मण्डनबाट देखायो कांग्रेसले एकताको सन्देश

काभ्रेपलाञ्चोकमा नेपाली कांग्रेसका कार्यक्रम भनेपछि सबै नेता एकै ठाउँमा विरलै देखिने गरेपनि शनिबार मण्डनदेउपुरको हिगुवापाटीमा आयोजित कार्यक्रममा बरिष्ठदेखि कनिष्टसम्मका नेता एकै ठाउँमा देखिए । एकै ठाउँमा देखिएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काभ्रेको प्रतिनिधि जितजंग बस्नेतले भाषणमै भनिहाले, पहिलो पटक एकै पटक सबै नेतालाई एकै ठाउँमा देखियो । एकै मंञ्चमा देखिएपनि गुटको आगो काभ्रेमा नराम्रोसँग सल्किएको छ । क्याम्प परिर्वतन गर्नेदेखि एकअर्कालाई आरोप प्रत्यारोप लगाउने काम चलिरहेको छ । तर एकै ठाउँमा नेतादेखिपछि कार्यकर्ताले एकताको रुपमा हेरेका छन् ।
प्रमुख अतिथी केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पनि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबीचको एकताले दुबै जिल्लाका कांग्रेसलाई फाईदा पुग्ने बताउनुभयो । उहाँले दुबै जिल्ला मिल्न सके आउँदो चुनावमा विजयी हुने विश्वास दिलाउन खोज्नुभयो ।
कांग्रेसका स्थानीयदेखि केन्द्रसम्मका नेताहरु एकै मंञ्चमा उभ्याउन सफल भने मण्डनदेउपुरले गर्न सफल भयो । नेपाली कांग्रेस मण्डनदेउपुर नगर समितिले केन्द्रले संचालन गरेको सय दिने विशेष अभियानको सुभारम्भमा सबै नेता एकै ठाउँमा पुगेका थिए ।
बाढी पहिरोको कारणले एक महिना धकेलिएको अभियानको शनिबार विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले समुद्घाटन गर्नुभयो । हिगुवापाटीमा आयोजित विशेष समारोहका बीचमा अभियानको शुभारम्भ तथा नेपाली कांग्रेस मण्डन देउपुरको दोश्रो नगर अधिवेशन आयोजनामा जिल्लाका कांग्रेसका अधिकाशं नेताको उपस्थिती रहेको थियो ।
नेपाली कांग्रेस मण्डनदेउपुरका सभापति कश्यपप्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा काभ्रेबाट केन्द्रमा प्रतिनिधित्व गर्नुहुने पार्टी, भातृ र शुभेच्छुक संगठनका नेताहरुको उपस्थिती रहेको थियो ।
नेपाली कांग्रेसले विशुद्ध पार्टीको सांगठनिक कामका परिचालित हुने गरी सय दिने अभियानको घोषणा अघि सारे अनुसार मण्डनदेउपुरमा समेत सुभारम्भ भएसँगै अब टोलटोलमा कांग्रेस पुग्नेछ । ठूलो संख्यामा कार्यकर्ताको उपस्थिती देखेसँगै कांग्रेस मण्डनदेउपुरमा हौसिएको छ ।
केन्द्रीय नेतालाई १०० दिनसम्म तोकिएको जिल्लामा संगठनमा खट्ने गरी केन्द्रले कार्यादेश तयार पारे अनुसार काभ्रेमा पनि केन्द्रीय नेता सहित अभियान अघि बढाउने कार्य भएको छ ।
उपसभापति विष्णुमणि नेपालले स्वागत गर्नुभएको कार्यक्रममा जितजंग बस्नेत, शिवप्रसाद हुँमागाई, मधुप्रसाद आचार्य, गणेश लामा,अच्युतप्रसाद पौडेल, कंञ्चनचन्द्र वादेश्रेष्ठ, तिर्थ लामा, महेश खरेलले मन्तव्य राख्नुभयो ।
महिला नेतृ लिला नेपाल, भोला नेपाल, रामहरि सापकोटा, आनन्द सापकोटा, नारायण सापकोटा, माधव ढकाल, ठाकुर न्यौपाने, वडाअध्यक्षको तर्फबाट पुरुषोत्तम बजगाई, वडा सभापतिको तर्फबाट वडा नं १२ का सभापति ज्ञानेन्द्र पराजुलीले पार्टीको अवस्थाको बारेमा जानकारी गराएका थिए । मण्डनबाट एकताको सन्देश दिएको काभ्रेको कांग्रेसको एकता कतिदिन टिक्ला भनेर सोही कार्यक्रममा सहभागी एक कार्यकर्ताले भनिहाले ।

तपाईको प्रतिक्रिया