२५ कार्यक्रम गरेर रजत जयन्ती मनाउँदै संकल्प स्वेक


महादेवस्थान÷मण्डनदेउपुर नगरपालिकाकै ठूलो सहकारीको रुपमा रहेको संकल्प स्वेक बचत तथा ऋण् सहकारी संस्थाले २५ संस्था स्थापनाको २५ बर्षमा २५ कार्यक्रम आयोजना गरेर रजत महोत्सव मनाउने निर्णय गरेको छ । पौष १० गते सम्पन्न हुने २५ औं स्थापना दिवस तथा रजत महोत्सव २०८१ लाई व्यवस्थित बनाउन १०१ सदस्यीय मूल समारोह समितिको बैठकले २५ वटा कार्यक्रम गर्ने निर्णय गरेको हो ।
संस्थाका अध्यक्ष बद्री प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले २५ औं स्थापना दिवस उल्लासमय वातावरणमा सम्पन्न गर्न विभिन्न उपसमिती निर्माण गरेको छ । रजत महोत्सवको दिन पारेर साँस्कृतिक कार्यक्रम रक्तदान सम्मान तथा अभिनन्दन साथै डकुमेन्ट्री निर्माण गर्ने निर्णय संस्थाले गरेको छ ।
संस्थाको २४ वर्षका गतिविधी प्रस्तुत गर्ने र रजत जयन्ती वर्ष भित्र संस्थाका गतिविधी लाई लिपिबद्ध गर्न संकल्प स्वेक स्मारिका २०८१ तयार गरि विमोचन गर्ने कार्यक्रम लगायतको २५ वटा कार्यक्रम सम्पन्न गर्ने सर्वसम्मत निर्णय गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।
रजत वर्षका लागि तयार परिएको कार्यपत्र तथा लोगो संस्थाका अध्यक्ष श्री बद्री प्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको कार्यपत्र तथा लोगो लाई परित गरेको छ । संस्थाका व्यवस्थापक श्याम कुमार श्रेष्ठले रजत महोत्सवको तयारी भइरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया