प्रजातान्त्रिक सेनानी, कांग्रेस पनौतीका संस्थापक सभापति प्रेमबहादुर महाजूको ९२ बर्षको उमेरमा निधन भएको छ । पनौती –८ का स्थायी बासिन्दा महाजूको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
नेपाली कांग्रेस पनौतीका उपसभापति पुरुषोत्तम कर्माचार्यका अनुसार अन्तिम संस्कार त्रिवेणीघाटमा हुनेछ । सुवर्ण शमशेर स्मृति पुरस्कारबाट पुरस्कृत नेपाली कांग्रेस पनौती नगर कार्यसमितिका संस्थापक सभापति महाजूको निधनले पार्टीको ठूलो क्षति पुगेको नेपाली कांग्रेसले पनौतीले जनाएको छ । उहाँ २०४६ देखि २०५४ सम्म पनौतीको नगर सभापति हुनुहुन्थो । जनआन्दोलन २०४६ को कमाण्डरको भुमिका निर्वाह गर्नुभएको उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता कार्यकर्ता पनौती त्रिवेणीघाटमा पुगेका छन् ।
पनौती कांग्रेसका संस्थापक सभापति महाजूको निधन
2025-05-16T17:25:04+05:45
तपाईको प्रतिक्रिया