भुम्लुमा डढेलो रोक्न सुराकी परिचालन,झाडी सफाई गर्दै योजना बनाउँदै वडा र टोल

भुम्लु गाउँपालिका काभ्रेपलाञ्चोकले डढेलोमुक्त पालिका बनाउन झाडी सफाईको अभियान सुरु गरेको छ । भुम्लु गाउँपालिका विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सबै वडाले डढेलो मुक्त पालिका निर्माणको लागि झाडी सुधार र तथा जनचेतना अभियान कार्यक्रम संचालन गरेको छ । सबै वडाका जनप्रतिनिधि तथा जनसमुदायको उपस्थितीमा झाडी सफाई गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम भुजेलले जानकारी दिनुभयो ।
वनमा डढेलो जानजानि या लापरबाही गरेमा भुम्लु गाउँपालिकाले कार्यनीति लागू गरेको छ । जस अनुसार सुराकी परिचालन गरिएको छ । प्रमाण सहित गोप्य सुचना दिएमा रु.१० हजार नगद पुरस्कार दिने छ। । त्यसको लागि संपर्क नं. ९८६८१६२२४४ (सुचना गोप्य राखिने छ ) गाउँपालिकाले जनाएको छ । ड्रोन क्यामेराबाट र सि. सि क्यामेरा मार्फत निगरानी गरिएको, प्रहरी परिचालन गरिएको छ । डढेलो लगाउने लाई ३ बर्ष सम्म जेल सजाय हुनेछ गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया