प्रल्हाद थापा नेपाली कांगे्रस काभ्रेपलाञ्चोकको जिल्ला सदस्यमा मनोनित हुनुभएको छ । युवा व्यवसायी थापा पाँचखालमा प्रभावशाली नेताको रुपमा परिचित हुनुहुन्छ । हेभि ईक्वुपमेन्ट व्यवसायी थापालाई नेपाली काग्रेस काभ्रेको बुधबार बसेको बैठकले जिल्ला सदस्यमा मनोनित गरेको हो ।
नेपाली कांग्रेसका नेता रमेश हुँमागाईका अनुसार थापालाई नियमित बैठकबाट जिल्ला सदस्यमा मनोनित गरेको जानकारी दिनुभयो । यसअघि नेपाली कांग्रेसको क्षेत्र नं ४ को कोषाध्यक्षको जिम्मेवारी पुरा गर्नुभएको थियो ।
उहाँसँगै ईन्द्रबहादुर खड्का, हेमा मानन्धर, पेमा नाम्गेल लामालाई जिल्ला सदस्यमा, बद्रीराज तिमल्सिना काभ्रे काठमाडौं सम्पर्क समितीको संयोजक तथा पुरुषोत्तम कर्माचार्यलाई लोकतान्त्रिक खेलकुद महासंघको अध्यक्षमा मनोनित गरिएको छ ।
तपाईको प्रतिक्रिया