केरलाबाट काठमाडौंसम्मको ईभी यात्रा, नगरकोट र मण्डनदेउपुरमा चार्जिङ स्टेशन राखिने

बनेपा÷ केरलाबाट काठमाडौंसम्मको ईभी यात्रा पुरा भएको छ । ईभीका सडक ट्रिप सफा गतिशीलता प्रवद्र्धन गर्ने एक ऐतिहासिक अभियान भएको भन्दै प्रशंसा गरिएको छ ।
केरलाबाट प्रेरणादायक यात्रापछि अब नेपालमा आइपुगेको छ । टोलीलाई नेपालमा उत्साहपूर्वक स्वागत गरिएको छ । जसले सीमा–पार विद्युतीय सवारी (ईभी) सहकार्यलाई नयाँ उचाइमा पु¥याएको विश्वास लिईउको छ ।
न्यानो स्वागत र कूटनीतिक प्रेरणा भारतीय राजदूतावास नेपालद्वारा टोलीलाई सम्मानपूर्वक स्वागत गरिएको अभियान्ता नविन तिवारीले जानकारी दिनुभयो ।
जसले स्वच्छ यातायातको प्रयासलाई मान्यता दिएको छ। यो स्वागतले भारत–नेपाल बीच भविष्यमा ईभी अपनाउने, पूर्वाधार विकास र स्वच्छ ऊर्जा परियोजनाहरू सम्बन्धी द्विपक्षीय संवादको मार्ग खोल्ने विश्वास लिइएको छ ।


टाटा मोटर्स नेपाल र सिप्रदी ट्रेडिङ जस्ता प्रमुख वाहन उद्योगका साझेदारहरूले टोलीलाई न्यानो आतिथ्य दिए । जसले नेपाल ईभी परिवर्तनका लागि तैयार रहेको दर्शाउँछ । यी सहकार्यले हरित वैकल्पिक यातायात र ऊर्जातर्फ राष्ट्रको प्रतिबद्धतालाई झन् मजबुत बनाएको छ । भविष्यको अवसर र विकासको सम्भावना का साथ ईसी गो ले आफ्नो यात्रा जारी राख्दै ईभी, पूर्वाधार, सार्वजनिक यातायात विद्युतीकरण र मुख्य साझेदारीहरूको खोजी गरिरहेको छ। नेपालका साझेदारहरूद्वारा प्राप्त सकारात्मक समर्थनले टोलीको लक्ष्यलाई झन् प्रभावशाली र व्यापक बनाएको छ ।

यो यात्रा केवल एक साधारण रोड ट्रिप नभएर दक्षिण एसियाको लागि सफा, हरित, र टिकाउ गतिशीलताको दिशामा एक ऐतिहासिक परिवर्तनको सुरुआत भएको नेपालका लागि गो ई सी का संयोजक नवीन तिवारीले बताउनुभयो ।
उहाँका अनुसार केही हप्ता काठमाण्डौ, नुवाकोट, नगरकोट, मण्डन देउपुर लगायत संभावित चार्जिङ स्टेशन का क्षेत्रको यात्रा हुनेछ । पृथ्वी राजमार्ग, महेन्द्र राजमार्ग सहित अन्य ठाउँहरूको पनि सहजकर्ता, लगानीकर्तासँगको भ्रमणको कार्यतालिका रहेको छ ।

तपाईको प्रतिक्रिया