धुलिखेल÷ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आउँदो चैत्र १४ देखि १८ गते सम्म अर्थात मार्च २७ देखि ३१ सम्म काठमाडौं विश्वविद्यालयमो अन्तराष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनको तयारी, उद्धेश्य तथा व्यवस्थापनका बारेमा जानकारी दिन आयोजित संचारकर्मीसँगको अन्र्तक्रिया कार्यक्रममा समन्वय समिति प्रमुख दीपक गौतमले सम्मेलनको महत्वसँगै सम्मेलन अवधीभर आयोजना हुने गतिविधिको अवगत गराउनुभयो ।
सम्मेलनमा कम्तिमा ७७ मुलुकबाट करिव ३ लाख युवाहरुले अवलोकन गर्ने अपेक्षा गरिएको उहाँले स्पष्ट पार्नुभयो । सम्मेलनमा कन्र्सट, समुहगत छलफल तथा स्टलहरु रहनेछन् । २ सय भन्दा धेरै वक्ता दश हजार डेलिगेट्सले समुहगत छलफलमा भाग लिने र ५० भन्दा धेरै इभेन्ट उक्त सम्मेलन अवधीमा आयोजना गरिने दाबी पत्रकार सम्मेलनमा गौतमले गर्नुभयो ।
सम्मेलनको प्रचार प्रसार गर्ने उदेश्यले ५ लाख पुरस्कार राशीको विद्यालय स्तरीय फुटसल प्रतियोगिता आयोजना गरिने भएको छ । माघ १७ देखि १९ गतेसम्म आयोजना हुने फुटसल प्रतियोगिता खुल्ला तथा अन्तर विद्यालय स्तरीय हुनेछ ।
स्थानीय उत्पादन प्रर्दशनी, विषय विज्ञताका आधारमा समुहगत छलफल लगायतका कार्यक्रमहरु आयोजना हुनेछन् । हरेक दिन फरक फरक विषयमा सम्मेलनमा छलफल हुनेछ । यस अघि जिल्ला समन्वय समितिको आयोजनामा कृषि महोत्सव, खेल महोत्सव लगायतका जिल्ला स्तरका कार्यक्रम आयोजना गर्ने तयारी छ ।
धुलिखेलमा अन्तराष्ट्रिय युवा सम्मेलन
2025-01-21T20:01:57+05:45
तपाईको प्रतिक्रिया