बझाङ, केदारस्यूँ गाउँपालिका स्थित ऐतिहासिक पौडीकोटको भ्रमण


लेखक प्रस्तोता
दीपकप्रसाद पौडेल

थातथलोको खोजीमा पौडेल वंश महासंघ

१. पुष्ठभूमि
पौडेल थरको उद्गमथलो बझाङ जिल्लाको पौडीग्रामबाट भएको उल्लेख पण्डित विद्यापतिले साके संम्वत १८०९(वि.स. १९४२ तिर) मा लेख्नुभएको वंशावलीमा उल्लेख भएको र उक्त वंशावलीलाई आत्रेय वंश अनुसन्धान प्रतिष्ठान पौडेल वंश राष्ट्रिय समिति भरतपुर चितवनबाट प्रकाशित पौडेल वंशावली २०६० मा छापिएको र यसैलाई स्रोत मानेर त्यसपछि विभिन्न स्थान र मितिमा प्रकाशित वंशावलीहरुमा पौडेल थरको उत्पत्ति थलो बझाङ जिल्लाको पौडीलाई उल्लेख गरेको पाइन्छ ।
वि.स. २०४६ साल देखि आफ्ना कुल पुर्खाको खोजीमा रुचि राख्दै आएको र २०७६ सालदेखि पौडेल वंशमहासंघको संस्थापक केन्द्रीय सदस्य, उपाध्यक्ष पदमा रही कार्य गर्दै आफ्ना पुर्खाहरूको थातथलो उद्गमस्थल पौडेलहरूको पहिचान बोकेको स्थानमा पुग्ने र त्यहाँको बारेमा जानकारी लिन खोज अनुसन्धान गर्न पौडेल वंश महासंघमा आबद्ध भएदेखि नै अन्य बन्धु जस्तै मलाई पनि इच्छा लागेको थियो । महासंघको औपचारिक बैठकहरू र अनौपचारिक कुराकानीमा समेत महासंघको प्रतिनिधि मण्डल पौडिमा जानको लागि र सम्भव भए केन्द्रीय समितिको बैठक पौडीमै गर्नका लागि मैले धेरै पटक प्रस्तावहरू राखेको थिए । पछिल्लो पटक २०८१ कार्तिक ८ गते मोरङ जिल्लाका केन्द्रीय उपाध्यक्ष विजय पौडेलको आतिथ्यतामा सुन्दरहरैचा पौडेल वंश प्रतिष्ठानको भवनमा,का.बा.अध्यक्ष ÷वरिष्ठ उपाध्यक्ष शालिग्राम शर्मा पौडेलको अध्यक्षतामा भएको महासंघको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा मैले महासंघ को केन्द्रीय बैठक पौडीमा राखौं र देश विदेसमा रहेका पौडेलहरुलाई सन्देश दिउँ भने प्रस्ताव राखको थिएँ । बैठकका सहभागीहरुले ताली बजाएर समर्थन गर्नुभएको थियो । यसबाट पौडी जाने र त्याँहा बैठक गर्ने महासंघको प्रस्ताव स्वीकृत भयो ।

२. समन्वय र सहकार्य
पौडेल वंश महासंघको केन्द्रीय टोली पौडी जानुभन्दा पहिले त्यहाँको अवस्थाको बारेमा जानकारी प्राप्त गर्न निरन्तर प्रयास गर्दै स्थानीय बासिन्दाहरूसंग सम्पर्क र पौडीको बारेमा लेखिएका सामग्री र विषयबस्तुको अध्ययन गरिरहेका थियौँ । यसै क्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य संविधानसभा सदस्य माननीय मानप्रसाद खत्री पौडेल (उहाँ २०५४ सालमा बझाङ जिल्ला विकास समितिका सभापति र २०७० सालको संविधानसभाको निर्वाचनमा बझाङ जिल्लाबाट निर्वाचित सांसद पनि हुनुहुन्छ) उहाँकै कार्यालय जाउलाखेल ललितपुरमा र अन्य स्थानहरूमा धेरैपटक सम्पर्क र छलफल गर्यौ । बझाङ जिल्ला केदारस्यूँ गाउँपालिका वडा नं. ९ पौडी रहेको स्थानका वडा अध्यक्ष नन्दलाल बोहरासँग फोन मार्फत निरन्तर सम्पर्क, छलफल, संवाद गर्दै ग¥यौ । उहाँ मार्फत नै केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेश बोहरा, उपाध्यक्ष मनिषा धामीसँग पनि हामी पौडेलहरूको उद्गम थलो पौडी अवलोकन गर्न र त्यस स्थानको बारेमा जानकारी लिनको लागि त्यहाँ आउन लागेको र हाम्रो उद्देश्यका बारेमा उहाँहरुलाई जानकारी गरायांै ।

यसै प्रसंङ्गमा २०७८ साल फागुन २८ गते कोे गोरखापत्रमा बझाङका पुरातात्विक गाउँ बस्ती शीर्षकमा रेग्मीको रेगन, पौडीका पौडेल, बगाले थापाको बगाल, बखेतीको बखेत, कोइरालाको कोइरालाकोटा, सुवेदीको सुवेडा सोत गाउँका सोती, लुइटाका लुइटेल बास्तोलीका बास्तोला बारेमा रतन भण्डारीले लेख लेख्नुभएको रहेछ । उक्त लेखमा पौडेलहरूको उद्गम थलो पौडी र पौड्यालका पुर्खाहरूको बारेमा जानकारी प्राप्त गर्न सकिएको थियो । त्यसैगरी बझाङ जिल्लामा जन्म भई ३३ वर्ष सरकारी सेवामा रहेर विशिष्ट श्रेणी (भूमि सुधार सचिव) पदबाट सेवा निवृत्त हुनुभएका ८३ बर्षिय विष्णुप्रसाद खत्रि संग २०७९ भदौ १९ गते तत्कालिन वरिष्ठ उपाध्यक्ष हाल महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेल उपाध्यक्ष दीपक प्रसाद पौडेल र राष्ट्रिय समावेशी आयोगका सदस्य माननीय मानप्रसाद खत्रीले भेट गरेका थियौं । त्यस समयमा उहाँबाट धेरै जानकारी पाउन सकेका थियौ । विष्णुप्रसाद खत्रीले २०७४ साल जेठमा नै बझाङ संक्षेप पुस्तक लेखेर प्रकाशन गर्नुभएको रहेछ । त्यो पुस्तक हामिहरुलाई उपलब्ध गराउनु भयो । त्यसै गरेर पुस्तकमा बझाङ जिल्लाको जानकारीका साथै त्यस पुस्तकको पृष्ठ नंं २१ देखि ५२ पेज सम्म ३२ पेज बझाङका विभिन्न स्थानमा बस्ने पौडेलहरूको वंशावली समेत समावेश गर्नुभएको रहेछ । पौडेल वंश महासंघ वागमति प्रदेश समितिले वि.स. २०८० सालमा प्रकाशन गरेका स्मारिकामा केन्द्रीय उपाध्यक्ष भरतराज पौडेलले संस्मरणमा पौडीबजार भनेर २०७९ चैत्र २० गते पौडी पुगेका बारेमा संस्मरण लेख लेख्नुभएको थियो । यी सबै स्रोतहरुवाट बझाङ सम्बन्धि केहि जानकारी संकलन अनवरत चल्दै थियो ।
यसै क्रममा पौडेल वंशमहासंघ केन्द्रीय पदाधिकारीहरु सँगको परामर्श सल्लाह र हामीले दिएको सम्पर्क व्यक्तिहरुसँग सम्पर्क गरी केन्द्रीय सदस्य सुशिला पौडेल, सुदुर पश्चिम प्रदेश समितिका अध्यक्ष वीरबहादुर पौडेल, सचिव घनश्याम पौडेल र सदस्य तेजबहादुर खत्री पौडेल समेत चार जनाको टोली २०८१ साल जेठ ४ गते बझाङ पौडि पुग्नु भयो । उहाँहरुले पौडीकोट, पौडीज्यूलो र झोतादरबार आदी स्थानको अवलोकन गर्नुको साथै स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी ,स्थानीय बासी बुढापाकासँग छलफल गर्नुभयो । त्यस्तै त्यहि समयमा स्थानीय पदमराज भट्ट पौडेलको अध्यक्षतामा सात सदस्सीय पौडल वंश महासंघ बझाङ जिल्ला समिति गठन गर्नुभएको प्रतिवेदन केन्द्रलाई जानकारी गराउनुभएको थियो ।

समावेशी आयोगका माननीय सदस्य मानप्रसाद खत्रीसँगको भेटघाट र छलफलको क्रममा पौडेल वंश महासंघको सानो ३–४ सदस्य टोलीलाई बझाङसम्म पु¥याउन र स्थानीय गाउँपालिकासँग छलफल अन्तरक्रिया गराउने बारे आफूले व्यवस्थापन गर्ने भन्नुभएको र उहाँसँग भएको छलफल अनुसार २०८१ फागुनको दोस्रो हप्तामा पौडी जाने सल्लाह भयो । सोहि अनुसार पौडेल वंश महासंघ सचिवालयको २०८१ माघ १४ गतेको अनलाईन (भर्चुअल) बैठकको निर्णय अनुसार पौडी जाने क्रममा चितवनदेखि पश्चिम बाटोमा पर्ने जिल्लाहरूका बन्धुहरूसँग भेट, छलफल, बैठक, भेला गर्दै जाने निर्णय भयो । भ्रमणको कार्यक्रम बन्यो । भ्रमणाको कार्यतालिका र उद्येश्य यस प्रकार थियो ।
३, क. भ्रमण कार्यतालिका
ड्ड २०८१÷११÷७ गते कावासोती पुगेर बास बस्ने ।
ड्ड २०८१ ÷११÷८ गते बिहान ९ बजे सुस्तापूर्व नवलपरासी जिल्ला भेला र दिउँसो २ बजे वर्दघाटमा सुस्ता पश्चिम नवलपरासी जिल्ला पौडेल वंश महासंघ दोस्रो वार्षिक साधारण सभामा सहभागि हुने बेलुका बास गजेन्द्र मोक्षधाम त्रिवेणीमा पुग्ने ।
ड्ड २०८१÷११÷९ गते ११ बजे रुपन्देही जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम बुटवलमा, ३ बजे कपिलवस्तु जिल्ला बुद्धभूमि ४ बुद्धचोकमा भेला तथा अन्तरक्रिया कार्यक्रम । बेलुका बास प्रदेश अध्यक्ष टेकराज पौडेलको निवासमा बास बस्ने ।
ड्ड २०८१÷११÷१० गते दाङ जिल्ला समितिको प्रथम साधारणसभा र लुम्बिनि प्रदेश सभा बैठक दाङ तुलसिपुरमा, सहभागि हुने र बेलुका बास दाङ तुल्सीपुर नगरपालिका वडा नं. १३, अम्बापुरमा केन्द्रीय सदस्य हरिहर पौडेलको घरमा बस्ने ।
ड्ड २०८१÷११÷११ गते ११ बजे बाँके र बर्दियाका बन्धुहरूसँग कोहलपुरमा भेट गर्ने र बेलुका सुर्खेत विरेन्द्रनगरमा वास बस्न पुग्ने ।
ड्ड २०८१÷११÷१२ गते बिहान ८ बजे कर्णाली प्रदेश समिति बैठक, कर्णालीका केन्द्रीय सदस्यको बैठक र ११ बजे सुर्खेत जिल्ला सम्मेलनमा सहभागी भएर बेलुका पञ्चपुरी नगरपालिका वडा नं. ९ विद्यापुर वराहक्षेत्र धाममा बास बस्न पुग्ने ।
ड्ड २०८१÷११÷१३ गते ३ बजे सुदूरपश्चिम प्रदेशसभा सभामुख र बझाङ जिल्लाका सांसद जनप्रतिजीधि सँग धनगढीमा भेटघाट गर्ने बेलुका बास धनगढीमा नै बास बस्ने ।
ड्ड २०८१÷११÷१४ गते १० बजे सुदूरपश्चिम प्रदेश समिति बैठक, सुदुर पश्चिम प्रदेशका केन्द्रीय सदस्य बैठक अत्तरियामा सहभागी हुने र ११ बजे सुदूरपश्चिम प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम अतरिया कैलालीमा सहभागी भएर र बेलुका धनगढीमा नै बास बस्ने ।
ड्ड २०८१÷११÷१५ गते धनगढीबाट बझाङको लागि प्रस्थान गरेर बेलुका बझाङ केदारस्यू गाउँपालिका झोतामा बास बस्न पुग्ने ।
ड्ड २०८१÷११÷१६ गते विहान झोता, पौडीकोट, पौडीज्यूलोको अवलोकन गरी विहान ११ बजे गाउँपालिका भवनमा स्थानीय जनप्रतिनिधि, बुद्धिजिवी सँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुने ।
ड्ड २०८१÷११÷१७ गते पौडीबाट फर्कने ।
यिनै पूर्वनिर्धारित कार्यक्रम अनुसार पौडेल वंश महासंघले बझाड. भ्रमणको यात्र तय गर्ने र सो यात्राका क्रममा विभिन्न उदेश्य पुरागर्ने निर्णय गरेको थियो ।
३. ख भ्रमणको उद्देश्यहरु
१. पौडेल थरको उद्गमथलो पौडी बझाङ जिल्ला केदारस्ँयू गाउँपालिका वडा नं. ९ मा रहेको पौडीकोट, पौडीज्यूलो र झोतादरबारको अवलोकन गरी ती स्थानहरूको बारेमा अध्ययन गर्ने र ती स्थानहरूको संरक्षण विकासका लागि स्थानीय सरोकारवालाहरू, जनप्रतिनिधि बुद्धिजीवीहरूसँग अन्तरक्रिया छलफल गर्ने, पौडीलाई पौडेलहरू लगायत सम्पूर्ण आत्रेय गोत्रीयको तीर्थस्थलको रुपमा विकास गर्न पहल गर्ने ।
२. यात्राको क्रममा बाटोमा पर्ने नारायणी नदी पश्चिमका स्थानहरुमा जिल्ला प्रदेश स्तरीय भेला, बैठक, सभा अन्तरक्रिया गर्ने, वंशावली सङ्कलन र कुलपूजा विधि सम्बन्धमा जानकारी दिने । प्रदेश समितिको बैठक र प्रदेश स्तरीय केन्द्रीय समितिको बैठकमा सहभागी हुने महासंघको संगठन विस्तार एवं सुदृढ गर्ने ।
३. यात्राको क्रममा बाटोमा पर्ने धार्मिक एवं पर्यटकीय स्थलहरू भ्रमण गर्ने ।


४. भ्रमणका सहभागीहरु
अध्यक्ष हरिराम पौडेल कास्की, वरिष्ठ उपाध्यक्ष शालिग्राम शर्मा पौडेल चितवन, उपाध्यक्ष विजय पौडेल मोरङ, उपाध्यक्ष दीपकप्रसाद पौडेल काभ्रेपलाञ्चोक, महासचिव उद्धप्रसाद पौडेल सुनसरी, कोषाध्यक्ष युवराज पौडेल बाँके, केन्दीय सदस्य एवं वंशावलि सङ्कलन समिति संयोजक प्रा.डा. कृष्णप्रसाद पौडेल कास्की । भ्रमणको क्रममा सम्बन्धित प्रदेश जिल्लाका पदाधिकारी सदस्यहरु आवश्यकता अनुसार स्वच्छिक सहभागी हुने ।

५. कार्यतालिका अनुसार सम्पन्न भएका कार्यहरु
क. २०८१ फागुन ७ गते
पूर्व निर्धारित कार्यक्रम अनुसार साँझसम्ममा नवलपुर जिल्लाको कावासोतीमा पुग्ने र त्यहाँ यात्रामा संलग्न सम्भव भएसम्मका बन्धुहरू भेट गर्ने रहेकोले म बिहानको खाना ९ बजे खाएर बनेपाबाट हिँडे । बनेपा काठमाडौँ कलंकीसम्म स्थानीय सार्वजनिक यातायातको साधनबाट यात्रा गरी ११ ः ३० बजे कलंकि काठमाडौँ देखि माईक्रोबसको यात्राबाट साँझ ७ः३० बजे कावासोती पुगेर पौडेल वंश महासंघ नवलपुरका संस्थापक अध्यक्ष लोकनाथ पौडेल दाजुका घरमा बास बसियो । म पुग्दा पोखराबाट केन्द्रीय अध्यक्ष हरिराम पौडेल र केन्द्रीय सदस्य एवं वंशावली समितिका संयोजक प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेल त्यहाँ पुगिसक्नुभएको थियो । दाजु लोकनाथ, भाउजु तारादेवी, छोरा अमृत,र बुहारी जमुनाको न्यानो आतिथ्यता ग्रहण गर्दै हामी तीनजना आरामदायी रुपमा त्यही बसेका थियौ ।
ख. २०८१ फागुन ८ गते
कावासोती बजार स्थित लोकनाथ दाजुको घरमा आरामदायि बसाई पछि हाम्रो टोलीका अध्यक्ष हरिराम, म दीपक र कृष्ण सर बिहान ९ बजे हामि बराह तथा आत्रेय ऋषिको मन्दिर तथा नर्मदेश्वर शिवालय मन्दिर परिसरमा पुग्यौँ । त्यहाँ सुस्ता वर्दघाट पूर्व नवलपरासी जिल्लाका विभिन्न स्थानबाट पौडेल बन्धुहरू भेला भइसक्नुभएको रहेछ । जिल्ला समितिका अध्यक्ष प्राध्यापक डाक्टर ज्ञानेन्द्र पौडेलको अध्यक्षतामा सबैको परिचय सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा त्यस जिल्लाका संस्थापक अध्यक्ष लोकनाथ पौडेल, केन्द्रीय सदस्य कृष्ण पौडेल गैंडाकोट, केन्द्रीय सदस्य वंशावली समिति संयोजक डा.कृष्णप्रसाद पौडेल, केन्द्रीय उपाध्यक्ष म दीपकप्रसाद पौडेल र केन्द्रीय अध्यक्ष हरिराम पौडेल र विभिन्न पालिकाबाट उपस्थित हुनुभएका पौडेल बन्धुहरूको उपस्थिति रहेको थियो । सहभागी बन्नुहरुलाई महासंघको स्मारिका, भित्ते पोस्टर र वंशाली संकलन विधि पुस्तिका उपलब्ध गराएका थियौं । करिब १२ बजे कार्यक्रम सम्पन्न गरी हाम्रो टोली कावासोती देखि सार्वजनिक बसबाट बर्दाघाटका लागि प्रस्थान ग¥यौं । चितवनबाट भैरहवा जाने बसमा वरिष्ठ उपाध्यक्ष शालिग्राम पौडेल दाजु आउनुभएको र फोन सम्पर्क गर्नुभएकोले हामी पनि सोही बसबाट बर्दघाटको सुस्तापूर्व प्रस्थान ग¥यौं । अपरान्ह करिव २ ः ३० बजे वर्दघाट पुग्यौ । बर्दघाटमा हामीलाई लुम्बिनी प्रदेश समितिका अध्यक्ष टेकराज पौडेल, प्रदेश सचिवालय सदस्य रामचन्द्र पौडेल, सदस्य ज्ञानु पौडेल, नवलपरासीका व्यवसायी बन्धु केवलप्रसाद पौडेल, जिल्ला अध्यक्ष धनञ्जय पौडेल लगायतले स्वागत गर्दै स्थानीय सवारी साधनबाट कार्यक्रम हुने स्थान वर्दघाट उद्योग वाणिज्य संघको भवनमा लैजानुभयो । वर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्ला पौडेल वंश महासंघको दोस्रो जिल्ला सम्मेलन कार्यक्रम अध्यक्ष धनञ्जय पौडेलको अध्यक्षतामा केन्द्रीय समितिको तर्फबाट अध्यक्ष हरिराम, वरिष्ठ उपाध्यक्ष शालिग्राम, उपाध्यक्ष दिपक,केन्द्रीय सदस्य प्रा.डा. कृष्णप्रसाद, लुम्बिनी प्रदेश अध्यक्ष टेकराज लगायत प्रदेश समितिका करिब ५० जना प्रतिनिधि बन्धुहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । महासंघको बारेमा वंशावली सङ्कलन, पूजाविधि, फारम भर्ने लगायत विषयहरूमा हाम्रो प्रस्तुती रह्यो । धेरै बन्धुहरुले आफ्ना जिज्ञासा सुझावहरु सहित मन्तव्य राख्नुभयो । जिल्ला समितिको तर्फबाट लिखित रुपमा प्रतिवेदन प्रस्तुत भयो । केन्द्रबाट हामीले लगेको स्मारिका पोस्टर लगायत सामग्री वितरण गर्यौ । कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भयो । बन्धु केवलप्रसाद पौडेल सहित बन्धुहरूले यातायातको व्यवस्था गरी साँझमा हामीहरू ९ जनालाई (हरिराम, शालिग्राम,दीपक, कृष्ण, टेकराज र ज्ञानुलाई) त्रिवेणी गजेन्द्र मोक्षधामसम्म पु¥याउनुभयो । त्यो रात हामी त्यही धर्मशालामा बस्यौँ । भण्डारामा पाकेको खाना खायौं। भोलिपल्टे बिहान त्रिवेणी गंगामा स्नानगरी पुनः विहान ६ः०० बजे बुटवलको कार्यक्रमकालागि प्रस्थान गर्यौ ।


ग. २०८१ फागुन ९ गते
बिहान त्रिवेणी गंगामा स्नान र मोक्षधामको दर्शन गरी बिहान ६ बजे हामी ६ जना बन्धुहरु बर्दघाटसम्म अटो रिक्सा बाट आयौ र त्यही बिहान नास्ता गर्यौ । करिब ९ बजे बर्दघाटबाट सार्वजनिक बस मार्फत बुटवल तर्फ लाग्यौ । ११ बजे बुटवल पुग्यो । बुटवल बसपार्कमा हामीलाई रूपन्देही जिल्ला पौडेल वंश महासंघका अध्यक्ष झविन्द्र पौडेलले स्वागत गर्नुभयो र स्थानीय होटलमा बिहानको खानाकालागि लिएर जानुभयो । झविन्द्र पौडेलले हामीहरुलाई स–प्रेम खानाको ब्यबस्था गरेपछि हामी कार्यक्रम स्थल एसियन पार्टी प्यालेस बुटवल ९ इटाभट्टी लाइनतर्फ लाग्यौँ । पौडेल वंश महासंघ जिल्ला कार्यसमिति रूपन्देहीको आयोजनामा रूपन्देही जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रममा १२ बजे हामी सहभागी भयौँ । जिल्ला अध्यक्ष झविन्द्र पौडेलको अध्यक्षतामा भएका कार्यक्रममा केन्द्रिय समितिका सदस्यहरुका अतिरिक्त प्रदेश समिति अध्यक्ष टेकराज, प्रदेश समिति सल्लाहकार चुन्नुप्रसाद, सहसचिव नुमेन्द्र पौडेल, सचिवालय सदस्य रामचन्द्र पौडेल, सदस्य विष्णु पौडेल अर्घाखाँचीबाट आउनुभएका प्रदेश समितिका सदस्य फर्सुराम पौडेल लगायत थियौँ । कार्यक्रममा करिब ६० जना बन्धुहरूको उपस्थिति रहेको थियो । केन्द्रबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरूले केन्द्रीय समितिको गतिविधि, संगठन, वंशावली, कुलपूजा जस्ता विषयहरूमा मन्तव्य राख्दै प्रदेश अध्यक्ष टेकराज लगायत बन्धुहरुले प्रदेश समितिको गतिविधिका बारेमा र स्थानीय वक्ताहरुले आफ्ना जिज्ञासा सुझाव सल्लाहहरु राख्नुभयो । सबै सहभागीहरुसँग परिचय गर्यौ । हामीले साथमा लगेका सामग्रीरू स्मारिका, पोस्टर लगायत सहभागीहरूलाई वितरण ग¥यौँ । करिब दुई घण्टामा कार्यक्रम सम्पन्न भयो । लुम्बिनी प्रदेश समितिका सदस्य बन्धु फर्शुराम पौडेलले उहाँको निजी सवारी साधनबाट बुटवलदेखि कपिलवस्तु जिल्लाको बुद्धभूमि न.पा. ४ बुडिचोकसम्म करिब ३ः ३० मा पु¥याउनु भयो । बुद्धभूमि न.पा. ४ शिवमन्दिर प्राङ्गणमा पौडेल वंशमहासंघ कपिलवस्तु जिल्लाले आयोजना गरेको जिल्ला भेला कार्यक्रमको अध्यक्षता अध्यक्ष गिरिराज पौडेलको अध्यक्षतामा केन्द्रबाट सहभागी भएका पदाधिकारी का अतिरिक्त प्रदेश अध्यक्ष टेकराज लगायत प्रदेश समितिका पदाधिकारी सदस्यहरु र तौलीहवा नगरपालिका प्रमुख सुदिप पौडेल, अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका प्रमुख छविलाल पौडेलको उपस्थित रहेको कार्यक्रममा करिब ६० जना पौडेल बन्धुहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित हामीहरूले मन्तव्य सहित सहभागीहरुसँग छलफल अन्तरक्रिया गरेर कार्यक्रम सम्पन्न गरी सो दिन बेलुका सोही स्थान नजिकै लुम्बिनी प्रदेश अध्यक्ष टेकराज पौडेलकोमा विश्राम गर्न पुग्यौँ । हामीलाई बेलुकाको खाना छोरी प्रतिक्षा पौडेल पन्थीले बनाएर खुवाउनुभयो ।
घ. २०८१ फागुन १० गते
बिहान ६ः३० बजे टेकराज पौडेल बन्धुको घरमा चिया खाएर बन्धु जीवलाल पौडेलको निजी गाडीबाट उहाँ समेत केन्द्रीय अध्यक्ष हरिराम, वरिष्ठ उपाध्यक्ष शालिग्राम, उपाध्यक्ष दीपक, केन्द्रीय सदस्य प्राध्यापक डाक्टर कृष्ण, लुम्बिनी प्रदेश अध्यक्ष टेकराज बन्धु र नवलपरासि जिल्ला सचिव रामचन्द्र पौडेल समेत दाङ तुलसीपुरतर्फ प्रस्थान ग¥यो । हामीसँगै रहनुभएका अर्घाखाँचिका लुम्बिनि प्रदेश सदस्य फर्सुराम र परासी जिल्ला सदस्य ज्ञानु पौडेल लगायतका अरु केही बन्धुहरू सार्वजनिक यातायातबाट दाङ जान हिँड्नुभयो । यात्राको क्रममा टेकराज र जीवलालले हामीलाई स्थानीय ठाउँ विषयहरूको जानकारी दिँदै एक आपसी छलफल संवाद गर्दै बडो रमाइलो भयो । लमहिमा चिया खाजा खायौं करिब १०ः ३० मा हामी तुलसिपुर पुग्यौं । नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा दाङको भवन तुलसीपुरमा केन्द्रीय सदस्य हरिहर पौडेल समेत जिल्ला समितिमा रहनुभएका बन्धुहरूले हामीलाई फूलमालाले स्वागत गर्नुभयो । महासचिव उद्धव पौडेल, केन्द्रीय सदस्य प्रेम पौडेल अघिल्लो दिन ९ गते नै तुलसीपुर पुगिसक्नुभएको रहेछ । उपाध्यक्ष शालिग्राम पौडेल बुटवल, कोषाध्यक्ष युवराज पौडेल, केन्द्रीय सदस्य प्रेम पौडेल, काशी पौडेल लगायत बन्धुहरूसगं पनि कार्यक्रम स्थलमा भेट भयो । सबै सहभागी अतिथिहरूका लागि खानाको व्यवस्था सभास्थलमा नै गरिएको रहेछ । हामि सबै बन्धुहरुले संगै खाना खायौं । त्यसपछि रेडक्रस भवनको सभाहलमा सुरु भएको पौडेल वंश महासंघ दाङ जिल्ला प्रथम अधिवेशन कार्यक्रममा सहभागी भयौं । दाङ जिल्लाको प्रथम अधिवेशन सञ्चालन बसन्त पौडेलले गर्नुभएको थियो । अध्यक्ष रामकुमार पौडेलको अध्यक्षतामा केन्द्रीय अध्यक्ष हरिराम पौडेलको प्रमुख अतिथ्यतामा अतिथिहरू वरिष्ठ उपाध्यक्ष शालिग्राम शर्मा पौडेल उपाध्यक्ष, दीपकप्रसाद पौडेल (बागमती), सालिग्राम पौडेल (लुम्बिनी) महासचिव उद्धव प्रसाद पौडेल, कोषाध्यक्ष युवराज पौडेल, केन्द्रिीय बंशावली समिति संयोजक कृष्णप्रसाद पौडेल, केन्द्रीय सदस्यहरु हरिहर पौडेल, प्रेम पौडेल, काशी पौडेल केन्द्रीय सल्लाहकार गीता पौडेल, लुम्बिनी प्रदेश समिति अध्यक्ष टेकराज पौडेल, कपिलवस्तु जिल्ला अध्यक्ष गिरिराज पौडेल सहित करिब ३०० जना पौडेल बन्धुहरूको उपस्थिति रहेको कार्यक्रममा दाङ जिल्ला समितिको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । केन्द्रीय समितिका उपस्थित सबै पदाधिकारीहरूले विविध विषयमा मन्तव्य राख्नुभएको थियो । विभिन्न विषय र क्षेत्रमा योगदान पुर्याउनु भएको ५० भन्दा बढी पौडेल बन्धुहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । सभाले कालिका प्रसाद पौडेलको अध्यक्षतामा १५ सदस्यीय दाङ जिल्ला समिति गठन गरेको थियो । करिब ४ बजे कार्यक्रम समापन पश्चात खाजा खाँदै उपस्थित बन्धुहरूसँग अनौपचारिक गफ छलफल कुराकानी ग¥यौँ । साँझ हामी बन्धुहरूले व्यवस्थापन गरेको माइक्रोबसबाट तुलसीपुर बजारदेखि टरी गाउँको एयरपोर्टको बाटो हुँदै उरहरी, शितलपुर शिवालय बबई नदी, हुदै दाङ तुहि भ्याली तुलसीपुर नगरपालिका वडा नं. १३ अम्बापुर केन्द्रीय सदस्य हरिहर पौडेलको घरमा पुग्यौं । हामी करिब ९ जना र जिल्ला अध्यक्ष कालिका पौडेल लगायत हरिहर बन्धुको घरमा बस्यौँ । हरिहर बन्धुका परिवारका सदस्य श्रीमती अर्पणा छोरा निरज, र बन्धु टकराज पौडेलले हामीलाई सत्कार र स्वागत गर्नुभयो । बेलुका प्रेमपूर्वक खाना खाएर सुत्यौं । भोलिपल्ट बिहान चिया खाएर अम्बापुरबाट हामी हरिहर बन्धुको अनुरोधमा उहाँका भाई बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलको व्यबस्थापन र सौजन्यको माइक्रोहायसबाट डमार गाउँको मूलसडक राप्ति राजमार्गको अमिलिया जाने बाटोहुँदै कोहलपुरतर्फ लाग्यौं । आफ्नै मोटरसाइकलबाट बन्धु प्रेम पनि हामीसँगै यात्रा गर्नुभयो ।

अम्बापुरबाट दमारगाउँ राप्ती राजमार्ग मूल सडक हुँदै पूर्व पश्चिम राजमार्गको अमिलिया हुँदै कुसुममा पुगेर कुशुमेस्वर शिव मन्दिरमा शिवजीको दर्शन तथा प्रसाद ग्रहण ग¥यो । कुसुममा हामीलाई साविक कुस्मा गाउँपालिकाका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेल लगायतका बन्धुहरूले स्वागत गरी प्रेमपूर्वक चिया को ब्यबस्था गर्नुभयो । उहाँसँगको संक्षिप्त भेट छलफलपछि हामीले अगैयामा खाना खायौँ। हाम्रो टोलीको लागि स्थानीय एक होटलमा पालिका अध्यक्ष बन्धु तप्त पौडेलले व्यवस्था मिलाउनु भएको थियो । अघैया नजिक राप्ती नदीमा बाधँ बाँधेर सिक्टा सिंचाई योजनाका लागि पानी लगिएको रहेछ । हामीले पनि उक्त बाँधको अवलोकन गर्दै सोही स्थानको पुल तरेर भित्री बाटो हुँदै हुलाकी मार्गबाट बैजापुर राप्तिसोनारी हुँदै मदुइ, शमशेरगञ्जबाट ढकेरी, चपरगौरी हुँदै कोहलपुर पुग्यौ । कोहलपुरमा रहेको जेष्ठ नागरिक भवन सभा हलमा बाँके र बर्दियाका करिब ४० जना बन्धुहरू हाम्रो प्रतीक्षामा बसिरहनुभएको रहेछ । ९२ बर्षका बुबा लिलाधर पौडेल र आमा दुर्गा कुमारी पौडेल पनि कार्यक्रममा सहभागी हुनु हुन्थ्यो । हामी केन्द्रीय पदाधिकारी र प्रदेश अध्यक्ष समेतको टोलीलाई उहाँहरुले स्वागत गर्नुभयो । त्यहाँ बाँके जिल्ला समितिका अध्यक्ष लोकनाथ पौडेलको अध्यक्षतामा अन्तरक्रिया छलफल कार्यक्रम ग¥यौं । पौडेलवंश महासंघको दोस्रो केन्द्रीय अधिवेशन सम्पन्न गर्नका लागि सकृयताका साथ खट्नुभएका बन्धुहरूलाई धन्यवाद दिँदै परिचय प्रश्नोत्तर र महासंघका विषयगत जानकारी गराउँदै कार्यक्रम सम्पन्न गरिएको थियो । बर्दिया जिल्लाका अध्यक्ष दयाराम पौडेलले धन्यवाद व्यक्त गर्नुभयो र बर्दियामा छिटै कार्यक्रम राख्ने जानकारी गराउनुभयो । लुम्बिनी प्रदेशमा ८ गतेदेखि भएका कार्यक्रमहरूमा हामी सगैं बर्दघाट, बुटबल, कपिल बस्तु, दाङ, तुलसिपुर, कोहलपुरको कार्याक्रममा सहभागी, लुम्बिनी प्रदेश क्षेत्रमा हाम्रो यात्रा बसोबासका लागि सहजीकरण गर्नुभएका प्रदेश अध्यक्ष टेकराज पौडेल हामिसंग विदा भई छुट्टीनु भयो ।
हाम्रो टोली कोहलपुरबाट सुर्खेत तर्फ प्रस्थान ग¥यौं । हाम्रो टोलीलाई स्याउ, सुन्तला,अङ्गुर, केरा लगाएत फलफुल खुवाएर बाँकेका अध्यक्ष लोकनाथ पौडेल, उहाको परिवार द्रौपती पौडेल, लिलाधर पौडेल, शान्ति पौडेलले हामिलाई विदाई गर्नुभयो । कोषध्यक्ष युवराज पौडेलले सुर्खेत जाने फोर्स गाडीको टिकट हामी सबैका लागि बुक गराउनुभएकोले अपरान्ह ३ बजे तिर कोहलपुर सुर्खेत चल्ने सार्वजनिक यातायातबाट सुखेत तर्फ लाग्यौं । कोहलपुर बैजनाथ चिसापानी हात्तीसार चुरे पहाडको देउराली बाटोको दायाँ तर्फ बाँके राष्ट्रिय निकुञ्ज बायाँतर्फ बर्दिया राष्ट्रिय निकुञ्ज पार गर्दै बबइ नदीको पुल तरेर (यही स्थान नजिकै बबइ डाइभर्सनको बाँधस्थल पनि रहेछ ) हर्रे बर्दिया राष्ट्रिय निकुञ्जबाट छिन्चु बजार हुँदै भेरी नदीको पुल तरेर धुलियापिट हुँदै सुर्खेत वीरेन्द्रनगर साँझको ६ बजे पुग्यांै ।

पौडेल वंश महासंघ सुर्खेत जिल्ला कार्यसमितिको कार्यलय विरेन्द्र नगरमा हाम्रो टोलीलाई महासंघका संस्थापक केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद पौडेल, कर्णाली प्रदेश केन्द्रीय उपाध्यक्ष नरहरी पौडेल, प्रदेश अध्यक्ष प्रेमप्रसाद पौडेल, जिल्ला अध्यक्ष हरिप्रसाद पौडेल, प्रदिप पौडेल, मनोज पौडेल, गणेश पौडेल, देवीराम पौडेल , जाजरकोटाका अध्यक्ष धुर्व पौडेल , प्रदेश सचिव हिरामणि पौडेल लगाएतका बन्धुहरुले खादा लगाएर स्वागत गर्नुभयो । त्यहाँ संक्षिप्त परिचय कार्यक्रम गरेर हामी सुर्खेत जुम्ला सडकमा पर्ने मध्य बजारको न्यू डल्फिन होटलमा गएर बास बस्यौं ।

ङ. २०८१ फागुन १२ गते
बिहान हामी केन्द्रिय सदस्य बन्धु देवीराम पौडेलको निजी सवारी साधन र थप अर्को एक साधनबाट देउती बजैेको दर्शन गर्न गयौँ । बुलबुले ताल, काक्रे बिहार अवलोकन गरी बिहान ९ बजे जिल्ला समन्वय समितिको हलमा कर्णाली प्रदेश समितिको केन्द्रीय बैठक र प्रदेस कार्यसमितिको बैठक सहित कर्णाली प्रदेश समितिका बन्धुहरूसँग संगठन निर्माण तथा परिचालन सम्बन्धी कार्यक्रममा सहभागी भयौ । खाना खाएर सोही हलमा दिउसो १२ बजे पौडेल बंशमहासंघ सुर्खेत जिल्ला अधिवेशन कार्यक्रममा सहभागी भयौँ ।
पौडेल वंश महासंघ कर्णाली प्रदेश समितिले आयोजना गरेको संगठन निर्माण परिचालन अभियान कार्यक्रमको सञ्चालन प्रदेश समिति सचिव हिरामणि पौडेलले गर्नुभएको थियो । सभापतित्व प्रदेश समिति अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रमुख अतिथि केन्द्रीय अध्यक्ष हरिराम पौडेल, अतिथिहरूमावरिष्ठ उपाध्यक्ष शालिग्राम पौडेल, संस्थापक उपाध्यक्ष कृष्णप्रसाद पौडेल, उपाध्यक्ष दीपक पौडेल, उपाध्यक्ष नरहरी पौडेल, महासचिव उद्धव पौडेल, कोषाध्यक्ष युवराज पौडेल, केन्द्रीय सदस्य प्रा.डा.कृष्णप्रसाद पौडेल, केन्द्रिीय सदस्यहरु दुर्गा प्र.पौडेल, हरी प्र. पौैडेल, प्रेम पौडेल, कृष्णप्रसाद पौडेल (दैलेख), कर्णाली प्रदेश समितिका पदाधिकारी, सदस्यहरु सुर्खेत र दैलेख जिल्ला पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
जाजरकोट जिल्लाका अध्यक्ष ध्रुव पौडेल, दैलेख जिल्ला अध्यक्ष सुरत पौडेल समेतका पौडेल बन्धुहरू उपस्थित रहेको कार्यक्रममा केन्द्रीय समितिको तर्फबाट केन्दिय महासचिव उद्धव पौडेलले संगठानिक अवस्था र अवधारणा सहितका विषयहरू जानकारी गराउनुभयो । सहभागीहरुबाट प्रश्न र केन्द्रिय पदाधिकारी बाट उत्तर सहित अन्तरक्रिया गरिएको थियो । कर्णाली प्रदेश समितिको सदस्यहरूको बैठक र प्रदेश समितिको बैठक पनि सगैं बसेको थियो ।
दोस्रो सत्रमा पौडेल वंश महासंघ सुर्खेत जिल्लाको दोस्रो अधिवेशन सञ्चालन जिल्ला सचिव मनोज पौडेलगर्नुभएको कार्यक्रमको अध्यक्षता हरिप्रसाद पौडेलले गर्नुभएको थियो । प्रमुख अतिथि महासंघ केन्द्रीय अध्यक्ष हरिराम पौडेल, विशिष्ट अतिथि कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौडेल अतिथिहरूमा केन्द्रीय पदाधिकारी सदस्यहरू प्रदेश समितिका अध्यक्ष पदाधिकारीहरू सदस्यहरू र जिल्ला प्रशासन कार्यालयका अधिकृत हित प्रसाद पौडेल, छिमेकि जिल्ला दैलेख, जाजरकोटको अध्यक्ष, वडा अध्यक्ष शेर बहादुर खत्रि हुनुहुन्थ्यो । कार्यक्रममा पौडेल वंश महासंघ सुर्खेत जिल्ला समितिले प्रकाशन गरेको सुर्खेत जिल्लाका पौडेलहरुको वंशावली पुस्तक विमोचन र सार्वजनिककरण गरिएको थियो । वंशावली निर्माणमा योगदान पु¥याउनुहुने जिल्ला समितिका सदस्य पूर्णप्रसाद पौडेल, कार्यालयका लागि निःशुल्क कोठा उपलब्ध गराउनु हुने गणेश पौडेल, मनोज पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थित सबै अतिथिहरू, पौडेल वंशमहासंघका पदाधिकारीहरुले आफू सम्बन्धित विषयहरूमा बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । जिल्ला अधिवेशनको पहिलो सत्रको कार्यक्रम समापन पश्चात हामीहरु जिल्ला प्रशासन कार्यालय बन्धु हितप्रसाद पौडेल समेत भै वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ कान्छीपानीमा रहेको दत्तात्रय मन्दिर अवलोकन गर्नका लागि गयौ । चार वर्ष पहिले निर्माण गरिएको दत्रातय मन्दिरसँगै ब्रह्मझाँक्री मन्दिर पनि रहेछ । सोही स्थानमा बराहा मन्दिर बनाउने योजना रहेको कुरा उहाँहरुले हामीलाई बताउनु भयो ।

अपरान्ह ५ः०० बजेतिर हामी बन्धु देवीराम पौडेलले व्यवस्थापन र सौजन्य गरिदिनुभएको सवारी सधानबाट विद्यापुरतर्फ लाग्यौ । हामीलाई साथै लिएर जाने ८१ वर्षीय बुवा परशुराम पौडेल ,दुर्गाप्रसाद पौडेल सहित हामि हरिराम, शालिग्राम, दीपक, उद्धव, युवराज र ज्ञानु सहित आठ जना थियौँ ।
सुर्खेतबाट जुम्ला रोडको बड्डीचौरबाट विद्यापुर जाने सडक हुँदै साँझ करिव ८ः०० बजे विद्यापुर बराह क्षेत्रमा पुग्यौं । त्यहाँ हाम्रो स्वागत बराह क्षेत्र विकास समितिको अध्यक्ष प्रेम पौडेल उहाँकी धर्मपत्नी पुष्पा पौडले, जग्गादाता तिलकराम पौडेलकी धर्मपत्नी गौरीदेवी पौडेल लगायतले गर्नुभयो । हाम्रा लागि बेलुकाको खाना बनाउन उहाँहरु खटिरहनु भएको थियो । भोजन गृहको बाहिर दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको रहेछ । त्यहीँको अतिथि गृहमा आफ्नो झोलागुन्टा राखेर हामी आगो ताप्दै विद्यापुरमा रहेको बराह क्षेत्र निर्माणका बारेमा जिज्ञासा राख्दै त्यस क्षेत्रको बारेमा जानकारी लियौं। खाना खाएर रात्री विश्राम गर्यौ र भोलि पल्ट बिहान खाजा दूध,रोटी, मह, घिउ खाएर विद्यापुरबाट बिदा भएका थियौ ।
उहाँहरुले दिनुभएको जानकारी अनुसार मूलथलोे पूर्व धौलागिरी बाग्लुङ जिल्लाको बलेबा डाँडाखेतदेखि पश्चिम नेपालको सुर्खेत विद्यापुरमा बसाइँसरी आउनुभएका सेवालाल, नीलकण्ठ, धरणीधर, शङ्कर मध्ये धरणीधरका सन्तानहरुले पञ्चपुरी नगरपालिका वडा नं. ९ विद्यापुरको जनता बहुमुखी क्याम्पसको सामिप्यमा जग्गादाता तिलक राम पौडेल, कलाधर पौडेलले दान गर्नुभएको जमिनमा २०७५ साल पौष ६ गते धान्य पूर्णिमाका दिन सालको रुख मुनि शिला स्थापना गरी बराह कुल देवताको कुल पूजा गर्न सुरुवात गरिएको रहेछ । कुलदेवता पूजामा जम्मा भएका दाजुभाइहरूबाट दत्रातय मन्दिर निर्माणको लागि स्वैक्षिक चन्दा सङ्कलन गरी करिब २९ लाखको लागतमा दत्रात्रय मन्दिर प्रवचन भवन, शौचालय निर्माण गरिएको रहेछे यो मन्दिर निर्माण कार्य सम्पन्न गरी पूर्णकदको दत्रात्रयको मूर्ति स्थापना गरी २०७६ साल माघ १५ गत उद्घाटन गरिएको रहेछ । २०७९ मङ्सिर १५ देखि २२ सम्म यसै स्थानमा आयोजना गरिएको सप्ताह ज्ञान महायज्ञमा पौडेलवंश महासंघका केन्द्रीय पदाधिकारी सबैलाई निमन्त्रणा गर्नुभएकोमा दैनिक फोन सम्पर्कमा रहे पनि म उपस्थित हुन सकेको थिइन । महासंघबाट अध्यक्ष हरिराम, उपाध्यक्षहरु विजय र शालिग्राम (बुटवल) दाजुहरू त्यहाँ पुग्नुभएको थियो ।


मन्दिर परिसरमा प्रदेश सरकार र स्थानीय पालिकाको सहयोगमा अतिथि गृह लगायत अन्य निर्माण कार्यहरू पनि गरिएको रहेछ । बेलझुण्डी संस्कृत विश्वविद्यालयको शाखा स्थापना गरी बटुकहरुलाई संस्कृत शिक्षाको अध्ययन गराउन पहल गरिएको रहेछ । हाल बराहा क्षेत्र विकास समिति गठन गरी यो क्षेत्रको विकासको लागि काम भइरहेको जानकारी समितिका अध्यक्ष प्रेम पौडेलले र बयोवृद्ध बन्धु परशुराम पौडेल, दुर्गाप्रसाद पौडेलले दिनुभयो । पौडेल बन्धुहरू एकत्रित भई तन, मन, धन दिएर गरिएको कार्य हेर्दा र हामीले पाएको न्यानो अतिथ्यताकालागि गौरवको महसुस ग¥यौं ।
च. २०८१ फागुन १३ गते
विद्यापुरबाट हाम्रो यात्रा आज धनगढीसम्म पुग्ने र ३ बजे सुदूरपश्चिम प्रदेश सभाका सभामुख र बझाङका जनप्रतिनिधिहरुलाई भेट गर्ने रहेको थियो । यात्राको लागि हामीसँग आफ्नै सवारी साधन नभएकोले कहिँ कतै बन्धुहरूबाट उपलब्ध भएको सवारी साधन बाहेक प्राय सार्वजनिक यातायातका साधनहरुमा नै यात्रा गर्दै गन्तव्य स्थानमा पुग्ने गरेका थियौं । बराह क्षेत्र विकास समितिका अध्यक्ष प्रेम पौडेलले विद्यापुरबाट कर्णाली पुलको कुइने सम्म चल्ने फोर्स गाडीमा हामीहरूको लागि टिकट व्यवस्थापन सौजन्य गरी हामी बसेकै स्थानबाट गाडी चढ्ने व्यवस्था मिलाउनुभएकोले बिहान बराह भगवानको दर्शन गरी ९ बजे हामी ७ जना त्यहाँबाट प्रस्थान गर्यौ । भेरी नदीको पुल भएको स्थान स्थानीय बोलीचालीमा जामु नदी तरेर कर्णाली नदीको पुल भएको स्थान कुहिनेसम्म पुग्यौँ । यो ठाउँ कर्णाली प्रदेश सुर्खेत र सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको सिमाना रहेछ । स्थानीय यातायात व्यवसायीहरूको सिन्डिकेट प्रणालीका कारण सुर्खेतका सार्वजनिक बसहरु कैलाली जिल्लामा नजाने भएकोले हामी कुहिनेबाट अर्को सार्वजनिक यातायात बस चढेर कचाली, बाँका, चिप्ल,े पितमारी हुँदै चिसापानी सम्मको १ किलोमिटर नजिक पुगयौ । विद्यापुर देखि चिसापानी सम्मको २७ कि.मि. बाटोको यात्रा पुरा गर्न २ वटा बस फेरेर करिव ४ घण्टा लाग्यो । हाम्रो साथमा गह्रौ झोलाहरु भएकोले अटो रिक्सामा राखेर कर्णाली पुल नजिकै पूर्व पश्चिम राजमार्ग चिसापानी पुग्यौं । पूर्व पश्चिम महेन्द्र राजमार्ग चिसापानीबाट लम्की सुदुर पश्चिम प्रदेश समितिका अध्यक्ष वीरबहादुर दाईको घरमा १२ः३० मा पुग्यौं । हाम्रो प्रतिक्षा गर्दै बस्नुभएका केन्द्रीय सदस्य सुशिला पौडेल सुदूरपश्चिम प्रदेश अध्यक्ष विर बहादुर पौडेल, पञ्चपुरीका बन्धु खगेन्द्रखत्री पौडेल, लम्कीचुहा नगरपालिका सचिव तारादेवी पौडेल, डेवीट पौडेलले हामीलाई स्वागत गर्नुभयो । हाम्रो लागि खाना तयार भइसकेकोले खाना खाँदै उहाँहरुसँग छलफल कुराकानी गर्यौँ खाना खाएर १ बजे हामी लम्कीबाट माइक्रोबस चढेर धनगढीतर्फ लाग्यौँ । करिब ३ः ३० बजे हामी धनगढी बसपार्क पुग्यौँ। त्यहाँ हामीलाई पर्खेर पौडेल वंशमहासंघ केन्द्रीय सदस्य ब्रह्मलाल पौडेल, केन्द्रीय सदस्य शिवप्रसाद पौडेल र धनगढी नगर समितिका अध्यक्ष हरिभक्त पौडेल लगायत बन्धुहरू बस्नुभएको रहेछ । उहाँहरुसँगै हामी हरिभक्त पौडेलको घरमा पुगेर आराम गर्यौं, चियापानी पियौं ।

राष्ट्रिय समावेशी आयोगका माननीय सदस्य मानप्रसाद खत्री पौडेलले आफू सुदूरपश्चिम प्रदेश सभाका सभामुखको कार्यकक्षमा पुगिसकेको जानकारी गराउँदै तुरुन्तै आउन खबर गर्नुभएकोले हामीहरू संसद भवनमा सभामुखलाई भेट्न पुग्यौँ । सभामुख मा.भीम भण्डारीको घर हाम्रो उद्गमस्थल बझाङ जिल्ला केदारस्यूँ गाउँपालिका पौडी रहेकै वडामा पर्दोरहेछ । उहाँ त्यही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको सांसद र सुदूरपश्चिम प्रदेश सभाको सभामुख हुनुहुन्छ । यस्तै बझाङ जिल्लाको उप निर्वाचिनमा निर्वाचित अर्का प्रदेश सांसद दमन भण्डारी समेत उहाँकै कार्यकक्षमा हुनुहुन्थ्यो । उहाँ पनि त्यहीकै माननीय हुनुहुँदो रहेछ । हाम्रो यो भेट कार्यक्रम मिलाउने बझाङ जिल्लाबाट निर्वाचित संविधानसभा सदस्य मानप्रसाद खत्री पौडेल पनि सँग हुनुहुन्थ्यो ।
पौडेल वंश महासंघको तर्फबाट यो भेट कार्यक्रममा अध्यक्ष हरिराम, वरिष्ठ उपाध्यक्ष शालिग्राम, उपाध्यक्ष दीपक, महासचिव उद्धव, कोषध्यक्ष युवराज, केन्द्रिय सदस्य प्रा.डा. कृष्ण ,केन्द्रीय सदस्य ब्रह्मलाल, केन्द्रीय सदस्य शिव, धनगढी नगर समिति अध्यक्ष हरिभक्त, नवलपरासीका जिल्ला सदस्य ज्ञानु पौडेल लगायत बन्धुहरू थियौँ। हाम्रो टोलीले सभामुख र सांसदसँग हाम्रो भ्रमणको उद्देश्य बारे जानकारी गराउँदै ऐतिहासिक पौडीको विकासका लागि सहयोग गर्न अनुरोध ग¥यौं । पौडेल वंशमहासंघका स्मारिका, पोस्टरहरू उहाँहरुलाई प्रदान ग¥यौँ । उहाँले आफूले सक्दो सहयोग गर्ने वचन हामीलाई दिनुभयो ।
१३ गते बेलुका हामी धनगढीका बन्धुहरुकोमा बास बस्यौँ । हरिराम, दीपक, प्रा. डाक्टर कृष्ण, र ज्ञानु बन्धु हरिभक्त पौडेल÷कमला दाहाल पौडेलको घरमा बस्यौ । शालिग्राम, उद्धव, ब्रह्मलाल, रुक्मिणि पौडेलको घरमा र युवराज, शिव बन्धुको घरमा बाँडिएर बस्यौं । बन्धुहरूको घरमा पारिवारिक वातावरणसहित आत्मियताका साथ आरामदायी रुपमा हामी बस्यौ, खायौं रमायौ ।
५. २०८१ फागुन १४ गते
आज शिवरात्रि भएकोले बन्धु हरिभक्त पौडेलसगैं हरिराम, दीपक, कृष्ण, उत्तर रामेश्वोरमा शिवपुरी धाम बेहेडी धनगढी उम.न.पा. वडा नं. ४ को शिवालयमा गयौ। भक्तजनहरूको धेरै भिड भएकोले हामीले मन्दिर परिसर वरिपरि परिक्रमा गर्यौँ । मन्दिरभित्र जान सकेनौँ । बन्धु ब्रम्हलालको घरमा बस्नु भएका शालिग्राम,विजय,उद्धव,नजिकैको शिद्धि गणेश मन्दिरमा जानुभयो । बिहानको खाना खाएर धनगढीबाट अत्तरियामा हुने कार्यक्रममा सहभागी हुन गयौं ।
पौडेल बंश महासंघं सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा अत्तरिया चौराहा चोकमा रहेको पतञ्जली योग भवनमा भएको प्रदेश भेला तथा अन्तरक्रिया कार्यक्रम करिब ११ बजे सुदूर पश्चिम प्रदेश समितिका अध्यक्ष वीर बहादुर पौडेलको अध्यक्षतामा सचिव घनश्याम पौडेल सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष हरिराम पौडेल, वरिष्ठ उपाध्यक्ष शालिग्राम शर्मा पौडेल, उपाध्यक्ष विजय पौडेल, उपाध्यक्ष दीपक प्रसाद पौडेल, महासचिव उद्धव पौडेल ,कोषाध्यक्ष युवराज पौडेल, संस्थापक अध्यक्ष कृष्णभक्त पौडेल संस्थापक सहकोषाध्यक्ष यमप्रसाद पौडेल, केन्द्रीय सदस्यहरू प्राडा. कृष्ण प्रसाद पौडेल, सुशिला पौडेल ब्रह्मलाल पौडेल समितिका पदाधिकारी सदस्यहरु र बझाङ जिल्ला समितिका अध्यक्ष पदमप्रसाद भट्ट लगायत करिब १०० जना बन्धुहरूको उपस्थिति रहेको कार्यक्रममा जिल्ला, प्रदेश र केन्द्रीय समितिमा रहनुभएका बन्धुहरूले आआफ्नो विषय र क्षेत्रमा रहेर मन्तव्य राख्नुभएको थियो । उपस्थित सबैको परिचय एक आपसमा गरिएको थियो । यो कार्यक्रम सुरु हुनु भन्दा पहिले यसै हलमा सुदुरपश्चिम प्रदेश स्तरीय केन्द्रीय प्रदेश समितिको बैठक ज्येष्ठ सदस्य सुर्य प्रसाद पौडेलको अध्यक्षतामा समेत हामि आमन्त्रित भई उपस्थित भएका थियौं । कार्यक्रम समापन पछि बन्धुहरूसँग अनौपचारिक कुराकानी छलफल समेत गरिएको थियो । साँझ हामी अघिल्लो दिन बास बसेकै स्थान धनगढीमा बास बस्न गयौँ । दिनभर हामीसँगै कार्यक्रममा सहभागी दाजु हरिभक्त, भाउजु कमला र बन्धु ब्रम्हलाल भाउजु रुक्मीणीले हामिलाई आफ्नो घरमा आत्मीय माया प्रेम साथ न्यानो आत्मीयताका साथ खाने बस्ने व्यवस्था गर्नुभएको थियो । त्यही दिनको विहान महासंघका केन्द्रीय उपाध्यक्ष विजय पौडेल पनि काठमाण्डौ–धनगढी हवाईजहाजको यात्रागरी भ्रमणटोलीमा सामेलहुन आई पुग्नु भयो । दिनभरीको कार्यक्रममा उहाँ पनि सँगै रहेर बेलुका वहाँ, शालिग्राम र उद्धवसँग बस्न ब्रह्मलालजीकोमा जान् भयो ।

ज. २०८१ फागुन १५ गते
पूर्व निर्धारित कार्यक्रम अनुसार हामीले धनगढीबाट बझाङ पौडीसम्मको यात्रा सुरु ग¥यौ । हाम्रो टोलीमा संविधानसभा सदस्य एवं राष्ट्रिय समावेशी आयोगका सदस्य माननीय मानप्रसाद खत्री पौडेल पनि हुनुहुन्थ्यो । उहाँकै समन्वय सम्पर्क र व्यवस्थापनमा हामी पौडी जाँदै थियौं । उहाँ समेत हाम्रो टोलीमा ८ जना हरिराम, शालिग्राम, विजय, दीपक, उद्धव, युवराज, कृष्ण र प्रेम रहेका थियौं । माननीय मानप्रसाद, हरिराम, विजय, उद्धव, कृष्ण एउटा गाडीमा र शालिग्राम, दिपक, युवराज, प्रेम अर्को गाडीमा भएपनि खाना खाजा खाने स्थानमा हामीसंगै नै हुन्थ्यौ। हाम्रो यात्रा भीमदत्त राजमार्गको धनगढी डडेलधुराको गोदावरी बुढितोला, खानीडाँडा, भासुभिर, सहजपुर, फलटुड,े बुडर गौराबजार सम्म कैलाली र डोटी जिल्लाका स्थानहरू यात्रा ग¥यौं । डोटेली,गतानी डुक्का ,जोरियाल गाउँपालिका २ केराबारी डोटीमा खाना खायौं ।
गौराबजार देखि करिब ३ किलोमिटर अगाडिबाट डडेलधुरा जिल्ला प्रवेश गर्यौ, अलिताल गाउँपालिका पार गरेर गन्यापधुरा गाउँपालिकाको साहुखर्कमा बाजेको खिर पसलमा दाउराका मुडा बालेको ताप्दै खिर, चिया, खुवा लगायत आफ्नो रुचि अनुसारको खाजा खायौं । यो स्थान चिसो रहेछ । यस्तै हामी भत्काडाँडा बजार स्याउले पुग्यौँ । स्याउलेबाट दिपायलतर्फ जाने बाटो छोडेर हामी डडेलधुरा बैतडी जाने दशरथ चन्द्र राजमार्गको यात्रा प्रारम्भ गर्यौ । डडेलधुरा जिल्ला सदरमुकाम अमरगढीको बागबजार, उग्रतारा, पोखरा, अनार खोली, डडेलधुरा र बैतडीको सिमाना हुँदै बैतडी जिल्ला प्रवेश गर्यौ । घनघस्याको उकालो यही क्षेत्रमा पर्दो रहेछ । बैतडी जिल्लाको खोडपेबाट पाटन हुँदै सदरमुकाम जाने र बझाङ चैनपुर जाने बाटो छुट्टिदो रहेछ । हामी खोडपेबाट जयपृथ्वी राजमार्गहुँदै बझाङ चैनपुर तर्फ जाने बाटो लाग्यौं ।

बैतडी जिल्लाको सिगास गाउँपालिका रमिलापुरमा पुगेर चिया खायौं । यो स्थान चिसो जाडो हुने रहेछ । पानी परीरहेकोले सिगासको मौसम चिसो थियो । रमिलापुर देखि थोरै अगाडि विथडमा बझाङ जिल्ला प्रवेशद्वार पर्दो रहेछ । यो स्थानदेखि हामीले बझाङ जिल्लाको यात्रा सुरु गर्यौ । चिरवित्तड गाउँपालिकामा पर्ने स्याडी, देउलेख, सुनकुडा, बागथल पार गरेर हामी केदारस्यू गाउँपालिका प्रवेश गर्यौ । रात परिसकेकोले बाहिरी दृश्य राम्रोसँग हेर्न सकिएको थिएन । हामी केदारस्यू गाउँपालिका रहेको स्थान देउरा हुँदै नारुगाड पथुडा, राइल, पौडीबाट एक किलोमिटर अगाडि झोता बजार पुग्यौँ । झोतामा पुग्दा करिब साझको ८ः३० बजेको थियो । त्यहाँ हामीलाई गाउँपालिका अध्यक्ष गणेश बोहरा सहितको टोलीले स्वागत गर्नुभयो । उहाँहरुले व्यवस्थापन गरेको होटल पाण्डवमा हामी बास बस्यौँ । पानी परेकोले मौसम चिसो र जाडो थियो । दिनभरको यात्राबाट थाकेका हामी खाना खाएर सुत्यौं ।
झ. २०८१ फागुन १६ गते

अघिल्लै दिनदेखि परेको पानि रातभरी परेर विहान सम्म पनि सिम सिम परिरहेकोले विहानै बाहिर निस्केर घुम्न कठिनाई परेकोले होटल बाट नै बरीपरिको दृश्यावलोकन गरियो । हामि बसेको झोता नजिकै बाट सेति नदि बग्ने रहेछ । अध्यक्ष हरिराम र प्रा. डा. कृष्ण बन्धु पानिमा भिज्दै सेति नदिमा स्नान गर्न जानुभयो । मैसम प्रतिकुल भएकोले बाँकि हामि पाण्डव होटलमै बस्यौ । विहान खाना खाएर १० ः०० बजे गाउँपालिकाले ब्यबस्थापन गरेको सवारी साधनबाट हामि पालिका कार्यालय भएको स्थान देउरा तर्फ लाग्यौं । केदारस्यूँ गाउँपालिकाका अध्यक्ष गणेश वोहरा, उपाध्यक्ष मनिसा धामि, बडा अध्यक्ष नन्दलाल बोहरा, प्रबक्ता तस्विर वि.क. हामिसंग जानु भएकोले उहाँहरुले हामिलाई बाटो बरपरको गाउँ बस्तीको जानकारी गराउनु भयो । झोताबाट करिब एक किलोमिटर रहेको पौडीज्यूलो र पौडीकोटको बाटो बाटै अवलोकन ग¥यौं ।
गाउँपालिका कार्यालयमा पुग्दा हामिलाई पालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य कर्मचारीहरुले खादा लगाएर फूल गुच्छा दिएर स्वागत गर्नुभयो । गाउँपालिका कार्यालय भवनको वैठक कक्षमा राष्ट्रिय समावेशि आयोगको विपन्न खस आर्य पहिचानको छोटो कार्यक्रम भयो । त्यो कार्यक्रममा हामी पनि सहभागी भयौं । समावेशि आयोगको कार्यक्रम समापन लगत्तै सोहि स्थानमा पौडेल बशंमहासंघको आयोजनामा पौडीको विकासमा सरोकारवालाहरुसंघको अन्र्तरक्रिया कार्यक्रम सञ्चालन गरियो । हामिहरु सहित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, कार्यापालिकाका सदस्यहरु, कर्मचारीहरु स्थानीय बुद्धिजिवी ,समाजसेवी सहित ४० जना जतिको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन महासचिव उद्धव पौडेलले गर्नु भएको थियो । महासंघका अध्यक्ष हरिराम पौडेलले अध्यक्षता गर्नु भएको कार्यक्रममा प्रमूख अतिथी संविधान सभा सदस्य, राष्ट्रिय समावेसि आयोगका सदस्य माननीय मानप्रसाद खत्रि, विशिष्ट अतिथीहरुमा गाउँपालिकाका अध्यक्ष गणेश बोहरा, उपाध्यक्ष मनिसा धामि हुनुहुन्थ्यो ।

कार्यक्रमको सहभागीहरुमा थलारा गाउँपालिका वडा नं. ९ का पूर्व वडा अध्यक्ष मोहनराज जोशी (पौडेल), केदारस्यू गाउँपालिका वडा नं. १ का अध्यक्ष वीरबहादुर भण्डारी, वडा नं २ को अध्यक्ष शेरबहादुर भण्डारी, वडा नं. ६ का अध्यक्ष जयबहादुर धामी, वडा नं. ५ का अध्यक्ष मोहन ठगुन्ना, वडा न. ९ का अध्यक्ष नन्दलाल बोहोरा, कार्यपालिकाका सदस्य तस्बिर बि.क., वडा नंं १ का सदस्य पदम प्रसाद भट्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज जोशी, शिक्षा अधिकृत केशवराज भट्ट, स्वरोजगार संयोजक राजेन्द्र भट्ट दास, सूचना अधिकृत लेखराज रावल लगायतको उपस्थिति रहेको कार्यक्रममा पौडल वंश महासंघको प्रतिनिधि मण्डल पौडी आउनुको उद्देश्यका बारेमा अध्यक्ष हरिराम, वरिष्ठ उपाध्यक्ष शालिग्राम, उपाध्यक्ष दीपक, महासचिव उद्धव र प्रा.डा. कृष्ण वक्ताहरुले जानकारी गरायौं । स्थानिय वक्ताहरुले पौडीज्यूलो, केदारस्यूँ लगाएत समग्र बझाङ, जिल्लाको विकासमा खप्तड देखि सुरमा र सैपाल सम्मको पर्यटन र पदमार्गको विषयमा चर्चा गर्नुभयो । गाउँपालिका अध्यक्ष, उपाध्यक्षले पौडीकोट, पौडी जिउलोको बारेमा जानकारी गराउँदै गाउँपालिकाले केदार, कैलाश, त्रिवेणी, चारधाम गुरुयोजना बनाउँन लागेको त्यसमा पौडीकोट समेत समावेश गर्ने जानकारी गराउनुभयो । पौडी आसपास बसोबास गर्ने पौडेल, जसले भट्ट थर लेख्नुहुन्छ, को बारेमा महासंघको बझाङ अध्यक्ष पदमप्रसाद भट्टले जानकारी गराउनुभयो । कार्यक्रममा प्रमुख अतिथिले हामी पौडी आउनुको उद्देश्य प्रकाश पार्दै स्थानीय बझाङ जिल्लाको भुगोल लगाएत समग्र परिस्थितिको बारेमा सबैलाई प्रकाश पार्नुभयो र बझाङ जिल्लाका महत्वपूर्ण स्थानहरूको बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा भएको छलफल अन्तरक्रिया पछि निश्कर्षमा गाउँपालिका र पौडेल वंश महासङ्बीच पौडीको विकास सम्बन्धमा चार बुँदे सहमति गरियो । सहमतिका बुँदाहरू यस प्रकार रहेका छन् ।

ञ. पौडीको संरक्षण र विकास सम्बन्धमा पौडेल वंश महासंघ नेपाल केन्द्रीय समिति र केदारस्यूँ गाउँपालिका बीच भएको सहमतिका बुँदाहरु
१. बझाङ जिल्ला केदारस्यू गाउँपालिका वडा न. ९ मा पर्ने पौडेल वशंको उद्गम थलो पौडीकोट र पौडीज्यूलो लाई संरक्षण र सम्बर्धन र तिर्थाटनको रुपमा विकास गर्ने ।
२. यस स्थानलाई धार्मिक पर्यटकीय रूपमा विकास गर्न प्रारम्भिक इष्टमिट, डिपिआर गुरु योजना तयार गर्ने र तयार पारिएको गुरु योजनामा थप गरी केदारनाथ, कैलाश, त्रिवेणी, खप्तड, सैपाल, अपिहिमाल सुरमासरोवर, दुर्गास्थली मन्दिर समेत जोडी पर्यटन विकासका लागि मार्गचित्र तयार गर्ने ।
३. पौडेलहरूको उद्गम थलो पौडीकोटलाई तिर्थाटनको रुपमा विकास गर्न कुल देवता, इष्ट देवता, स्थानीय देवता तथा अन्य देवी देवताको मन्दिर निर्माण गर्ने वडा नं. १ को नमदेव बाँठवाला मन्दिर कनडाको समेत संरक्षण गर्ने ।
४. यस थातथलोलाई विकास गर्न आवश्यक स्रोत साधनको खोजी कार्य पौडेल वंशमहासंघ नेपाल र केदारस्यू गाउँपालिकाले समन्वय गरी गर्ने ।
गाउँपालिकाको कार्यालयमा औपचारिक कार्यक्रम सम्पन्न गरी पालिका पदाधिकारी, सदस्य कर्मचारी सहित हामी पौडीज्यूलो र पौडीकोट स्थलगत अवलोकनमा गयौँ । जानकारी लियौँ ,फोटो भिडियो खिच्यौँ । सँगै देउडा गाउँदै नाँच्यौ । पुर्खाको थलोमा सबै जना आनन्द साथ रमायौ । पौडीकोटमा केही स्थानीय बासिन्दाहरु घर बनाएर बस्नुभएको रहेछ । उहाँहरुमध्ये गाउँपालिका कार्यपालिका सदस्य तस्बिर बि.क.सँग पनि छलफल गर्यौ । उहाँले यस ठाउँको विकास संरक्षणको कार्यमा आफूहरुले पनि सहयोग गर्ने र स्थानीय निकायले आफूहरुलाई वैकल्पिक स्थानको व्यवस्था गरेमा यो स्थान छाडेर जान तयार रहेको जानकारी दिनुभयो । बेलुका हामी पाण्डव होटेलमै बास बस्यौँ । भोलिपल्ट १७ गते पुर्खाको थलो पौडीकोटमा रहेको पिपलको फेदको माटो लिएर त्यहाँबाट फर्कियौं ।
ट. २०८१ फागुन १७ गते
बिहान ८ बजे झोतामा रहेको पाण्डव होटेलबाट हामीले भाडामा लिएको सवारी साधन स्कोर्पियोबाट महासंघका ८ जना पदाधिकारीहरु फर्कियौं । माननिय मान प्रसाद खत्री ज्यू त्यतै कार्यक्रम भएकोले उतौ बस्नुभयो । पौडीकोटमा आएर पीपलको रुखको फेदबाट माटो झोलामा राख्यौ । महासचिव उद्धवले फोटो भिडियो खिच्नुभयो । सडक मार्गको दायाँबायाँ दृश्य अवलोकन गर्दै बझाङ र बैतडीको सिमाना नजिकै रहेका रमिलापुरमा बिहानको खाना खायौ । बाटोमै पर्ने डडेल्धुरा जिल्लाको प्रख्यात उग्रतारा भगवतीको दर्शन गर्यौ । डडेलधुरा सदरमुकाम नजिकै स्याउलेबाट हामी भीमदत्त राजमार्गबाट डोटी जिल्लाको सदरमुकाम दिपायल, सिलगढीमा शैलेश्वरी माताको दर्शन गर्यौ र अछामको साँफेबगर तर्फ लाग्यो । साँझ ७ः३० बजे साँफेबगरमा पुगेर होटल व्यवस्था गरेर बास बस्यौं ।
ठ. २०८१ फागुन १८ गते

बिहान अछाम जिल्लाको प्रख्यात बैजनाथ धामको दर्शन गर्यौ । त्यहाँ महर्षी फाउन्डेसनबाट सञ्चालित गुरुकुलको बारेमा जानकारी लियौं । साँफेबगरबाट हामी बयलपाटा पुगेर शालिग्राम दाजुका परिचित मित्र अर्जुन ताम्राकार लाई भेट गयैं । उहाँले हामीलाई स्थानीय ठाउँहरूको बारेमा जानकारी गराउनुभयो । चिया विस्कुट खुवाउनु भयो । हामी अछाम जिल्ला सदरमुकाम मङ्गलसेनमा खाना खान केही समय रोकियो । त्यहाँ समयको सदुपयोग गर्दै मंगलसेन बजार घुम्दै पुननिर्माण हुदैगरेको मङ्गलसेन दरवारको अवलोकन गयौँ । मङ्गलसेन बजार घुम्दै मङ्गलसेनबाट हामी कमल बजार नगरपालिका हुँदै पञ्चदेवल विनायकमा पुगेर पञ्चदेवलको दर्शन अवलोकन गर्यौ । मध्य पहाडी लोकमार्गबाट यात्रा गरिरहेका हामी अछाम र दैलेख जिल्लाको सिमानामा रहेको कर्णाली पुल नजिकै चिया पिउँदै अगाडिको यात्राका बारेमा सल्लाह गर्यौ । यो स्थान सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई कर्णाली नदीले छुट्याएको सिमानामा रहेछ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार हामि कालिकोट जुम्ला हुदै मुगु जिल्लाको रारासम्म जाने र हाम्रो पूर्वज पौडेल थर लेख्ने पहिलो व्यक्ति श्रीराम पौडेल बसेको ठाउँ कालिकोटको चिलखाएसम्म पुग्ने थियो । रारा जाने बाटो हिउँ परेकोले अघिल्लो दिन बाटो अवरोध छ भन्ने सूचना पाएकोले, धेरै दिनको लामो यात्रामा केही बन्धु अस्वस्थ महसुस गर्नुभएकोले पनि रारा जाने कार्यक्रम स्थगित गरी दैलेख जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग हुँदै हाम्रा पूर्वज बस्नुभएको सातला गयौं । त्यहाँ स्थानीय मानिसहरूसँग साततला दरबार रहेको स्थान कहाँ हो भनी सोध्दा सडक नजिकै भत्केको घरको गाह्रो मात्र देखाइदिनु भयो । त्यो घर पछिल्लो समयमा स्थानीय जोशी घोडासौनीहरुले बनाउनुभएको रहेछ । हाम्रा पुर्खाले बनाएको सात तले घर भएको स्थान पत्ता लगाउन सकेनै । सतलाबाट हामी मध्य पहाडी लोकमार्ग हुँदै दुल्लुतर्फ लाग्यौँ । यात्रा गरेको स्थान शालिग्राम दाजु बाहेक हामी सबैका लागि नयाँ, नौलो थियो । बाटोमा पर्ने केही ठाउँको नाम काठमाडौँका ठाउँको नामसँग मिल्ने रहेछन ।
दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी गाउँपालिका –५, जम्बु काँधमा रहेको बजारमा केही समय रोकिएर वरपर दृश्यावलोकन ग¥यौं । त्यहाँको एक होटलमा दिउँसोको खाजा रोटी, सब्जी, मःम रुचि अनुसार खायौँ । यात्राकै क्रममा बाटोमा हामीले दैलेखमा रहेको पेट्रोल उत्खनन केन्द्र,पञ्चकोशी ज्वाला क्षेत्र शिरस्थान मन्दिर अवलोकन र दर्शन ग¥यौं । बास बस्न साँझमा दैलेख सदरमुकाम पुगेका थियौं । तर त्यहाँ बास बस्ने होटल नपाएकोले तल्लो डुङ्ग्रेश्वरमा आई रातको करिब ९ बजेतिर एक नयाँ होटलमा बास बस्यौं ।
ड. २०८१ फागुन १९ गते
बिहान डुङ्ेश्वरबाट गुराँस गाउँपालिकाको वडा नं. ४ को गुराँसे पुगेर पौडेल बन्धु दीपक पौडेलको होटलमा चिया सेलरोटी नास्ता खायौं । गुराँसेमा भेट भएका पौडेल बन्धुहरुसगँ छलफल गरी सामूहिक तस्विर लियौं । बाटोको दायाँबायाँका स्थानहरूको दृश्यवलोकन गर्दै स्थानीय ठाउँहरूको बारेमा यात्रामा हामि सँगै रहनुभएका कोषाध्यक्ष यूवराज र केन्द्रिीय सदस्य प्रेमले हामीलाई जानकारी गराउनुभयो । सुर्खेत विरेन्द्रनगर पुग्दा संस्थापक उपाध्यक्ष कृष्णप्रसाद पौडेल लगायत बन्धुहरु सँग बिदा भएर हामी कोहलपुर तर्फ लाग्यौं । कोहलपुरमा युवराज पौडेलको घरमा फलफुल चिया खायौं र बसपार्कमा गएर आफ्नो आफ्नो गन्तव्यका लागि रात्री बसको यात्रा तय ग¥यौ । सामूहिक तस्बिर खिच्यौँ । हामी छुट्टियौं । काकडभित्ता जाने बसमा बीचमा उद्धव र विजय, चितवनसम्म जानको लागि शालिग्राम, २ ः ३० बजे रात्रि बस चढ्नुभयो । हामिले उहाँलाई विदाई ग¥यौं । काठमाडौँ जाने बसमा दीपक, हरिराम र प्राध्यापक डाक्टर कृष्णले टिकट लियौं । काठमाण्डौ जाने बस ६ः३० मा मात्र हिँड्ने हुँदा हामी लोकनाथ पौडेलको घरमा गएर आराम गर्यौं। खाना खायौँ र ६ः०० बजे बसपार्कमा आयौं । हामीलाई बन्धुहरू युवराज, प्रेम, लोकनाथ र लिलाले विदाई गर्नुभयो । रात्रि बसको यात्रामा बिहान ६ः०० बजे मुग्लिनमा झरेर हरिराम र कृष्ण पोखरातर्फ लाग्नुभयो । म दिपक विहान ११ बजे काठमाडौँे पुगेर अर्को सार्वजनिक साधन बाट १ बजे बनेपा पुगे । विजय र उद्धव ११ बजेतिर इटहरी पुग्नुभएको थियो । २०८१ फागुन ७ गते सुरु भएको हाम्रो यात्रा २० गते १४ दिनमा सम्पन्न भयो ।

६. बझाङ जिल्लाको ऐतिहासीक पौडी र पौडेल थरको सम्बन्धमा

स्थानीय रतन भण्डारीले स्थानीय २०७८ जेठ १ गते शनिबारको गोरखापत्रमा लेख्नु भए अनुसार वर्तमान बझाङ जिल्ला नेपाल एकीकरण अघि छुट्टै राज्य थियो । वि.सं १८४७ मा बझाङ नेपालमा समाहित भएको थियो । ऐतिहासिकतातिर फर्कंदा यहाँ प्राचीनकालदेखि नै मानव बसोवास रहेको पाइन्छ । स्कन्द पुराणको मानसखण्डमा बझाङका विभिन्न धार्मिकस्थल र नदीनालाहरूको वर्णन छ । पूर्णप्रकाश नेपाल यात्रीले ‘सेती अञ्चल दिग्दर्शन’मा उल्लेख गरेअनुसार बझाङमा हुण र शकहरूपछि खसहरू प्रवेश गरेका थिए । खसहरूले पहिलो शताब्दीतिरै बझाङमा पहिलो राज्य ‘खस राज्य’ स्थापना गरेका थिए । साथसाथै खसहरूले मष्ट स्थापना गरेका थिए (यात्री, २०३५ः १९१) । यही कारण बझाङलाई मष्ट संस्कृतिको उद्गमका रूपमा पनि लिइन्छ ।
खस साम्राज्यको पतनअघि बझाङ लामो समय सिंजापति खस चल्ल–मल्ल राजाहरूको शासनव्यवस्था मातहत रह्यो । तत्कालीन बझाङ डुगरा अडैथर्पु (पूर्वोत्तर बझाङ), जुजी थर्पु (मध्य–पश्चिमत्तोर बझाङ) र गडी थर्पु (दक्षिण–पूर्वी बझाङ) क्षेत्र सिंजापतिका सामन्त शासक क्षेत्रका रूपमा रहेको थियो । सिंजा खस साम्राज्यको पतनपछि वर्तमान मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा बाइसे राज्यहरू अस्तित्वमा आए । खस साम्राज्यको पतनपछि र बाइसे राज्यहरू देखा पर्नुअघि बझाङमा स–साना बाह्रकोटे राजाहरू थिए । त्यतिबेलाको बझाङ १२ कोटका नामले पनि चिनिन्थ्यो । बझाङी राजा रामजङ्गबहादुर सिंहद्वारा लिखित ‘बज्राङ राज्यको परिचय’ नामक पुस्तकअनुसार बझाङ राज्य स्थापना अघि यहाँ ससाना १२ राजाका कोट थिए । बझाङी राजाका पुर्खाले ती १२ कोटलाई जितेर बझाङ राज्य खडा गरेका थिए । त्यसैकारण बझाङी राजालाई ‘बरकोटे राजा’ पनि भनिन्थ्यो ।
इतिहासकार राजाराम सुवेदीका अनुसार भने बझाङ राज्यको स्थापना मलय वम्मका जेठा छोरा शक्ति सिंहले विसं १५०३ मा गरेका थिए । त्यसअघि बझाङ सुरुमा सिंजा, त्यसपछि कहिले जुम्ला र कहिले डोटीको करद राज्यका रूपमा रहेको थियो । इतिहासकार सूर्यमणि अधिकारीले कल्याण सिंहलाई स्वतन्त्र बझाङका प्रथम राजा मानेका छन् । जसको शासनकाल विसं १७४४ देखि १७८६ सम्म रहेको थियो ।
तत्कालीन बझाङको भूभाग उत्तरमा ताक्लाकोट, दक्षिण र पश्चिम डोटी, पूर्वमा जुम्ला (पछि बाजुरा–अछाम–दर्ना)सम्म फैलिएको थियो । सेती नदीको सुन्दर उपत्यका र भोटसँगको व्यापारका कारण बझाङ राज्यको आफ्नै सामरिक महìव थियो । सेती नदी किनाराका थुप्रै उर्वर उपत्यकाका कारण बझाङमा आवादी र जनघनत्व पनि धेरै थियो । बझाङ राज्य स्थापना भएपछि र बझाङ सिंजा र डोटी अधिनस्थ रहँदा यहाँ थुप्रै जातिको बसोवास रहेको थियो । यस भूक्षेत्रलाई थुप्रै जातिले आफ्नो वासस्थान बनाएका थिए । समयक्रमसँगै केही जातिहरू यहाँबाट बसाइँ सरेर अन्यत्र गएका थिए । बझाङमा त्यस्ता गाउँहरू छन्, जुन गाउँहरू कैयौँ जातिका थातथलोका रूपमा रहेका छन् । तर, सोधखोज र अध्ययन अनुसन्धान नहुँदा पुरातात्विक–ऐतिहासिक महत्वका यी गाउँबस्ती पौडिका पौड्याल÷पौडेल, रेग्मिहरुको रेगम, बगाले थापाको बगाल, बखेतीको बखेत, कोईरालाको कोइरालाकोटा, सुबेदीको सुवेडा , सोतगाउँको सोती, लुईटाका लुईटेल, बास्तोलीका बास्तोला, अहिले पनि इतिहासको गर्भमा छन् । पौडी र पौड्याल÷पौडेलको सम्बन्ध यस प्रकार रहेको छ ।
बझाङको केदारस्यू गाउँपालिकामा पर्ने सेती नदी किनारासँगै रहेको ठूलो फाँटलाई पौडी भनिन्छ । स्थानीयवासी पौडीलाई पौडीको ज्यूलो भन्छन् । पौडीको पूर्वमा जुइलीगाड (खोला) बग्छ । दक्षिणमा सेती नदी र उत्तरमा सेगु भन्ने गाउँ छ । पश्चिममा बगाल नामको अर्को ठूलो ज्यूलो छ । उत्तरमा सेग भन्ने बोहराहरूको ठूलो गाउँ छ । हाल पौडी स्थानीय बोहराहरूको स्वामित्वमा छ । पौडीको पूर्वतिर ऐतिहासिक पौडीकोट छ । प्राचीन पीपलको रूखका साथै पुराना दरबारका भग्नावशेष पौडीकोटको गर्भमै छन् । पौडीकोटको पूर्व, दक्षिण र पश्चिममा भीर छ भने उत्तरतिरबाट मात्रै कोटमा पुग्ने बाटो छ । कोट जाने पूर्वतिर पनि खौलो काटिएको छ । हाल पौडीकोटमा केही दलित परिवार बस्दै आएका छन् । नेपालमा रहेका पौडेल बझाङको पौडीबाट पूर्वी नेपालमा बसाइँ सरेका हुन् भनेर लेख्ने गरेका छन् । ‘पौडेल वंशावली’ मा पौडी र नजिकैको झोतामा पौडेलहरूको राज्य र बसाइँ रहेको र त्यहीँबाट पौडेलहरू पूर्वतिर बसाइँ सरेको उल्लेख छ ।
पौडेल वंशावलीमा श्रीदेव भट्टको जन्म विसं १२१५ मा श्रीवत्सराज भट्टकी कान्छी महारानी कान्तिमतीको गर्भबाट बझाङ पौडीको झोता दरबारमा भएको कुरा उल्लेख छ । श्रीवत्सराजकी गङ्गादेवी, नीलाम्बरा र सुदक्षिणा नामका तीन पत्नीमध्ये नीलाम्बरातर्फका जेठा छोरा गुणदेव भट्ट पौडीबाट दैलेखको सातलामा आएर बसेका थिए । उनले दैलेखमा साततले घर निर्माण गरी बसेकोले सो क्षेत्रको नाम ‘सातला’ रहेको थियो । तिनैका सन्तान दुल्लुमा सरेका र दुल्लुपछि पूर्वतिर सर्दा उनीहरू ‘दुलाल’ भएका थिए भनिन्छ । गङ्गादेवीका तर्फबाट श्रीदेवका माहिला छोरा श्रीनन्द बझाङको पौडीबाट हालको कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ८ र ९ मा पर्ने चिलखाए बसाइ सरेका थिए । चिलखाए सरेपछि सबैले ‘पौडीवाला’ भन्ने गरेबाट श्रीनन्दका छोरा श्रीरामले पौडेल लेख्न सुरु गरेका थिए । बझाङको पौडीबाटै बसाइँ सरेका नीलाम्बरातर्फका श्रीदेवका साहिँला छोरा श्रीनाथ दैलेखको दुवाडामा बसेपछि दुवाडी अर्थात् दवाडी भएका थिए । सुदक्षिणाकै कान्छा छोरा कृष्णदत्त बाबुआमासँगै पौडीमै बसेका थिए । कालिकोट चिलखाए बसाइँ सरेका श्रीनन्दका छोराहरू श्रीराम र श्रीहरिमध्ये श्रीहरि कालीकोटको दाहा गाउँमा बसेपछि उनका सन्तान दाहाल कहलिन गएका थिए ।
नेपाल सरकारका पूर्वसचिव विष्णुप्रसाद खत्रीले समेत ‘बझाङ संक्षेप’ नामक पुस्तकमा बझाङको पौडीलाई नै पौडेलहरूको थातथलो भनेर लेख्नु भएको छ । (खत्री, २०७४ः २०–६३) । खत्रीका अनुसार बझाङमा चारथरिका ब्राह्मण सम्बन्धमा प्रचलित उक्ति यस प्रकार छः
पूर्वका जुवाडी पश्चिमका सुवेदी
बाह्रडाँडा रेग्मी काला पौडेल
यी चार थरीका सहायक रताला
बेताला, तम्ताला र अधुकाला ।
विष्णु प्रसाद खत्रीका अनुसार पौडीमाथि रहेको कनाडा गाउँका भट्टहरूलाई पौडेलका पुर्खाहरूका अवशेष मानेका छन् । उनको पुस्तक बझाङ संक्षेपको पेज नं. २१ देखि ५२ मा हाल बझाङमा बसोबास गर्ने पौडेलहरुको बंशावलि विवरण उल्लेख छ । पौडी बाट केहि उत्तर तिर नजिकै कनाडा र त्याहाबाट करिव १० कि.मि. पूर्व दक्षिण शिखर सिराटा र नेटाकाटियामा पौडेलहरुको बस्ति छ । यहाँका पौडेलहरुले आफूलाई पौडेल हुँ भन्छन् तर पौडेल थर नलेखेर भट्ट, जोशि, खत्रि थर लेख्ने गरेको पाईन्छ । पौडीमा कुखुरा बासेको आबाज सुन्दा असुद्ध र अफापिलो भयो भनेर पौडेलका पुर्खाको एक भाई सेती नदीको किनारा सिराटाको कुलाकाट्ने भन्ने ठाँउमा बसाई सरेका हुन् भनि विष्णु प्रसाद खत्रिले पुस्तकमा लेख्नु भएको छ । पौडेल पहिचानका कृति समेतका उक्ती हरुका बझाङका गाउँहरुमा यसरि भन्ने चलन रहेको छ । पाउकाटिमा पौडेल , शिरकाटिमा शिराटी यसको अर्थ पौडेलका पुर्खाहरुले बैद्धिक साधनाको उत्कृष्ट नमुना स्वरुप पयर (खुट्टा) काटेर पनि डुल्ने हुदाँ र शिर काटि थालिमा राखि पनि वेद पढ्न सक्ने हो । यसरी स्थानीय ऐतिहासिक महत्व बोकेको पौडीकोट र पौडी ज्यूलो झोता दरबारको थप सोधखोज अनुसन्धान गर्ने हो भने थुप्रै तथ्य अगाडि आउने प्रबल सम्भावना रहेको देखिन्छ ।

पौडेलहरुको पैतृक भूमि पौडीकोट, झोता दरबार, भैरव मन्दिर, पौडीज्युला, केदारनाथ, अर्नुदह सनैताल, सेती जुइलीगाड त्रिवेणी रहेको केदारस्युँ गाउँपालिका जिल्लाको अत्यन्त महत्वपूर्ण क्षेत्र हो । न्यानो हावापानी भएका कारण सेतीनदीको वरपर प्रशस्त खेतीयोग्य ज्युला (बेसी) हरु रहेका छन् । नदी किनारको उर्वर ज्युलाबाट जिल्ला भरिका लागि खाद्यान्न आपूर्तिमा ठूलो टेवा मिलेको छ । धार्मिक स्थल र मनमोहक ज्युलाका कारण पर्यटकका लागि यो पालिका जिल्लाभरिकै महत्वपूर्ण स्थानहरुमध्ये एक भएको छ । पौडेल वंश महासंघद्वारा समग्र बझाङ जिल्ला सहित केदारस्युँ गाउँपालिकाको विकासका लागि पौडेल वंश महासंघ, नेपाल सरकारका विभिन्न अंगहरु र स्थानीय वासिन्दाहरुसंगको सहकार्यमा केही महत्वपूर्ण कार्यहरु गर्नका लगि प्रस्ताव गरिएको छ ।

भ्रमण टोलीका सदस्यहरु
हरिराम पौडेल ,अध्यक्ष
शालिग्राम शर्मा पौडेल, वरिष्ठ उपाध्यक्ष
विजय पौडेल, उपाध्यक्ष
दीपकप्रसाद पौडैल, उपाध्यक्ष
उद्ववप्रसाद पौडेल, महासचिव
युवराज पौडेल, कोषाध्यक्ष
प्रा.डा.कृष्ण प्रसाद पौडेल, केन्द्रिय सदस्य एवं
संयोजक बंंशावली उपसमिति
प्रेम पौडेल, केन्द्रिय सदस्य

तपाईको प्रतिक्रिया