प्रमुख अतिथीलाई खुुत्रुके, श्रमिकलाई सम्मान

बनेपा । सहकारीले साधारण सभामा मायाँको चिनाको रुपमा अनेकौ सामाग्री दिने गरेको छ । तर श्रमिकसँग आबद्ध रहेर श्रमिककै पक्षमा उभिएको बनेपा नपा ८ मा रहेको श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभाको अवसरमा प्रमुख अतिथी बागमती प्रदेशको सांसद रुकु चौलागाईलाई मायाको चिनोको रुपमा खुुत्रुके दिएको छ ।
सहकारीको काम भनेको बचत गर्न प्रोत्साहन रहेको र आफ्नै सहकारीको सदस्यले उत्पादन गरेको सामानलाई मायाको चिनोको रुपमा खुत्रुके दिएको संस्थाका अध्यक्ष राजन अधिकारीले बताउनुभयो । उहाँले संस्थाले एक बर्षमा गरेको प्रगतिको बारेमा सभामा जानकारी गराउनुभयो ।
प्रमुख अतिथी सांसद चौलागाईले सहकारीको भिडमा श्रमिक साकोसको विशिष्ट पहिचान भएको बताउनुभयो । उहाँले सहकारीको समस्याको बारेमा ध्यानाकर्षण गराएको बताउनुभयो । अर्थतन्त्रको खम्बाको रुपमा रहेको सहकारीको विकास सरकारले काम गर्न आवश्यक रहेको बताउनुभयो ।
श्रमजिविको जीवनस्तर उकास्न सहकारीले भुमिका खेल्न आवश्यक रहेको बताउँदै उहाँले श्रमिक साकोसले श्रमिकसँग नजिक रहेर काम गरेको बताउनुभयो ।
साधारण सभामा नेपाल पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष केशवराज पौडेलले श्रमिक सहकारी वास्तवमा श्रमजिवीको साथी भएको जिकिर गर्नुभयो ।
सचिव अम्बिका तिमल्सिनाले प्रगति, कोषाध्यक्ष गणेशकुमार तामाङ्गले आर्थिक, लेखा समितिको संयोजक तुलसीराम रिजालले लेखा समितिको प्रतिवेदन पेस गर्नुभएको थियो ।
कार्यक्रममा संस्थासँग ऋण सेवा लिएर स्वरोजगार बन्नु भएका अटोचालकलाई समेत सम्मान गरिएको छ । सहकारीमा २२ सय सदस्य रहेका छन् ।
सम्पादक पौडेललाई सम्मान

साधारण सभाको अवसर पारेर काभ्रे हेडलाईन डटकमका सम्पादक केशवराज पौडेललाई सम्मान गरिएको छ । एक कार्य क्रमका बीच नेपाल पत्रकार महासंघ काभे्रेको कोषाध्यक्षमा निर्वाचित हुनुभएकोमा पौडेललाई श्रमिकले सम्मान गरेको हो । सोही अवसरमा संस्थाको सचिव अम्बिका तिमल्सिना जिल्ला सहकारी संघको सदस्यमा निर्वाचित हुनुभएकोमा सम्मान गरिएको छ ।
हजारौं युवालाई सिप सिकाएर रोजगार बनाउने बिएमके डाईभिङ्ग सेन्टरका रुपेश काफ्लेलाई सोही अवसरमा सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया