फोनिज काभ्रेपलाञ्चोकको छेटौं अधिवेशन,अध्यक्षमा इन्द्रनै दोहोरिए

धुलिखेल÷नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) को जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष गजुरधन राईले गर्नुभएको छ । फोनिजले देशभरका जिल्लाहरुमा अधिबेशन गरिरहेको छ ।
अधिबेशनको उद्घाटन सत्रमा रोशी गाउँपालिकाका अध्यक्ष एवं फोनिजका जिल्ला संस्थापक अध्यक्ष दिनेश लामा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने, पुर्व अध्यक्षहरु महेश पौडेल र मोतीराम तिमल्सिना, फोनिज बागमती प्रदेशका इन्चार्ज पेमा लामा, अध्यक्ष इन्द्र थापा, सचिव सुरज श्रेष्ठ, जिल्ला स्थित प्रेससँग सम्वन्धित संघ संस्थाका अध्यक्षहरुले अधिबेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए । फोनिजमा नयाँ र नविकरण गरी ६३ सदस्य आवद्ध छन् ।

फोनिज काभ्रेमा पुनः इन्द्रकै नेतृत्व


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको छैठौं अधिवेशनबाट पुनः सर्वसम्मत इन्द्रबहादुर थापा मगर नेतृत्वको कार्यसमिति बनेको छ । सर्वसम्मत नेतृत्वमा भएको समितिको उपाध्यक्षमा भेषराज दनुवार,सचिवमा सनम सुवाल,सह-सचिब: बिपश्न शाक्य,कोषाध्यक्षमा धन बहादुर लामा (डिबि) निर्वाचित हुनुभयो । समितिको सदस्यमा चन्द्र बहादुर लामा,अशोक बुद्ध लामा मिप्चन,चेत बहादुर माझी र सन्देश घले निर्वाचित भएका छ्न ।

तपाईको प्रतिक्रिया