जनमैत्री सधै अब्बल सधै उत्कृष्ट


रयाले÷बिहावर क्षेत्रकै अब्बल र अग्रणी सहकारीको रुपमा स्थापित श्री जनमैत्री बचत तथा ऋण सहकारी संस्था लि.को पाँचौ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । पनौती नगरपालिका वडा नं १ मा रहेको सो सहकारीको बन्द सत्रले राजकुमार सापकोटाको अध्यक्षतामा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्ष रामचन्द्र सापकोटा,सचिव श्यामहरी सापकोटा, कोषाध्यक्ष तिर्थराज सापकोटा, सहसचिव अनिता न्यासुर चयन हुनुभएको छ ।
कार्यसमिति सदस्यहरुमा सुन्तली तामाङ,बालकृष्ण बहादुर तामाङ नारायण श्रेष्ठ,साधुराम सापकोटा,लोकनाथ सापकोटा,भोलानाथ सापकोटा,निर्मला सापकोटा, विजय सापकोटा,शर्मिला फुयाँल सापकोटा र राजकुमार रञ्जितकार हुनुहुन्छ ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रदीप सापकोटा र सदस्यमा लिलानाथ गौतम र मन्दिरा हुमागाईँ सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थले मुलुकमा सहकारीकर्मी भन्दा मुख लुकाउनु पर्ने परिस्थिति सृजना हुनु दुखत रहेको उल्लेख गर्नुभयो । समयमै राज्यले नियमन र अनुगमन गर्न नसक्दा यस्तो अवस्था आएको उहाँले बताउनुभयो ।
समुदायमा आधारित सहकारी बलियो र समुदायमा आधारित सदस्य भएका सहकारी मात्र टिकेका उहाँले स्पष्ट पार्नुभयो ।
जनमैत्री समुदायमा आधारित भएको र यसका सञ्चालकहरु इमान्दार सहकारीकर्मी भएकोले यस्तो संकटमा पनि जनमैत्रीले नाफा गर्नु र सुशासनयुक्त सहकारी सञ्चालन गर्नसकेको हो भन्नेमा कायस्थले जोड दिए ।
हिमालयन लिक्की फाउण्डेशनका नेपाल प्रतिनिधि पदम बहादुर तामाङले महिलाहरुको समुह गठन र परिचालन गरी उनीहरुमार्फत विभिन्न व्यवसायिक गतिविधि गर्न,उनीहरुलाई प्राविधिक परामर्श र तालिमहरु दिन जनमैत्रीसँग फाउण्डेशनले सहकार्य गरेको बताउँदै आगामी दिनमा पनि सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बागमति प्रदेश सहकारी संघका सदस्य कृष्णप्रसाद तिमल्सिना,जिल्ला सहकारी संघका सञ्चालक सागर रंजित,वरपिपल बहुउद्धेश्यीय सहकारीका व्यवस्थापक लक्ष्मण सापकोटा लगायतले शुभकामना मन्तब्य राख्नुभयो । तीन हजार ७६ शेयर सदस्य रहेको जनमैत्री साकोसको शेयर पूँजी ३ करोड १३ लाख पैतालीस हजार छ ।

तपाईको प्रतिक्रिया