
बनेपा । समुदायमा आधारित रहेर समुदायको हितमा निरन्तर अघि बढेको बुडोल सामुदायिक साकोसको नेपालका २० वटा भरपर्दाे संस्थाको सूचीमा पर्ने २६ औ बार्षिकोत्सवका वक्ताहरुले उल्लेख गर्नुभएको छ । काभ्रेपलाञ्चोक जिल्लामा नमूना कारोबार गर्दै सदस्यहरुको विश्वास आर्जन गरिरहेको बुडोल सामुदायिक सहकारीमा आवद्ध सदस्यहरु आयआर्जन तथा आर्थिक उर्पाजन र स्वरोजारमा केन्द्रित भएको वक्ताहरुले उल्लेख गर्नुभयो ।
सहकारीका अध्यक्ष कैलाश केसीले सहकारीले समुदायमा आधारित रहेर सदस्यको हितमा कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले संस्थाले सदस्यको समस्या समाधान गराउन विशेष पहलकदमी गरेको र सदस्यसँगको सुझावको आधारमा कार्य गर्ने गरेको बताउनुभयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष आमेदेवी मल्लले अध्याधेशले सहकारीलाई तर्साउन खोजेको बताउनुभयो । उहाँले सहकारीलाई सँगसँगै लिएर मात्रै विकास र समृद्धिको यात्रा अघि बढाउन सकिनेमा जोड दिनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले बुडोल सामुदायिक साकोस नेफस्कूनको नजरमा देशभरीका २० वटा राम्रा सहकारीमा बुडोल सामुदायिक साकोस पर्ने बताउनुभयो । उहाँले स्थापनादेखि नै
सहकारीले आफ्नो मर्म अनुसार काम गरिरहेको बताउनुभयो ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष जिबसराज खड्काले बचतको सिमा सहकारीमा लागु हुन नसक्ने बताउनुभयो । बैंकलाई फाईदा हुने हिसाबले भएको निणर्य मान्य हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
बुडोल सामुदायिकले काभ्रेपलाञ्चोक जिल्लामा रहेर सहकारी क्षेत्रमा पु¥याएको योगदान तथा सदस्य केन्द्रित कारोबारबारे नेपालमै नमूना भएकोे बताउँदै सहकारीको विकासमा एउटा विश्व विद्यालय भएको बताउनुभयो ।
सहकारीको विशेष समारोहमा दीर्घ सेवा पदक तथा सम्मानबाट अधिकृत इन्दिरा कार्की के.सी.लाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारी सम्मानबाट बरिष्ठ सहायक सागर कुँवरलाई सम्मान गरिएको थियो । सहकारीले यसै वर्ष देखि विशेष क्षमता (अपाङ्गता) भएका सदस्यलाई सहयोग घोषणा गरेको छ । संस्थामा आवद्ध रहेका सदस्यहरु मध्ये क र ख श्रेणीको अपाङ्गता परिचय पत्र प्राप्त गरेका १५ जना सदस्यहरुलाई सहयोग उपलब्ध गराउने कार्यक्रमघोषणा गरिएको प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखामा निर्वाचित कार्यसमितिलाई अध्यक्ष विनोदकुमार न्यौपानेमार्फत बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अर्जुन सापकोटा, काभे्रपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिका सागरनाथ कपाली, पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद कुमार न्यौपाने लगायत विभिन्न सहकारी तथा संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बार्षिकोत्सव कार्यक्रममा विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगितामा विजयी हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा सर्वमंगला मा.वि., पाँचखाल प्रथम भएको थियो । आठ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ । बनेपाको भक्तेश्वर गोसाइकुण्ड मा.वि, बनेपा दोश्रो भयो । उक्त विद्यालयले नगद ६ हजार ६ सय ६७ रुपैया सहित प्रमाण पत्र प्राप्त गरेको छ । रत्नचुण्डेश्वर मा.वि, बनेपा नालाको विद्यालय तेश्रो भयो । उक्त विद्यालयले नगद ५ हजार ३ सय ३३ रुपैया सहित प्रमाणपत्र प्राप्त गरेको थियो । त्यस्तै सान्त्वना पुरस्कारशुभचामुण्डा मा.वि, बनेपा नालाले प्राप्त ग¥यो । उक्त विदालयले नगद चार हजार सहित प्रमाणपत्र प्राप्त गरेको थियो कार्यक्रममा उत्कृष्ट सदस्य तथा बाल बचतकर्ता सम्मान गरिएको छ । असल बचतकर्ता बसुन्धरा केसी र उत्सव केसी, उत्कृष्ट ऋणी मुनामाई दुलाल र प्रशान्त गिरी, उत्कृष्ट बाल बचतकर्ता रायना श्रेष्ठ र आयन गनेजु, अधिकतम संरक्षित पूँजीफिर्ता कोष तर्फबाट बन्दना न्यौपाने र दिपकरत्न शाक्य सम्मानित भएका छन् । नियमित रक्तदाता रामकुमार भुजेल र सुर्वण केसी सम्मानित भएका छन् ।
भुजेलले १० पटक र केसीले ५ पटक रत्तदान गरेका छन् । त्यस्तै बुसा शैक्षिक सम्मानबाट स्नातकोत्तर तहमा उर्तिण हुने अन्जना देवजु, पस्पा थापा, अप्सरा न्यौपाने र शर्मिला बडाल सम्मानित भएका छन् । स्नातक तह तर्फ शुभेच्छा श्रेष्ठ, गौतम आचार्य, अनिशा रञ्जितकार र रामहरी बुढाथोकी सम्मानित भएका छन् । दश जोड दुई तर्फ २६ जना सम्मानित भएका छन् ।

तपाईको प्रतिक्रिया