
नमस्कार, आईएम स्टुडेन्ट अफ काभ्रे मावि पनौती । वलकम टु आवर स्कूल एण्ड एक्स्पो । डु यु वान्ट प्ले गेम । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको काभ्रे माध्यामिक विद्यालयका पूर्व प्राथमिक तहका विद्यार्थीले यसरी स्वागत गरिरहेका थिए ।
सो विद्यालयका प्ले गुप्रदेखि कक्षा १ सम्मका विद्यार्थीले ४२ वटा समुह बनाएर तयार पारेको शैक्षिक प्रर्दशनीमा आउने अभिभावक तथा पत्रकारलाई उनीहरुले स्वागतसँगै आफ्नो आत्मविश्वास देखाईरहेका थिए ।
आफूले कक्षा र घरमा सिकेका कुरालाई खेल मार्फत उनीहरुले प्रस्तुती दिईरहेका थिए । काभ्रे मावि पनौतीका प्रिन्सिपल वसन्त नेपालले विद्यार्थीहरुमा रहेको प्रतिभा बाहिर ल्याउने अवसरको रुपमा शैक्षिक प्रर्दशनीलाई लिएको उल्लेख गर्नुभयो ।

शैक्षिक प्रर्दशनीमा विद्यार्थीहरुले पढेको र सिकेको कुरालाई ब्यवहारमा उतारी प्रर्दशनीमा राखिएको थियो । उनीहरु आफैलाई तयार पार्न लगाउँदा छिटो सम्झने, ब्यवहारमा उतार्ने भएकाले शैक्षिक प्रर्दशनी राखिएको प्रिन्सिपल नेपालले बताउनुभयो ।
उहाँले सबै बालबालिका विशेष हुन्छन् भन्ने सन्देश प्रर्दशनीले बोकेको र त्यसमा शिक्षक शिक्षिका, अभिभावकको ठूलो भुमिका रहेको बताउनुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष जगन्नाथ अवाको अध्यक्षतामा अभिभावक परामर्श एवं अभिमुखिकरण कार्यक्रम भएको छ । पूर्व प्राथमिक तहका विद्यार्थीहरुको चौतर्फी ब्यक्तित्व विकासका लागी ब्यबहारिक ज्ञानलाई पाठ्यपुस्तक सँग जोड्दै शैक्षिक प्रर्दशनी गरिएको विद्यालयका प्रिन्सिपल बसन्तराज नेपालले उल्लेख गर्नुभयो ।

अभिभावकहरुलाई समेत आफ्ना नानीबाबुहरुलाई विद्यालयमा प्रदान गरिएको शिक्षा र संस्कारले मात्रै नपुग्ने भएकाले घरमा पनि सोहि अनुसारको वातावरण र संस्कार सिकाउनु पर्ने, उनीहरुसँग गर्ने ब्यवहारलाई सरल र सहज बनाउनु पर्ने भन्दै प्रविधिको विकास सँगै उनीहरुले सिक्न चाहेको कुराहरुलाई सहजीकरण गरिदिन विद्यालयले आग्रह गरेको छ बताउनुभयो । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपाने, अभिभावकहरु लगाएतले शैक्षिक प्रर्दशनीको बारेमा आफ्नो सुझाव दिनुभयो ।
विद्यार्थीको आत्मवल देखेर हर्षित भए काभ्रे माविका अभिभावक
2025-03-27T07:12:08+05:45

तपाईको प्रतिक्रिया