
बनेपा÷ मंसिर २८ गतेका लागि तय भएको नेपाल पत्रकार महासंघको महाधिवेशनको सदस्यहरुको अन्तिम मतदाता नामावली सार्वजनिक भएको छ । महासंघको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखाबाट प्राप्त नामावलीअनुसार सदस्यहरुको अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो ।
नामावली नेपाल पत्रकार महासंघको वेबसाइट तथा निर्वाचन कार्यालयको सूचना पार्टीमा हेर्न सकिने निर्वाचत समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिए । निर्वाचन समितिको सूचनाअनुसार मंसिर २८ मा हुने निर्वाचनमा सहभागी हुन अन्तिम सूचीमा नाम समावेश रहेका सदस्यले विधानबमोजिमको शुल्क भुक्तानी गरेको हुनुपर्नेछ । मतदाता नामावली प्रकाशनलगत्तै मंगलबार नै महासंघका कार्यबाहक अध्यक्ष बाला अधिकारीले महासंघको निर्वाचनलाई सफल पार्न सबै मतदातालाई आग्रह गरेकी छन् ।
निर्वाचन तालिकासँगै पत्रकार महासंघको अन्तिम नामावली सार्वजनिक
2024-12-03T17:34:59+05:45

तपाईको प्रतिक्रिया