नेपालभर बासले बनाएका आकर्षक घरबाट कम शूल्कमा पनि गुणस्तरीय शिक्षा र संस्कार दिन सकिन्छ भन्ने प्रेरणा बोकेर समता शिक्षा निकेतन बनेपाको १७ आंै बार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।
अभिभावक, विद्यार्थी, संचारकर्मी, जनप्रतिनिधी, समताका संस्थापक र प्याब्सनका पदाधिकारीको बीचमा भव्य समारोहकाबीच समता शिक्षा निकेतनले आफ्नो बार्षिकोत्सव मनाएको हो ।
बनेपामा उत्कृष्ट शैक्षिक संस्थाको माझमा आफूलाई प्रतिस्पर्धी बनाउँदै ५ सयभन्दा धेरै विद्यार्थी अध्यापन गराउने सो शैक्षिक संस्थाले एकदमै कम शूल्कमा विद्यार्थी अध्यापन गराउँदै आएको छ ।
अभिभावक दिवस, एसईई विदाई तथा पुरस्काका अवसरमा विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम सञ्जेलले विद्यालय खोल्नुको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो ।
नेपालबाट सुरु भएको अभियान हाल भारत, श्रींलका, वंगलादेश र म्यानमार र भुटानसम्म विस्तार भएको छ । भौतिक पूर्वाधारले मात्रै उत्कृष्ट अध्यापन हुन्छ भन्ने भ्रम हटाउन समता शिक्षा निकेतन सफल भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी बनेपा नगरपालिका वडा नं ५ का अध्यक्ष बलराम अधिकारीले आफ्नो वडामा समता शिक्षा निकेतन जस्तो प्रभावशाली स्कूल स्थापना हुनु राम्रो कुरा भएको बताउनुभयो । उहाँले समताको विकासमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्ष अधिकारीले सस्तो र सुलभ अवस्थामा पनि गुणस्तरीय शिक्षा उपलब्ध गराईरहेको समता शिक्षा निकेतनको अभियान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्ता विद्यालय संचालनका लागि राज्यले नै सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
सो विद्यालयले कक्षा १० सम्मको शिक्षा प्रदान गरिरहेको छ । देशभरका ७७ वटा विद्यालयमा ४० हजार भन्दा धेरै विद्यार्थीहरु अध्ययन गरिरहेको समता स्कुलले कम शुल्कमा प्रदान गरिरहेको अध्यक्ष सञ्जेलले जानकारी दिनुभयो ।
विद्यालयका प्रिन्सिपल प्रीतम गनगाईले विद्यालयमा प्रदान गरिरहेको शैक्षिक गुणस्तरका बारेमा जानकारी दिनुभयो । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने नमूना विद्यालय बन्न सकेको उहाँले बताउनुभयो । उहाँले सबैको सहयोगले अझ राम्रो शिक्षा दिन प्रेरणा मिलेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले संस्थागत, सामुदायिक विद्यालयहरुको तुलनामा समता शिक्षा निकेतनले शुरु गरेको शैक्षिक अभियान फरक र महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा बनेपा कार्यपालिका सदस्य समिता थापा, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा अभिभावक, शिक्षक र विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक रञ्जित गन्गाई, मनोज विक लगायतले विद्यालयको बारेमा जानकारी गराएका थिए । विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेको सोहि कार्यक्रममा विभिन्न विधाका पुरस्कार वितरण गरिएको थियो ।
उत्कृष्ट शिक्षामा समता अघि बढ्दै
2025-03-14T21:07:45+05:45
तपाईको प्रतिक्रिया