बनेपा÷मदन भण्डारी फाउन्डेसन काभ्रेपलाञ्चोकको सहयोग र अनेरास्ववियु काभ्रेपलाञ्चोकको आयोजनामा पाँचखाल नगरपालिका भित्रका १७ विद्यालयका १३६९ किशोरी विद्यार्थी का लागि सेनेटरि प्याड वितरण गरिएको छ । नेकपा एमाले प्रदेश कमिटी सदस्य रिता ढकाल, नेकपा एमाले काभ्रेपाञ्चोक जिल्ला कमिटी सदस्य शालिकराम पराजुली, हरी खतिवडा लगायत अनेरास्ववियु काभ्रेपलाञ्चोक जिल्लाका नेतृत्वको उपस्थितीमा सो कार्य भएको हो ।
मदन भण्डारी फाउन्डेसनका अध्यक्ष कुमार तिमल्सिनाले किशोरीहरुमा यौन तथा प्रजनन् शिक्षाको ज्ञान प्रदान गर्न, सरसफाईको आवश्यकता बुझाउन तथा राजनीतिक संगठनले सामाजिक उत्तरदायित्व बहान गराउन सो कार्य गरेको उल्लेख गर्नुभयो । यसले स्थानीय सरकार किशोरीको स्वास्थ्यको बिषयमा झन गम्भीर बनोस् र सरकारले पनि यस्ता अत्यावश्यक बिषयमा ध्यान केन्द्रीत गरेर योजना बनाओस् भन्ने उदेश्य राखेको उहाँले जानकारी दिनुभयो ।
१७ विद्यालयका १३६९ किशोरीलाई सेनेटरी प्याड
2025-03-12T06:35:53+05:45
तपाईको प्रतिक्रिया