माघ २२ गते मण्डनदेउपुरमा आँखा शिविर


बनेपा । अनेरास्ववियु काभ्रेले मण्डनदेउपुरमा निशुल्क आँखा शिविर गर्ने भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्ने व्रmममा अखिल काभ्रेले मण्डनदेउपुर अखिलसँगको समन्वयमा बृहत निशुल्क आँखा शिविरको आयोजना गर्न लागेको अखिल काभ्रेका सचिव प्रविन पौडेलले जानकारी दिनुभयो ।
माघ २२ गते रेयूकाई आँखा अस्पताल बनेपासँगको समन्वयमा निशुल्क आँखा जाँचसँगै मोेतियाविन्दुको पनि निशुल्क शल्यक्रियाको व्यवस्थापन गरिएको पौडेलले उल्लेख गर्नुभयो । डेडिथुम्का माविमा हुने कार्यक्रममा मोतियाविन्दु हुने सम्भवना भएको उमेर समुहका नागरिकले लाभ लिन अखिल काभ्रेले अनुरोध गरेको छ । बिहान नौ बजेदेखि साँझ चारबजेसम्म शिविरमा आएर सेवा लिन आयोजकले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया