सामुदायिक विद्यालयका शिक्षकहरु यतीबेला काठमाडौंमा आन्दोलन तताईरहेका छन् । काठमाडौंसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाका शिक्षक सो आन्दोलनमा उपस्थित नहुने कुरा नै भएन । शिक्षकहरुले काठमाडौंमा आन्दोलन तताईरहेका बेलामा रोशी गाउँपालिका वडा नं ४ महादेवटारमा रहेको जोगेश्वर माध्यामिक विद्यालयको परीक्षाफलले भने सामाजिक संञ्जाल तताईरहेको छ ।
चैत्र २२ गते सार्वजनिक गरिएको नजितामा कक्षा एकबाट दुईमा कक्षोन्नती गरिएका विद्यार्थीले ४.०३ अंक ल्याएर प्रथम भएको विवरण सार्वजनिक गरिएको छ । जबकी जिपिए प्रणाली नै ४ जिपिएको हुनेमा ती विद्यार्र्थीले पुर्णाङ्क भन्दा पनि धेरै अंक ल्याएको भन्दै सामाजिक संञ्जालमा विरोध भईरहेको छ ।
सामाजिक संञ्जालमा निक्कै चर्चा भएपछि हामीले रोशी गाउँपालिकाको शिक्षा शाखा प्रमुख ठाकुरप्रसाद दाहालसँग सम्पर्क गरेका छौ । उहाँले आफूले पनि सामाजिक संञ्जालमा देखेपछि सो बिषयमा जानकारी लिएको उल्लेख गर्नुभयो । प्राविधिक त्रुटीको कारणले त्यसो भएको जानकारी प्रधानाध्यपकले गराउनुभएको दाहालले भन्नुभयो । त्रुटी सच्याएर पुनः परीक्षाप्रकाशन गरिसकिएको दाहालले भन्नुभयो । रिजल्टजस्तो संवेदनशिल बिषयमा गम्भिर हुन गाउँपालिकाले पटक पटक निर्देशन दिएको उहाँले बताउनुभयो ।
प्राविधिक रुपमा त्रुटी कहिलेकाही हुन्छ नै । राज्यको निकायले रिजल्टजस्तो संवेदनशिल बिषयमा जाँच र त्यसपछि पुनः जाँच गरेर मात्रै सार्वजनिक गर्न आवश्यक हुने अधिकारकर्मीहरु बताउँछन् । केही न केही कुराले चर्चामा आईरहने रोशी रिजल्टको नतिजाको बिषयले पुनः चर्चामा आएको छ । सो रिजल्टमा दोश्रो हुनेलाई तेश्रो र तेश्रो हुनेलाई दोश्रो बनार्ईएको छ । त्यो गम्भिर लापरवाही हो ।
शिक्षक आन्दोलनमा रोशी गाउँपालिकामा विद्यार्थीको रिजल्ट पुर्णाङ्कभन्दा पनि धेरै
2025-04-08T14:15:30+05:45
तपाईको प्रतिक्रिया