असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारबिहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका काभ्रेपलाञ्चोकको कोलाती भूमिडाँडावासीको एक झरको सिमसिमे पानीमै भागाभाग भएको छ ।
बर्खाभरी पनौतीमा डेरा खोजेर बसेका उनीहरु हिउँद लागेपछि पशुपालन गर्न सकिन्छ भनेर पुरानो थाकथलोमा टिनले बेरेर बनाएको गोठमा फर्किएका थिए । वैशाख ३ गते पानी पर्न थालेपछि उनीहरुको फेरि भागाभाग भएको हो ।
असोजको बाढीले जोगिएको घरमा आश्रय लिएका र नयाँ टिनले बेरबार परेका बसेका एक झर पानीमै साना खोल्सामा लेदो सहितको बाढी आउन थालेपछि असोजकै सम्झेर उनीहरुको भागाभाग भएको हो । दिनभर थाकथलोमा बस्ने र साँझपरेपनि डेरामा फर्कने उनीहरु वैशाख ३ को पहिलो झर पानी परेपछि झन त्रासमा परेका हुन् ।
हामीले तत्कालै गर्न सक्ने काम गरिसकेका छौ, पुन निर्माण र पुनः स्थापनामा संघीय सरकारले प्रभावकारी समन्वय नगरिदिदाँ समस्या बढिरहेको छ, पनौती–१२ का वडाअध्यक्ष जयराम केसीले उल्लेख गर्नुभयो ।
रोसी खोलामा असोज ११ र १२ गते आएको बाढीपहिरोबाट उनीहरुका पक्की घर ध्वस्त भएपछि त्यहाँका स्थानीयको उठिबास लागेको सात महिना बितिसक्दा पनि उच्चस्तरीय नेतृत्वबाट अवलोकन बाहेकका पुनः निर्माणका काम हुन नसकेको पनौती नगरपालिका उपप्रमुख गिता बञ्जाराले बताउनुभयो ।
‘ हामीसँग भएको स्रोतको प्रयोग गरेर सडक खुलाउने र अत्यावश्यक सेवा सूचारु गरेका छांै,पुनः निर्माण र पुनस्थापनामा प्रदेश र संघीय सरकारले पनौतीमा स्थानीय जनताको पिरमर्काको सम्बोधन गर्न सकेको छैन’ उपप्रमुख बञ्जाराले बताउनुभयो ।
‘एक झर सिमसिम पानीमै कोलाती भूमिडाँडावासीसँगै बाढी पहिरो प्रभावित क्षेत्रमा भागाभाग भैसकेको छ । हामीले हाम्रो स्रोत प्रयोग गरेर खोला गहि¥याउने प्रयास गरिरहेका छौ’उहाँले स्पष्ट पार्नुभयो । काभ्रेपलाञ्चोकमा बाढीले सबैभन्दा धेरै असर पारेको पनौती नगरपालिका–१२, भूमिडाँडा रोसी बजार खण्डहरमा परिणत भएको थियो भने सोही वडामा रहेको कोलाती बजार उजाडिएको थियो ।
स्थानीय राजेन्द्र केसीले सात महिनामा देशका ठूला मान्छेहरु आएर हेरेर फर्केर गएपनि उपलब्धी भने शून्य नै भएको उल्लेख गर्नुभयो । उहाँले मुख्य बर्षाद् सुरु नहुँदै सामान्य बर्षाद्मा नै खोलाको वितण्डाबाट जोगिएका बस्तीका मानिसहरु पोका बोकेर डाडाँतिर उक्लन बाँध्य भएको बताउनुभयो । राज्यको निकायले बाढी पिडितका लागि चासो नदिएको उहाँको गुनासो छ । रोसी र कोलाती बजारमा मात्रै कम्तीमा १९३ घर विस्थापित भएको वडा कार्यालयसँग तथ्याङ्क छ ।
रोसीको पानीबाट सिँचाइ हुने उर्वरभूमि र पशुपालनका लागि निकै उपयोगी स्थान भएकाले उनीहरू गाउँमै बसेर खेतीपातीमा रमाउँथे । बर्खा कम भएपछि उनीहरु केही गर्न सकिन्छ भनेर थाकथलो फर्किएका थिए । पहिलो बर्षाद्मै भयको स्थिती सृजना भएपछि अबको बर्षाद् भयावह बन्ने उनीहरुको आङ्कलन छ ।
सिमसिमे पानीमै तर्सन्छन् पनौतीबासी
2025-04-20T10:09:08+05:45
तपाईको प्रतिक्रिया