महादेवस्थान÷राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मण्डनदेउपुर नगर समिति संगठन विस्तारमा आक्रमक रुपमा लागेको छ । एक हजारभन्दा धेरै सदस्यता वितरण गरेको सो पार्टीलाई हरेक बडामा कार्यालय स्थापना गर्ने अभियानलाई तिव्रताका साथ अघि बढाएको छ । नगर सभापति मणिराम पौडेल (मिलन) को नेतृत्वमा हरेक वडाको टोलमा पुगेर रास्वपाले संगठन विस्तारको अभियान चलाएको छ ।
मण्डनदेउपुरको १२ वटा वडामध्ये ११ वटामा तर्दथ समिति बनाएको रास्वपाले चारवटामा वडा कार्यालय स्थापना गरेर पार्टी कामलाई अघि बढाईरहेको छ । सामाजिक रुपमा स्थापित र युवाहरुले वडाको समेत नेतृत्व गरिरहेको सभापति पौडेलले जानकारी दिनुभयो । केही साताअघि मण्डनदेउपुर–१० मा त्यहाँका अभियान्ता सुरेश नेपालको नेतृत्वमा पार्टी कार्यालय स्थापना गरिएकोथियो भने शनिबार वडा नं ११ मा पार्टी कार्यालय स्थापना गरिएको छ । वडा नं ५, ६, १० र ११ मा वडा अधिवेशन सकेको सो पार्टीले अरु वडामा पनि क्रमशः वडा अधिवेशन गर्ने र पार्टी कार्यालय स्थापनाको लक्ष्य लिएको पौडेलले उल्लेख गर्नुभयो ।
शनिबार वडा नं ११ मा विनोद न्यौपानेको नेतृत्वमा पार्टी कार्यालय स्थापना भएको हो । पार्टी कार्यालय स्थापनामा नै दर्जनौ मानिसहरु रास्वपामा प्रवेश गरेका छन् । तत्कालिन जैसिथोक गाविसका उपाध्यक्ष ईन्द्रप्रसाद न्यौपाने रास्वपामा प्रवेश गर्नुभएको सभापति पौडेलले उल्लेख गर्नुभयो । पार्टीको केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीले न्यौपानेलाई स्वागत गर्नुभयो । वडा कार्यालय उद्घाटन कार्यक्रमका विशेष अतिथी रास्वपाका जिल्ला सभापति एंव मण्डनदेउपुर नगरपालिकाका स्थायी बासिन्दा प्रविणकुमार ढकाल रहनु भएको थियो । क्षेत्र नं १ का सभापति मधुकुमार चौलागाई र क्षेत्र नं २ का सभापति ताराबहादुर कुँवर लगायतका नेताहरुको अतिथीको रुपमा सहभागी हुनुभएको थियो ।
बाँकी रहेका वडा १२ मा पनि तर्दथ समिति बनाउने, तदर्थ समिति भएको वडामा अधिवेशन सम्पन्न गर्ने वडा कार्यालय स्थापना गर्ने जनताको पिरमर्का र समस्याको बारेमा आवाज उठाउने लक्ष्य राखेर अघि बढेको पौडेलले बताउनुभयो ।
तपाईको प्रतिक्रिया