बनेपा÷ अध्यापन तथा प्रयोगात्मक कृयाकलापलाई फरक ढङ्गबाट गर्दा सफल बन्न सक्ने उदाहरण काभ्रे ईङ्गलिश सेकेण्डरी स्कूलले प्रमाणित गरेको छ । पटक पटक तत्कालिन एसएलसीको बोर्डमा पर्ने मात्रै हैन जिल्ला प्रथम हुने विद्यालयले अतिरिक्त कृयाकलापमा समेत आफ्नो अब्बलता प्रस्तुत गरिसकेको छ ।
त्यो श्रृंखला विद्यालयले मंगलबार पनि निरन्तरता दिएको छ । विद्यालय प्राङ्गणमा कक्षा २ देखि नौसम्मका विद्यार्थीका फरक फरक समुहले तयार पारेको विज्ञान, गणित र आविष्कारका सामाग्री प्रस्तुत गर्नुभयो ।
काभ्रेपलाञ्चोक जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा रहेको काभ्रे काभ्रे इङ्गलिश माध्यमिक विद्यालय पनौतीले कक्षा २ देखि नौ
सम्मका विद्यार्थीले तयार पारेका रचनात्मक सृजनाको सार्वजनिक गरेको छ । मंगलबार आफ्नो विद्यालय हातामा शिक्षासेवी, समाजसेवी, अभिभावक तथा सरोकारवाला निकायका प्रभुत्व व्यक्तीको उपस्थितीमा विज्ञान प्रदर्शनी गरेको छ ।
प्रदर्शनीमा विद्यार्थिहरुले ९० वटा स्टल मार्फत विज्ञान तथा रोबोटिक्ससँङ सम्बन्धित सामग्री प्रदर्शन गरि आफुमा भएको सीप र क्षमतालाई प्रस्तुत गरेको विद्यालयका प्राचार्य वसन्त नेपालले जानकारी दिनुभयो । उहाँले प्रदर्शनीमा विद्यार्थीहरुले आफूले पढेका र जानेका कुरालाई ब्यवहारिक प्रयोगमार्फत देखाउनुभएको थियो । ८२ वटा विज्ञान प्रर्दशनी तथा सातबटा खानाको स्टल विद्यार्थीले राख्नु भएको थियो ।
कार्यक्रममा काभ्रे शिक्षा विकास प्रतिष्ठानका व्यवस्थापन सदस्य शान्तिराज कायस्थ,भुवनकाजी मानन्धर, बालभक्त प्रधान,ईन्द्रबहादुर श्रेष्ठ तथा काभ्रे प्याब्सनका पदाधिकारी तथा सदस्यहरू र विद्यालयका अभिभावकहरूको उपस्थिती थियो ।
प्राचार्य नेपालले विद्यार्थीलाई शैक्षिक विकासका लागि विभिन्न किसिमका व्यवहारिक ज्ञान लाई पाठ्यपुस्तकसँग जोड्दै तथा खोजमूलक र प्रदर्शनमूलक कार्यक्रम राख्दा चौतर्फी विकास साथै बौद्धिक विकासमा अत्यन्त सहयोग पुग्ने र यस्तो कार्यक्रम विद्यार्थीहरू खुसी रहेर उत्सुकताका साथ कार्यक्रममा सहभागी भएको कुरा बताउनुभयो । उपस्थितिमा रहनुभएका अभिभावकतथा आगन्तुक वर्गहरूले विद्यालयलाई अत्यन्त आवश्यक पर्ने कुराहरू र पाठमा रहेका विद्यार्थीका विषयलाई उठान गरेको कुरामा अभिभावक खुसी भएको बताउनुभयो । कार्यक्रममा विज्ञानका प्रदर्शनहरू हिसाबका खेलहरू सामाजिक खेलहरू नेपाली व्याकरणका कुराहरू संस्कृतका श्लोकहरु र रोबोटिक्स जस्ता विज्ञानका विषयहरूमा भरपुर रुपमा विद्यार्थीले आफ्नो प्रतिभाहरुलाई प्रस्तुत गरेको पाइएको थियो।विषय विभाग हरूमा भिन्नाभिन्नै स्टलहरू रहेको थियो ।
विद्यार्थीहरूबाटै खाजा तथा चिया लगायतका खानेकुराहरूको पनि रहेको थियो । यस कार्यक्रम विगतका वर्षहरूदेखि नै निरन्तर रुपमा चल्दै आएको बताउनुभयो।
तपाईको प्रतिक्रिया