अशोक बुद्ध लामा, तेमाल– जिल्लाको तेमाल गाउँपालिका वडा नम्वर ७ काल्दार स्थित खड्केश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ज्ञान बहादुर लामा आर्यनले विद्यालय पोशाक, झोला र स्टेशनरी सामाग्री सहयोग गरेको हो । विद्यालय आयोजित कार्यक्रममा लामाले विद्यालयका सम्पुर्ण बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै लामाले आफुले शिक्षाको क्षेत्रमा केही राम्रो गर्न चाहेको र शिक्षाको क्षेत्रमा सकेको सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो, कार्मथलो टाढा भएपछि आफ्नो जन्मथलोमा सकेको सबैले गर्नुपर्ने भन्दै केही समय अगाडी सिन्धुली जनजागृति माध्यमिक विद्यालय फिक्कल गाउँपालिका वडा नम्बर १ सिन्धुलीमा पनि सकेको आर्थिक सहयोग गरेको स्मरण गर्दै आफुले शिक्षाको क्षेत्रमा गरिने सहयोग निरन्तर रहने बताउनुभयो ।
कार्यक्रम बोल्दै तेमाल गाउँपालिका वडा नं ७ को पुर्व वडा अध्यक्ष ज्ञान बहादुर लामाले समाज विकासको लागि शिक्षामा सुधार हुनुपर्ने त्यसको लागि सबै निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो । बालबालिका भविष्यको कार्णधार भएकोले यसले शिक्षाको उपलब्धिमा सहयोग हुने बताउनुभयो ।
विद्यालयमा सहयोगमा गर्नुभएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पंचमान लामाले विद्यालयमा सहयोग गरेकोमा कृतज्ञ प्रकट गर्दै शैक्षिक सामाग्रीले विद्यालयको शैक्षिक उन्नतिमा सहयोग हुने विश्वास व्यक्त गर्दै सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गरे ।
कार्यक्रममा शिक्षकशिक्षिकाहरु,तामाङ पत्रकार संघ काभ्रेका सचिव अशोक बुद्ध लामा र युवा नेता मनिक मोक्तान अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया