कुशादेवी माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा दोश्रो कार्यकालका लागि श्रीकृष्ण थापा चयन हुनुभएको छ । आम अभिभावकको भेलाबाट शैक्षिक अभियान्ता, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय सचिव थापा दोश्रो कार्यकालका लागि चयन हुनुभएको हो ।
तीन बर्षे कार्यकालको लागि माधव हुँमागाई, रमा तिमल्सिना बजगाई, भवानी हुँमागाई, मोहनप्रसाद बजगाई, भगवती आचार्य, वडाअध्यक्ष पुरुषोत्तम अधिकारी वडा प्रतिनिधि, ओमप्रकाश वाईवा शिक्षक प्रतिनिधि र माधवप्रसाद दाहाल सदस्य सचिवको रुपमा निर्वाचित हुनुभएको हो ।
त्यस्तै, रामप्रसाद हुँमागाईको अध्यक्षमा शिक्षक अभिभावक संघको गठन भएको छ । संघमा सुकुमान तामाङ, सन्तोष सापकोटा, रुपक केसी, सिता सापकोटा, मनिषा विक, सविना थापा कुँवर र सुनिता केसी सदस्यमा चयन भएका छन् ।
कुशादेवी माविको व्यवस्थापन समितिको अध्यक्ष श्रीकृष्ण
2025-03-11T20:39:26+05:45
तपाईको प्रतिक्रिया