काभ्रेभञ्ज्याङ आगलागी पीड़ित लाई राहत लिएर पुगे रेडक्रस मन्त्री र उप मन्त्री

धुलिखेल – धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङमा फर्निचरमा आगलागी पीड़ित लाई नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले प्रारम्भिक राहत वितरण गरिएको छ ।

आगलागी पिडितहरुलाई नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका मन्त्री राजु सिग्देल, उपमन्त्री प्रदीप केसी र सदस्य जगनाथ गिरी राहत लिएर पुगेका थिए । बिपदमा स्थानीय सरकार भन्दा माथी रेडक्रस भन्ने घटना स्थल पुगेर रेडक्रस कर्मीले पुष्ठी गरेकाछन ।

स्थानीय श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिद्युत सर्ट भई आगलागी हुँदा फर्निचरमा काम गर्ने ७० वर्षीय टिकादेबी दंगालको जलेर मृत्यु भएको थियो भने काठमाण्डौ शंखरापुर न.पा. १ नाङ्लाभारे बस्ने बर्ष ७३ को तोयानाथ दंगाल घाईते अवस्थामा अस्पताल पु¥याइएको थियो । टिकादेबी तोयानाथकी श्रीमती हुन् । तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रेडक्रसले आगोलागी पीड़ित ५ घर परिवार लाई डिकिनिटी किट, म्याट, कंबल, पाल, डोरी लगायत लत्ताकपाड़ा बितरण गरिएको काभ्रे शाखा उप मन्त्री प्रदीप केसीले जानकारी दिए । रेडक्रस मार्फ़त तत्कालको लागी आवश्यक चाहिने सामग्री शनिवार बिहानै रेडक्रसको टिम पुगेर बितरण गरिएको केसीले बताए ।

आगलागीबाट फर्निचर नजिकै रहेको कृष्ण बि.क. को ढुङगा माटो जस्ताले बनेको एक तले कच्ची घर, धुर्व बहादुर बि.क. को जस्ताले बेरेको जस्ताले छाएको एक तले टहरोमा समेत क्षति भएको छ । कृष्ण बि.क. को सात लाख बराबरको क्षती भएको र ध्रुव बहादुर बि.क.को तिन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

गएराति ९ बजेको समयमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरिक्षक बसुन्धरा खड्काको कमाण्डमा ४० जनाको प्रहरी टोली खटिएको थियो । यस्तै ५ वटा दमकल, नेपालि सेना, शसस्त्र प्रहरी र स्थानियको सहयोगमा शनिवार बिहान नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया