
बनेपा÷ बनेपामा कार्यालय रहेका प्रिमियर र आयाम साकोस एक भएका छन् । शनिबार सहकारी अभियान्ताको उपस्थितीमा दुई सहकारीबीच एकीकरण भएको हो ।
संस्थाको एकीकरण पछिको साधारण सभा बामगती बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धब सापकोटा सहितका सहकारी अभियान्ताको उपस्थितीमा एकीकरण सभा भएको हो ।
पूर्णलाल रञ्जितले साधारण सभा प्रस्तुत गरिने विषय, १३ औ बार्षिक साधारण पछि एकीकरणसँगै संयुक्त सभाका विषयहरु प्रस्तुत गर्नुभयो । एकीकरण पछि संस्थाको नाम प्रिमियर आयाम रहने उहाँले जानकारी दिनुभयो ।
साधारण सभाामा जारी गरिएको प्रतिवेदनमा संस्थामा ७ हजार ५ सय ६ जना शेयर सदस्य, शेयर पुँजी ४ करोड ३९ लाख ३९ हजार,जगेडा कोषमा २ करोड ७८ लाख ४५ हजार ४ सय ५८ रहेको छ भने कुल वासलात ४६ करोड ९४ लाख ११ हजार २ सय १७ रुपैया रहेको उल्लेख गरिएको छ ।
सचिव राजन सापकोटाले बार्षिक प्रतिवेदन र व्यवस्थापकीय प्रतिवेदन सन्तोष दाहालले प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक अनुप धितालले प्रस्तुत गरेका थिए भने आयाम साकोसका अध्यक्ष श्याम थापाले प्रतिवेदन प्रस्तुत गर्नुभयो । सभामा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, काभ्रेपलाञ्चोक जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष सागरनाथ कपाली, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, राष्ट्रिय बाणिज्य बैक कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष बद्रि तिमल्सिना, राष्ट्रिय सहकारी बैक बनेपा शाखाका प्रवन्धक उपेन्द्र दाहाल, सहकारी अभियान्ताहरु, विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुले सहभागिता थियो । सभाको बन्द सत्रले अध्यक्षमा पूर्णलाल रञ्जितलाई सर्वसम्मत चयन गरेको छ भने उपाध्यक्षमा श्याम थापा, सचिव राजन सापकोटा, कोषाध्यक्ष सुनिल चौलागाई निर्विरोध चयन हुनुभएको छ । संचालक सदस्यहरुमा राजन घिमिरे, नारायणप्रसाद दाहाल, ठकनप्रसाद तिमल्सिना, कल्पना केसी दाहाल र सम्झना थापा रहेका छन् । लेखा सुपरिवेक्षण समितिमा संयोजक डम्बरबहादुर लम्साल र सदस्यहरुमा गोकुल रञ्जितकार र विष्णुप्रसाद नराल हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया