बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा स्थापना भएको एभरेष्ट एकेडेमीले अभिभावक दिवस, दीक्षान्त समारोह तथा पुरस्कार वितरण गरेको छ ।
बनेपा नगरपालिका वडा नम्वर ५ का अध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष सुन्दर थापाको सभापतित्वमा सम्पन्न भएको छ । पहिलो चरणको कार्यक्रम फागुन २६ गते सम्पन्न भएको थियो । पहिलो चरणका कक्षा ४ देखि १० सम्म आयोजना गरेकोमा दोश्रो चरणको अभिभावक दिवस प्ले ग्रुप देखि कक्षा ३ सम्मका बालबालिकाहरुका लागि शनिबार दीक्षान्त समारोह भएको हो ।
बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि निरन्तर सक्रिय रहने बताउँदै प्रिन्सिपल अर्जुन थापाले अभिभावकहरुलाई निरन्तर विद्यार्थी र विद्यालय प्रति संवाद जारी राख्न अनुरोध गर्नुभयो । सोही अवसरमा कक्षा युकेजीबाट कक्षा १ मा गएका ७५ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । दिक्षित विद्यार्थीहरुले दृढताका साथ आफु, आफ्नो परिवार र विद्यालयका बारेमा परिचय दिएका थिए । कक्षा ३ सम्म अध्ययन गरी चार जिपिए ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा लेखक शान्ता दाहालले अभिभवाकहरुलाई मनोपरामर्श सहितको उत्प्रेरणा मन्तब्य ब्यक्त गरेकी थिईन् । प्याब्सनका सल्लाहकार महेन्द्र थिङ, अभिभावक उमेश थापा लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले प्रतिभा सहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
एभरेष्टको युकेजीको दीक्षान्त समारोह
2025-03-14T20:27:54+05:45
तपाईको प्रतिक्रिया