यो सुविधा पाउँदैनन्। त्यसका लागि नेपाल सरकारले सञ्चालन गरेका सामुदायिक क्याम्पसहरूलाई विद्यार्थीहरूले रोज्नुपर्ने हुन्छ। काभ्रेपलाञ्चोक जिल्लाको सन्दर्भमा काभ्रेपलाञ्चोक जिल्लाकै सबैभन्दा जेठो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसमा यहाँहरुले प्लस टुमा विज्ञान र व्यवस्थापन संकायलाई रोज्न सक्नुहुनेछ । धेरै अभिभावक तथा विद्यार्थीहरूलाई यो कुराको जानकारी नहुँदा छात्रवृत्ति पाउने अवसरबाट वञ्चित बनिरहेका छ्न । काभ्रे बहुमुखी क्याम्पस ( KMC )ले सन्चालन गरिरहेको + २ कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्तिको अवसर पाउने क्याम्पस प्रमुख केजी बैदारले जानकारी दिनुभयो ।
काभ्रे बहुमुखी क्याम्पसले प्लस टुमा साइन्स कम्प्युटर साइन्स व्यवस्थापन र मानविकी संकायमा भर्ना खुलाएको छ। काभ्रे जिल्लाको सबैभन्दा पुरानो क्याम्पस काभ्रे क्याम्पसमा यथेष्ठ भौतिक पूर्वधार उच्च गुणस्तरीय प्राध्यापकहरुले अध्यापन गराउने गर्नुहुन्छ ।
काभ्रेपलाञ्चोक जिल्लाकै सबैभन्दा ठूलो साइन्स ल्याब कम्प्युटर ल्याब र भौतिक पूर्वाधारसँगै त्यहाँको स्वस्थ वातावरणले विद्यार्थीहरूलाई अध्ययन र शिक्षकहरुलाई अध्यापनमा निकै सहज हुने दाबी क्याम्पस व्यवस्थापनको छ ।
सो क्याम्पसमा रहेको प्रोजेक्ट र रिसर्च ल्याबले विद्यार्थीहरूलाई आकर्षित गरिरहेको छ। त्यसैले काभ्रेपलाञ्चोक जिल्लामा धेरै विद्यार्थीको रोजाइमा काभ्रे क्याम्पस परिरहेको छ । यहाँको अर्को विशेषता भनेको विद्यार्थीलाई दिने छात्रावृत्ति पनि हो। भर्ना हुने कुल विद्यार्थीमध्ये अनिवार्य ३५ प्रतिशतलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

काभ्रेपलाञ्चोक जिल्लामा अध्यापन हुने अरु साइन्स क्याम्पस अरुभन्दा यो क्याम्पसको फि स्ट्रक्चर सबैभन्दा किफायती देखिएको छ । सामुदायिक क्याम्पस भएकाले सस्तोमा पढ्न पाउने त्यो पनि गुणस्तरीय भएकाले एकपटक विद्यार्थी र अभिभावकले काभ्रे बहुमुखी क्याम्पसमा गएर हेर्न र बुझ्न सक्नुहुनेछ ।
एसइइ परीक्षामा आएको नतिजाको आधारमा शतप्रतिशत छातावृत्ति तथा आन्तरिक परीक्षाको आधारमा विभिन्न छात्रवृत्तिहरू प्रदान गरी रहेको छ। प्लस टु सकेर स्नातक र स्नातकोत्तरमा काभ्रे क्याम्पस उपयुक्त विकल्प हुन सक्छ। ब्याचलर्समा बिसिए र बिआइसिटीका कक्षाहरू पनि सञ्चालन छन् ।
बिएड साइन्सका विद्यार्थीका लागि पनि क्याम्पस उपयुक्त गन्तव्य हुन सक्छ।
शत प्रतिशत रोजगारीको ग्यारेन्टी भएको बिएड साइन्स कक्षा पनि काभ्रे बहुमुखी क्याम्पसमा सञ्चालित छ। त्यस्तै बिबिएस,बिए र बीएसडब्लु काभ्रे क्याम्पसमै सञ्चालित छन्। प्लस टु सकेका विद्यार्थीहरूले अरु क्याम्पस भौतारिनुपर्ने अवस्थाको अन्त्य पनि काभ्रे क्याम्पसले गरिरहेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाकै सबैभन्दा ठूलो लाइब्रेरी पनि काभ्रे बहुमुखी क्याम्पसमा रहेको छ। क्याम्पस हाताभित्रै क्यान्टिनको सुविधा, इ लाइब्रेरी, हरेक कक्षामा प्रोजेक्टर, अतिरिक्त कक्षाको व्यवस्थापन र अनलाइन कक्षा पनि क्याम्पसले संचालन गर्ने गरेको छ।
प्लस टु अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एउटा उत्कृष्ट स्थान रहेकाले एकपटक भिजिट गरेर त्यहाँको वातावरण बुझ्न र आफ्नो धारणा बनाउन कलेज विद्यार्थी अभिभावकलाई अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया