बनेपा । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले पूर्व अध्यक्ष सम्मिलित सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ । शाखा अध्यक्ष विनोदकुमार न्यौपानेको अध्यक्षतामा शनिवार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकलेशाखालाई सल्लाह, सुझाव र मार्गदर्शन प्रदान गर्न सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको सचिव नगेन्द्र अधिकारीले जानकारी दिनुभयो । सल्लाहकार परिषद्मा पूर्वअध्यक्षहरु भोजराज तिमिल्सना, इश्वरीप्रसाद ओझा, भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमल्सिना, बद्रिप्रसाद तिमल्सिना हुनुहुन्छ । बैठकले शाखाको आगामी ३ बर्षे कार्ययोजना निर्माण गर्न अध्यक्ष न्यौपानेकै संयोजकत्वमा पदाधिकारी सम्मिलित ७ सदस्य कार्यदल गठन गरेको छ ।
तीन बर्षे योजना बनाउन कार्यदल, सल्लाहकार परिषद् गठन
2024-12-28T16:35:56+05:45
तपाईको प्रतिक्रिया