चारदोबाटोमा प्रहरी नाँच्न थालेपछि

अघिपछि सवारी साधनकोे चेकजाँच गर्ने, बटुवालाई सडक काट्न सहयोग गर्ने महिला प्रहरीहरु स्पिकरमा गित बजाएर नाँच्न थालेपछि बनेपाको चारदोवाटोमा मानिसहरु अचम्ममा परे । प्रहरी नै गितमा नाँच्न थालेपछि त्यहाँ सर्वसाधारणको चासो हुने सामान्य नै थियो ।
मंञ्चको अघिल्लोतिर राखिएका बेन्चमा बसेर नृत्यको आनन्द लिन थाले । मञ्चको अघिल्लो तिर राखिएको व्यानर थियो, लैङ्कि हिंसा बिरुद्धको १६ दिने अभियान तथा लागू औषध नियन्त्रणको बारेमा सेचतामूलक कार्यक्रम । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेले बनेपाको चारदोवाटोमा लैकिंग हिंसा बिरुद्धको १६ अभियान अन्तरगत जनचेतनामूलक सडक नाटकको आयोजना गरेको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, बनेपाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोेटा, एसपी बसुन्धरा खड्का उपस्थितीमा सचेतनामूलक नाटक प्रर्दशन गरेको थियो ।
जिल्लामै सबैभन्दा धेरै मानिसको आवतजावत हुने स्थानको रुपमा रहेको चारदोबाटो चोकमा दर्जनौेको संख्यामा स्थानीयको उपस्थितीमा सो नाटक मंचन गरिएको थियो भने नेपाल प्रहरीका कलाकारले नृत्य प्रस्तुत गरेका थिए । त्यसपछि काठमाडौं विश्व विद्यालयमा अध्ययरत विद्यार्थीले समाजमा कसरी पुरुषले महिलाको हिंसा गरिरहेका छन् भन्ने बारेमा सडक नाटक प्रस्तुत गरेपछि सबैले चासोका साथ हेरिरहेका थिए । काभ्रेका प्रहरी प्रशासनले कसरी पढेलेखेका भनिएका व्यक्तीबाट पनि महिलाहरु हिंसामा पर्ने गरेको र महिलाहरुले आफ्नो हिंसा लुकाउने गरेका छन् भन्ने देखिएको थियो । हिंसा रोक्न बोल्नु पर्छ र प्रतिकार गर्न सक्नुपर्छ भन्ने सन्देश बोकेको नाटकलाई स्थानीयले रुचीका साथ हेरेका थिए ।

तपाईको प्रतिक्रिया