
नेकपा एमाले पनौती नगर कमिटीको अध्यक्षमा पुनः सुरेशप्रसाद हुँमागाई नै विजयी हुनुभएको छ । शनिबार राती भएको निर्वाचन र आईतबार बिहान गरिएको मत गणनाले हुँमागाईको अध्यक्षतामा नयाँ कार्य समितिको चयन भएको हो । हुँमागाईले ९२ मत ल्याएर विजयी हुँदै दोश्रो कार्यकालको लागि पनौती एमालेको नगर अध्यक्ष बन्नुभयो । अनेरास्ववियु काभ्रेको पूर्व अध्यक्ष, प्रेस चौतारी नेपालको संस्थापक अध्यक्ष रहनु भएको हुँमागाईको दोश्रो कार्यकालले जिल्ला कमिटीका पूर्व सचिवालय सदस्य तथा पनौती नगरपालिका वडा नं ३ का पूर्व वडा अध्यक्ष किशोर थापालाई पराजित गर्नुभयो । थापाले ५७ मत ल्याउनुभयो ।
उपाध्यक्षमा सन्तोष केसीले ९२ मत ल्याएर विजयी हुनुभयो । उहाँको निकटमत प्रतिस्पर्धी जंगबहादुर जंगमले ४२ मत ल्याउँदा मनिकलाल श्रेष्ठले १० मत ल्याउनुभयो । सचिवमा शिवराम आचार्यले ९९ मत ल्याएर विजयी हुनुभयो । पदाधिकारीमा सबैभन्दा धेरै मत ल्याउनु भएको आचार्यको प्रतिस्पर्धी राजेन्द्र थापाले ४६ मत मात्रै ल्याउनुभयो ।
उपसचिवमा शिवनारायण घुलुले ९६ मत ल्याएर विजयी हुँदा सन्तोष राउतले ३५ मत मात्रै पाउनुभयो । उपसचिव महिलामा उमा थापाले ९६ मत ल्याएर विजयीहुँदा कल्पना विश्वकर्माले ५१ मत ल्याएर पराजित हुनुभयो । पनौतीको संगठित सदस्यको आधारमा २८ जना भुगोलको आधारमा २४ जना गरेर ५२ सदस्यीय चयन भएको छ ।
एमाले पनौतीको अध्यक्षमा सुरेश विजयी
2025-02-16T08:08:27+05:45

तपाईको प्रतिक्रिया