
प्रहरीले काभ्रेपलाञ्चोकको बोर्डर साँगाबाट आधा किलो ५८ ग्राम सुन सहित दुई जनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ हुनुहुन्छ । । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको विज्ञप्तिमा भनिएको छ ।
काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरकोकारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको प्रहरीले उक्त सुन बरामद गरेको थियो ।
काभ्रेको बोर्डर साँगाबाट समातियो आधाकिलो सुन
2024-12-09T17:55:32+05:45

तपाईको प्रतिक्रिया