नेपाल बुद्धिजीवी परिषद् काभ्रेमा नयाँ नेतृत्व

बनेपा । नेपाल बुद्धिजीवी परिषद् काभ्रेको १० औ जिल्ला अधिवेशन शनिबार बनेपामा भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बाँस्कोटाले नेपालको वर्तमान अवस्थासँगै काभ्रेपलाञ्चोक जिल्लाले लिएको विकास र समृद्धिका आधारहरुलाई व्यवहारमा उतार्दै गएकाले त्यसको वकालत तथा त्यसका बारेमा सहि र गलत विषय उठानमा ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले नागरिकहरुको जीवनस्तर, त्यसको आधार र भईरहेका कार्यका बारेमा समेत बुद्धिजीवीहरुले धारणा सार्वजनिक गर्नु पर्नेमा जोड दिनुभयो । जिल्ला अध्यक्ष डा.अम्बुभवानी कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव भिमसेन केसीले संचालन गर्नुभयो । कार्यक्रममा बुद्धिजिवी परिषद्का केन्द्रिय उपाध्यक्ष विधान आचार्यले बुद्धिजिवीहरुको योगदान, क्षमता र योग्यताको ब्यवस्थापन तथा सहि सदुपयोगका लागि नेकपा एमालेले लिएका कार्यनितीहरु सहि भएको दाबी गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सचिव डा. दिपेन्द्र श्रेष्ठद्धारा समृद्ध काभ्रेका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । बागमती प्रदेशका अध्यक्ष प्रा. डा.ईश्वर कोईराला, सचिव छमिन्द्र खतिवडा, कोषाध्यक्ष अन्जु केसी लगायतको सहभागिता थियो । उपाध्यक्ष विरबहादुर थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष देवसागर लामा, बुद्धिजीवी परिषद्का पुर्व अध्यक्ष रामशरण लुईटेल, बनेपा नगर अध्यक्ष श्रीकृष्ण पाण्डेले मन्तव्य राख्नुभयो । सोही अवसरमा पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
स्व.केदारनाथ प्रधान संस्थापक अध्यक्ष रहेको उक्त परिषद्मा गोविन्दलाल प्रधानाङ्ग, शिवप्रसाद सिग्देल, तुयुकाजी ताम्राकार, रामशरण लुईटेल लगायत अध्यक्ष थिए । संस्थापक अध्यक्ष स्व.केदारनाथ प्रधानलाई मरणोपरान्त सम्मान गरिएको थियो । अधिबेशनको बन्द सत्रले केशव थापाको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन भएको छ । सचिवमा भीमसेन केसी, उप–सचिवमा शिवराम सिग्देल, कोषाध्यक्षमा निर्मला सापकोटा भुर्तेल निर्वाचित हुनुभयो । सदस्यमा श्रीकृष्ण पाण्डे, आर काफ्ले, शिव प्रसाद बञ्जारा, नरहरि कुँवर, माधव नेपाल, भवानी पाण्डे निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया