
महादेवस्थान÷नगरमा दर्ता नभएका र कर नतिर्ने उद्योगमा मण्डनदेउपुर नगरपालिकाले ताला लगाएको सामाजिक संञ्जालमा सार्वजनिक गरेको छ ।
मण्डनदेउपुरको फेसबुक पेजमा सार्वजनिक गरिएकाने विवरण अनुसार नगरप्रमुख टोक बहादुर वाईबा, उपप्रमुख विष्णुमणी नेपाल, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ, वडा नं. ५, ६, ७ र ९ का वडा अध्यक्षहर्क घिसिङ, कुमार ढकाल, विष्णुप्रसाद पौडेल र सिताराम श्रेष्ठ कार्यपालिका सदस्य विकास राई, उद्योग वाणिज्य संघ मण्डनदेउपुरका अध्यक्ष बद्रीप्रसाद नेपाल नगरपालिकाका कर्मचारीहरु तथा नेपाल प्रहरी सहितको टोलिले नगरपालिका भित्र सञ्चालित उद्योगहरुको अनुगमन गर्दा नगरपालिकामा दर्ता नभएका, कर नतिरेका र नवीकरण नभएका उद्योगहरुमा ताला लगाएको सामाजिक संञ्जालमा उल्लेख गरिएको छ । उद्योगहरुलाई यथासक्य छिटो सम्पूर्ण कानूनी प्रकृया पुरा गर्न समेत निर्देशन दिइएको छ । उद्योग अन्तरगत नै दर्ता भएका नगरकोटका होटलमा पनि अनुगमन गर्न स्थानीयले माग गरेका छन् ।
दर्ता नभएको र कर नतिरेको भन्दै मण्डनदेउपुरका उद्योगमा ताला
2025-06-13T19:05:00+05:45

तपाईको प्रतिक्रिया